×

NMB BANK
NIC ASIA

चिनियाँ चित्रकार द्विपक्षीय सांस्कृतिक प्रवद्र्धनमा

कात्तिक २३, २०७६

NTC
फाइल फोटो
Premier Steels

काठमाडौँ - गौतम बुद्धको जन्मभूमि नेपालमा चिनियाँ कलाकारले नेपाल भ्रमण गर्न औधि रुचाएका छन् । नेपालको संस्कृति, रहनसहन, खानपान आदिको अन्योलले भने उनीहरुको नेपाल घुम्ने चाहना पूरा हुनसकेको छैन । नेपालप्रति चिनियाँ कलाकारको आकर्षणलाई केही हदसम्म साकार पार्न चीनका प्रसिद्ध चित्रकार नेपाल आएका छन् ।

Muktinath Bank

चीनको च्याङ्सी प्रान्तको चिङ्तचन शहरका ली छवान नेपाल र चीनको परम्परागत सांस्कृतिक सम्बन्धलाई कलाको माध्यमबाट थप विस्तार गर्ने उद्देश्यका साथ नेपाल आएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपालका विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीसँग आज गफिँदै लीले आफ्नो नेपाल आगमन दोस्रोपटक भएको र नेपाललाई तीर्थस्थलको रुपमा लिने गरेको बताए । उनले भने, ‘म तीन पटक लामो दूरीको सडकयात्रा भएर तिब्बत पुगेको छु, तिब्बत तीर्थस्थलजस्तो लाग्छ । नेपाल, भारत र भुटानको सङ्गमजस्तै रहेको छ र अहिले पनि यी तीनवटै मुलुक तीर्थस्थलजस्तै लाग्छ । नेपाल र भुटान गएँ, भारत जान पाएको छैन ।’


Advertisment
Nabil box
Kumari

बुद्धको विचारबाट प्रभावित भएर कलाकार लीले आफ्नो शहरमा ‘विचार’ नामक आर्ट ग्यालरी स्थापना गरेका छन् । कलाकार लीले चिनियाँ कलाकार नेपाल आउन उत्सुक रहेको तर कसरी जाने र के खाने भन्ने जिज्ञासाले छट्पटाइरहेको अवस्थामा आफ्नो नेपाल भ्रमण र सांस्कृतिक सहकार्यले उनीहरुलाई नेपाल भ्रमणका निम्ति सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

Vianet communication

नेपाल भ्रमण वर्ष २०२० अभियानको सङ्घारमा चिनियाँ कलाकारको नेपालप्रतिको मोहले चिनियाँ पर्यटकको सङ्ख्या बढ्ने अनुमान गरिएको छ । भ्रमण वर्ष अवधिमा पाँच लाख चिनियाँ पर्यटक भित्र्याउने सरकारको योजना छ । विश्वमै सबैभन्दा धेरै विश्व भ्रमणमा निस्कने चीन नेपालको पर्यटन बजारका लागि भारतपछि दोस्रो स्थानमा पर्छ । चीनबाट सन् २०१८ मा एक लाख ६० हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

सन् २०१९ को आठ महिनामा अघिल्लो वर्षको सोही अवधिमा १० प्रतिशत चिनियाँ पर्यटक बढेको नेपाल पर्यटन बोर्डको तथ्याङ्कमा उल्लेख छ । वार्षिक १५ करोड चिनियाँ नागरिक विश्व भ्रमणमा जाने गरेको विभिन्न तथ्याङ्कले देखाउँछ । नेपाल र चीनबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको तथा चिनियाँ कम्युनिष्ट पार्टीको स्थापनाको ७० वर्षगाँठको अवसर पारेर ली नेपालमा कलाको माध्यमबाट सम्बन्धलाई थप प्रगाढ तुल्याउने अभियानमा जुटेका छन् ।

नेपालका चर्चित चित्रकार रवीन्द्र श्रेष्ठ र लीले ‘सेरामिक पेन्टिङ’ गर्नेछन् । चीनको राजधानी बेइजिङमा एक साताको अवधिमा दुवै कलाकारले सामूहिक सेरामिक आर्ट गरी छेन्दु शहरमा आगामी नोभेम्बर महिनाको अन्तिमतिर प्रदर्शनी गर्ने बताइएको छ ।

के हो सेरामिक पेन्टिङ ?

