विर्तामोडमा २ थान कटुवा पेस्तोल सहित ३ जना पक्राउ

झापा– विर्तामोडमा २ थना कटुवा पेस्तोल सहित  ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विर्तामोड नगरपालिका–४ स्थित अनुल सारु मगरको कोठाबाट कटुवा पेस्तोल २ थान, गोली ४ राउण्ड, आर्थिक सहयोग सम्बन्धी पत्रहरु, परिपत्रहरु, विभिन्न माईन्युट बुकहरु, डायरीहरु, दस्तावेजहरु, सहयोग रसिदहरु, किताबहरु लगायतका विभिन्न सामाग्रीहरु सहित ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।


Advertisement

पक्राउ पर्नेहरुमा विर्तामोड नगरपालिका–४ डेरा गरी बस्ने मकवानपुर भिमफेदी गाउँपालिका–२ का २६ वर्षीय अनुल सारु मगर सहित विर्तामोड नगरपालिका–४ मेघाबारी चोक बस्ने झापा हल्दिवारी गाउँपालिका–५ का ४४ वर्षीय टिका पोखरेल र ईलाम माङसेबुङ गाउँपालिका–१ बस्ने मनिष भन्ने ३४ वर्षीय प्रविन मिश्र रहेका छन् ।

गत भदौ २२ गते राति विर्तामोड नगरपालिका–२ चारपानेमा शंकास्पद बस्तु विस्फोट भएको घटनाको अनुसन्धान गर्ने क्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर, जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त घटनामा संलग्न रहेका टिका पोखरेल र प्रविन मिश्रलाई विर्तामोड नगरपालिका–४ मेघाबारी चोकबाट मे.६ प ७३०८ नम्बरको मोटरसाइकल, मोबाइल ५ थान, डायरी १ थान, आर्थिक सहयोग सम्बन्धी पत्र ७ थान, विभिन्न परिपत्र २ पाना र टिकाराम पोखरेलको नाममा रहेको लाईसेन्स १ थान सहित फेला पारी पक्राउ गरेका थिए । 


Advertisement

अनुसन्धान गर्ने क्रममा अनुल सारु मगरको कोठा खानतलासी गर्दा कोठामा लुकाई छिपाई राखेको उक्त हतियार लगायतका विभिन्न सामाग्रीहरु प्रहरीले फेला पारेको प्रहरीले जनाएको  छ ।  
 

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्