×

NMB BANK
NIC ASIA

सेवा विस्तार गर्दै कर्णाली प्रदेश अस्पताल

साउन २९, २०७६

NTC
Premier Steels

सुर्खेत – वीरेन्द्रनगर कालागाउँस्थित कर्णाली प्रदेश अस्पताल १ वर्षअघिसम्म मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालका रूपमा सञ्चालित थियो । ५० श्ययाको क्षेत्रीय अस्पतालमा न पर्याप्त विशेषज्ञ चिकित्सक थिए, न त आवश्यक भौतिक संरचना ।

Muktinath Bank

नाम मात्रको अस्पतालका कारण सामान्य प्रकृतिका बिरामीलाई समेत नेपालगञ्जस्थित भेरी अञ्चल अस्पतालमा सिफारिश गर्नुपर्ने बाध्यता थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मेडिकल रेकर्डर अधिकृत विनोद बस्नेतले भौतिक पूर्वाधारको विकास, उपकरण र जनशक्तिको व्यवस्थापनका कारण अस्पतालको पुरानो परिचय बदलिएको बताए ।


Advertisment
Nabil box
Kumari

‘सेवासुविधा जिल्ला अस्पतालको भन्दा कम भएपछि शुरू–शुरूमा बिरामी यहाँ आउनै चाहन्थेनन्,’ उनले भने, ‘पछिल्ला २–३ वर्षयता भौतिक संरचना निर्माण, महत्वपूर्ण उपकरणको व्यवस्थापन र विशेषज्ञ सेवाका कारण अस्पतालले जनविश्वास जित्न थालेको छ ।’ उनले अहिले औसत दैनिक ७०० बिरामी उपचारका लागि आउने गरेको बताए ।

Vianet communication

मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. डम्बरबहादुर खड्काको कुशल व्यवस्थापन र अस्पताल विकास समितिका पदाधिकारीको सक्रियताका कारण अस्पतालको मुहार बदलिएको छ । अस्पतालको आन्तरिक स्रोत र चन्दादाताको सहयोगबाट गत वर्षदेखि आइसीयू, एनआइसीयू र डाइलासिस सेवा सञ्चालनमा आएको छ । ‘सघन उपचार सेवाका लागि आइसीयू र जन्मदेखि २८ दिनभित्रका बालबालिकाका लागि एनआइसीयू सेवा पहिलोपटक सञ्चालनमा ल्यायौं,’ मेसु डा. खड्काले भने, ‘यो अहिलेसम्मको ठूलो उपलब्धि हो ।’ 

यी सेवा सञ्चालनसँगै प्रदेश बाहिर वा भारतीय शहरमा गएर महंगो शुल्क तिरेर औषधि उपचार गर्नुपर्ने बाध्यता हटेको छ । 

प्रदेश अस्पतालमा हालै ५ विशेषज्ञ चिकित्सक थपिएका छन् । मेडिकल रेकर्डर अधिकृत बस्नेतका अनुसार शिक्षण अस्पताल महाराजगञ्जमा अध्ययन गरेका छाला तथा यौनरोग विशेषज्ञ डा. प्रभावसिंह राजपुत, नाक, कान तथा घाँटीरोग विशेषज्ञ डा. सन्तोष बस्नेत, बालरोग विशेषज्ञ डा. प्रदीप पौडेल, फिजिसियन डा. सञ्जीव भण्डारी र हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा. सुभद्र श्रेष्ठ आएका छन् ।

विक्रम संवत् २०६२ फागुनदेखि ३ विशेषज्ञ चिकित्सकबाट सञ्चालनमा आएको तत्कालीन क्षेत्रीय अस्पतालमा अहिले विशेषज्ञसहित २८ चिकित्सक कार्यरत छन् । ३० विशेषज्ञ चिकित्सकसहित ८८ जनाको दरबन्दी रहेको अस्पतालमा अझै विशेषज्ञ चिकित्सकको कमी छ । सरकार र आन्तरिक स्रोतबाट गरी हाल ११५ श्यया अस्पताल सञ्चालनमा छ । २० विशेषज्ञ चिकित्सकमध्ये दरबन्दीका ४, काजका २ र करारका १४ छन् भने मेडिकल अधिकृत ८ जना छन् ।