चिनियाँ भाषामा सेरामिकलाई ‘थावछ’ र पेन्टिङलाई ‘हुइयाँ’ भनिन्छ । माटोको प्लेटमाथि सेरामिक पेन्टिङ गरिन्छ । यो पेन्टिङलाई एक हजार ३६० डिग्री तापक्रममा चार दिन आगोमा पोलिन्छ र त्यसलाई तीन दिनमा सेलाइन्छ । यस्तो पेन्टिङ गर्न झण्डै तीन हप्ता लाग्ने बताइन्छ ।

माटोका पेन्टिङ एक हजार ५०० वर्षदेखि बनाउँदै आएको परम्परागत चिनियाँ पद्धत्ति हो । अहिले पनि च्याङसी प्रान्तका अधिकांश नागरिक माटोको भाँडाकुँडा र पेन्टिङ गर्छन् । सेरामिक पेन्टिङ गर्ने रङलाई ‘छिडहवा’ भनिन्छ । चीनको ‘चाइना फाउण्डेशन फर पिस एण्ड डेभलपमेन्ट’ नामक संस्थाले नेपालसहित १६० देशमा यस्तो कार्यक्रम गरिरहेको छ ।

माटोको आर्टका लागि नेपाल छनोटमा परेको छ । नेपालबाट कलाकार श्रेष्ठ आर्टका लागि छनोट हुनुभएको हो । अन्य मुलुकमा विभिन्न ‘प्याट्रन’ मा आर्ट गरिनेछ । चीनको कूटनीतिक सम्बन्ध माटोका भाँडाजन्य वस्तुबाट शुरु भएको र त्यतिबेलाको चीनको कूल गार्हस्थ्य उत्पादनलाई माथि उकास्ने माध्यम पनि त्यतिबेला माटोको पेन्टिङ भएको बताइन्छ । अहिले पनि अधिकांश यही पेशामा आबद्ध रहेको कलाकार लीले बताए ।

यसरी माटोमा पकाएर बनाइएको आर्टमा नयाँ रङहरु बन्छन् । सेरामिक पेन्टिङ माटोमा पकाइसकेपछि यसको आयु पृथ्वीको आयु बराबर बलियो हुने कलाकार बताउँछन् । जसरी माटोको सेरामिक पेन्टिङको आयु लामो हुन्छ, त्यसरी नै नेपाल चीनको सम्बन्ध चिरायु होस् भन्ने मान्यता अनुरुप पेन्टिङको अवधारणा बनाइएको चित्रकार श्रेष्ठले बताए ।

लुम्बिनी विश्वविद्यालयमा चिनियाँ भाषाका अध्यापक कुमार खड्काका अनुसार चिनियाँ कलाकार र नेपाली कलाकारले सामूहिकरूपमा माटोको पेन्टिङ गर्न लागेको र यसले दुई देशबीचको सांस्कृतिक र कूटनीतिक सम्बन्धलाई थप उचाइमा पु¥याउनेछ ।

कलाकार श्रेष्ठले परियोजनाअन्तर्गत चिनियाँ कलाकार ली र आफूले एउटै ‘आर्टप्लेट’ मा सामूहिक पेन्टिङ गर्ने र त्यसमा नेपालतर्फ मठमन्दिरको प्रतीक रहने तथा चीनको पार्टमा सगरमाथालगायतको प्रतीक आर्ट हुनेछ । यो पेन्टिङको दुवै देशमा हुलाक टिकट बनाइनेछ ।

कलाकार लीले बौद्धनाथ र लुम्बिनीको भ्रमण गर्नुहुनेछ, सोही आधारमा सेरामिक आर्ट गर्नुहुने बताइएको छ । यसअघि सगरमाथाको सेरामिक गर्नुभएका लीले यस पटक पनि महत्वपूर्ण तीर्थस्थलको भ्रमण गरी पेन्टिङ र प्रदर्शनी गर्ने हुँदा नेपालको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास लिइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x