×

NMB BANK
NIC ASIA

कब्जियतको समस्या छ भने यसरी गर्नुस् घरमै उपचार

साउन १, २०७६

NTC
Premier Steels

सरल तरिकाले विकास दिसा गर्न नसकी बल प्रयोग गर्नुपर्ने अवस्था आउनु नै कब्जियत हो ।  दिनमा एकपटक पनि सजिलोसँग दिसा गर्न नसक्ने अवस्था आयो भने पनि कब्जियत भन्ने बुझ्नुपर्दछ । कब्जियत लामो समय रहिरह्यो भने विभिन्न साइड इफेक्टहरु रहन सक्छन् । 

Muktinath Bank

कब्जियतका लागि धेरैले चूर्णको प्रयोग गर्छन्, जुन वास्तवमा सही तरिका होइन । कब्जियतको उपचार घरमै पनि सहजै गर्न सकिछ । यदी तपाईमा कब्जियतको समस्या छ भने सबैभन्दा पहिले यसको कारण थाहा पाएर यसबाट बच्नुपर्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राती सुत्नुअघि तातो दुधमा एक चम्चा घ्यू हालेर पिउन सकिन्छ । दुधमा चीनीको साटो मह वा मिश्री प्रयोग गर्दा पनि हुन्छ ।  राती यो उपाय अपनाउँदा बिहान मज्जाले पेट सफा हुन्छ । तुरुन्त पेट सफा गर्न कागती पानीले पनि सहयोग पुर्याउँछ । एक गिलास मनतातो पानीमा एउटा कागती निचोरेर राती सुत्नुपूर्व पिउँदा बिहान तपाईंको पेट हल्का हुन सक्छ । 


Advertisment
Nabil box
Kumari

चार चम्चा सूपमा एक गिलास पानीमा उमाल्ने  र पानी चिसो भएपछि त्यसलाई छानेर पिउँदा पनि  कब्जियतबाट राहत पाउन  सकिने छ  ।

Vianet communication

यसो त बिहान खाली पेटमा स्याउ खाँदा यो रोगबाट चाँडै नै आराम मिल्छ । यस्तै प्रत्येक दिन काँचो पालुङ्गोको रस दुई पटक पिउँदा पनि केही दिनमा नै कब्जियत ठिक हुन्छ । 

कब्जियतबाट ग्रसित व्यक्तिले फलको अत्यधिक सेवन गर्नुपर्छ । मेवा, स्याउ, मौसम, नरिवल, सुन्तला, अंजिर, काँक्रो, गाजरलगायतका फलफूल खानुपर्छ । सागसब्जीको रस, ताजा फलफूलको रस, नरिवलको पानीले कब्जियतलाई निकै फाइदा पुर्याउँछ । 

कब्जियत ठिक गर्नका लागि आहारमा हरियो सागसब्जी र आँटाको रोटी समावेश गर्दा हितकर हुन्छ । यसो त दैनिक तीनदेखि चार लिटर पानी पिउनु उत्तम हुने चिकित्सकहरु बताउँछन् । 

कब्जियतबाट बच्ने उपाय भनेकै आफ्नो आहारमा विशेष ध्यान दिने हो ।  यसका लागि खानालाई मज्जाले चपाएर खानुपर्ने हुन्छ  । 

कसैलाई पुरानो कब्जियत छ भने घरेलु उपायका साथै खानपिनमा विशेष ध्यान दिनुपर्ने हुन्छ । राम्रोसँग पेट सफा भएको छैन भने तारेको भुटेको खानेकुरा खानु उचित हुन्छ ।  साथै मैदा, बेसन र मसालेदार भोजन पनि नरादा राम्रो हुन्छ । 

बेलुकाको खाना सुत्नुभन्दा दुई वा तीन घण्टा अघि नै खानु, खाना खानु एक घण्टा अघि कम्तीमा एक गिलास पानी पिउनु उचित मानिन्छ । 

चिसो खानेकुराको अत्यधिक सेवन, फास्ट फूड र प्याक गरिएको खानेकुरा खानु, धेरै चिया वा कफी पिउने, समयमा दिसा नगर्नेलगायत कब्जियतको कारण हुन् । 

–एजेन्सीको सहयोगमा 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x