कात्तिक २३, २०८०
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
काठमाडौं – युरोपेली देश बुल्गेरियाको कर कार्यालयबाट ५० लाखभन्दा बढी जनताको रेकर्ड ह्याकरहरूले सार्वजनिक गरिदिएका छन् ।
जम्मा ७० लाख जनसंख्या भएको देशमा यो स्तरको ह्याकिङ हुनु भनेको लगभग सबै कामकाजी मानिसको जानकारी ह्याक हुनु हो ।
‘हामीहरू सबै रिसाउनुपर्छ । गोप्य सूचना सबैका लागि निःशुल्क उपलब्ध भएको छ । बुल्गेरियाका धेरैलाई यो फाइल उपलब्ध छ र बुल्गेरियामा मात्र यो सीमित छैन जस्तो लाग्छ,’ ब्लगर तथा राजनीतिक विश्लेषक आसेन जेनोभले बताए । उनले चोरिएका फाइलहरू अन्लाइन भेटेपछि आफ्नो गोप्य डेटा चुहिएको थाहा पाए ।
यो असाधारण आक्रमण हो तर अद्वितीय भने हैन ।
सरकारी डेटाबेस ह्याकरहरूका लागि महको भाँडो जस्तो हो । डेटाबेसमा सूचनाको ठूलो खानी हुन्छ र त्यो आगामी निकै वर्षका लागि उपयोगी हुने विज्ञहरू बताउँछन् ।
पहिलापहिला उच्च क्षमतावान ह्याकरहरूले डेटा ह्याक गर्थे । तर अहिले आईटी सिस्टममा पस्नका लागि योजनाबद्ध कारावही चलाउनुपर्दैन । ह्याकिङ औजार र मालवेयर डार्क वेबमा उपलब्ध छ र यसबाट सिकारु ह्याकरलाई पनि गहिरो क्षति पुर्याउन सहयता गर्छ ।
युरोपेली संघमा पोहोर साल कठोर डेटा सुरक्षा कानून लागू गरिएको थियो । निजी डेटा संकलन र भण्डारण गर्ने जोकोहीलाई यसले कठोर सजायको व्यवस्था गरेको छ । डेटा व्यवस्थापन नगर्नेलाई पनि यसले भारी जरिवानाको व्यवस्था गरिएको छ । यसले गर्दा बुल्गेरियाली सरकारले पनि डेटा ह्याकका लागि जरिवाना तिर्नुपर्ने हुन सक्छ ।
सीएनएनबाट
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...