विशेषज्ञ चिकित्सकको अभावै रहेपनि अस्पतालले बिहान १० देखि साँझ ५ बजेसम्म बहिरङ्ग (ओपीडी) सेवा दिइरहेको छ । ४० शय्याको मेटेनरी वार्ड (सुत्केरी भएपछि राख्ने ठाउँ) र ३५ शय्याको जनरल वार्डलाई स्तरोन्नति गरिएको छ ।

यसैगरी सिटीस्क्यान मेसिन जडान गरिएको छ । सिटीस्क्यान सेवा सञ्चालनमा आउँदा टाउकोका बिरामीका साथै दुर्घटनाका घाइतेलाई उपचारमा सहज भएको छ । अल्ट्रासाउण्ड मेसिन, अक्सिजन प्लान्ट निर्माण पनि हुने गरेको छ ।

अस्पतालले सीसीटीभी क्यामराका साथै क्यूमेसिनबाट सेवा दिन थालेको छ । यहाँ बिरामी लाइनमा बसिराख्नुपर्ने बाध्यता छैन । अस्पतालले जेनेरेटर मात्रै होइन, सौर्यबत्तीसमेत बाल्न शुरु गरेको छ । ३० र ५० केभिएका जेनेरेटरका साथै १० किलोवाटको सौर्य उपकरण पनि जडान गरिएको छ । बिरामी पनि प्रदेश अस्पतालको सेवादेखि सन्तुष्ट छन् । यसअघि सामान्य स्वास्थ्य समस्या देखिँदा नेपालगञ्ज, काठमाडौं धाउनेहरू अहिले प्रदेश अस्पतालबाटै विशेषज्ञ सेवा लिन थालेका छन् । 

३ सय शय्यामा स्तरोन्नति हुँदै 

कर्णाली प्रदेश सरकारले यसै वर्षभित्र ३ सय शय्याको शिक्षण सुविधासहितको अस्पताल सञ्चालन गर्ने तयारी थालेको छ । यसका लागि सामाजिक विकास मन्त्रालयले संगठन तथा व्यवस्थापन सर्भे (ओएण्डएम) सर्भे गरिरहेको छ । मन्त्री दल रावलले मन्त्रालयद्वारा गठित विज्ञ टोलीले सर्भे रिर्पोट अध्ययन गरिरहेको बताए । उनका अनुसार मन्त्रिपरिषद् बैठकले ओएण्डएम सम्बन्धी प्रस्ताव पारित गरेपछि अस्पताललाई उपकरण खरीदका साथै जनशक्ति व्यवस्थापनमा बाटो खुल्नेछ । ३०० श्ययाको अस्पतालमा ५०० कर्मचारी रहने प्रस्ताव गरिएको छ । 

साढे २ बिघा क्षेत्रफलमा नयाँ भवन निर्माण सम्पन्न भएको छ । विक्रम संवत् २०७६ माघ १८ गते निर्माण सक्ने गरी आशिष एण्ड कन्टेक जेभीले विक्रम संवत् २०७३ माघमा ठेक्का लिएको थियो । निर्धारित समयभन्दा ६ महिनाअगावै भवन निर्माण गरेर शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको संघीय आयोजना कार्यान्वयन एकाइ सुर्खेतलाई हस्तान्तरण गरिसकेको छ ।

मेसु डा. खड्काले भवन निर्माण सम्पन्न भएपनि अस्पताल सञ्चालनमा आउन कम्तीमा ३ महिना लाग्ने बताए । ‘विभिन्न उपकरण/सामानहरुको बोलपत्र आह्वान, छनोट र जडान गर्न बाँकी छ, प्रदेश सरकारले ओएण्डएमको पनि टुंगो लगाएको छैन, त्यसैले भवन केही समय प्रयोगविहीन हुने अवस्था छ,’ उनले भने । – प्रकाश अधिकारी/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x