×

NMB BANK
NIC ASIA

प्रधानमन्त्रीको दोस्रो डायलासिस, ग्राण्डी पुगेका नेकपा नेताले भेट्न पाएनन् ओलीलाई

कात्तिक १४, २०७६

NTC
फाइल फोटो
Premier Steels

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो डायलासिस भइरहेको बताएका छन् । 

Muktinath Bank

प्रधानमन्त्री ओलीलाई भेट्न बिहीवार अपराह्न ग्राण्डी अस्पताल पुगेका रावलले ओली डायलासिसका क्रममा रहेको प्रतिक्रिया दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘उहाँलाई माथि लगेर डायलासिस गराइँदै रहेछ, यसकारण भेट्न पाइएन,’ सञ्चारकर्मीहरूसँगको कुराकानीमा रावलले भने, ‘आधा प्रक्रिया पूरा भइसकेको जानकारी मैले पाएँ । बाँकी आधा पूरा भइसकेपछि उहाँलाई तल आफ्नो क्याबिनमा ल्याइने छ अनि डाक्टरहरूले सल्लाह दिनुहुनेछ ।’


Advertisment
Nabil box
Kumari

प्रधानमन्त्री ओलीलाई भेट्न नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ समेत अस्पताल पुगेका थिए । उनले पनि ओलीलाई भेट्न पाएनन् ।

Vianet communication

बुधवार नै प्रधानमन्त्री ओलीलाई भेट्न पुगेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थिति सामान्य रहेको बताएका थिए ।

स्वास्थ्यमा अचानक समस्या आएपछि प्रधानमन्त्री ओलीलाई बुधवार बिहान १० बजे अस्पताल पुर्‍याइएको थियो । शुरूमा उनको स्वास्थ्य अवस्था सामान्य रहेको र नियमित फलोअपमा गएको बताइएपनि मृर्गाैलामा समस्या देखिएपछि अपराह्न मिर्गौलाको डायलासिस गरिएको थियो । 

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालले प्रधानमन्त्री ओलीको स्वास्थ्य बाहिर सञ्चारमाध्यममा आएजस्तो ‘क्रिटिकल’ नभएको बताए । 

बिहीवार बिहान लोकान्तरसँग कुरा गर्दै अर्यालले भने, ‘मैले भर्खर उहाँलाई भेटेर फर्कें । उहाँको स्वास्थ्यस्थिति सामान्य छ । उहाँ आजै बालुवाटार फर्कने तयारीमा रहनुभएको मैले बुझेको छु ।’

जनचासो रहेको प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थितिका बारेमा अस्पताल, ओलीको मेडिकल टीम र सचिवालयबाट कुनै सूचना दिइएको छैन । 

बुधवार साँझ अस्पतालका मेडिकल निर्देशक डा. चक्रराज पाण्डे र ओलीका निजी चिकित्सक डा. दिव्या सिंह शाहले हस्ताक्षर गर्दै एक विज्ञप्ति जारी गरेका थिए । विज्ञप्तिमा पनि प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षण बिहीवारसम्म सकिने र त्यसपछि डिस्चार्ज हुने उल्लेख थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x