
काठमाडौं, १५ चैत - स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्व छान्न भएको मतदानमा काठमाडौंको रत्नराज्यलक्ष्मी क्याम्पसमा जम्मा १२ सय ७८ मत खसेको छ ।
तीन हजार पाँच सय ८१ विद्यार्थी संख्या रहेकोमा १२ सय ७८ मात्रै मत खसेको हो । जम्मा ३५ प्रतिशत मात्रै मत खसेको भएपनि निर्वाचन सकिएको छ ।
केहीबेर अघि स्ववियु निर्वाचनका लागि भएको मतदान सकिएको हो ।