सुदुरपश्चिम प्रदेशका राज्यमन्त्री प्रकाश रावलले दिए पदबाट राजीनामा

लखन चाैधरी
लखन चाैधरी

लखन चौधरी लोकान्तरका लागि सुदूरपश्चिम प्रदेश प्रतिनिधि हुन् । 

धनगढी –  सुदुरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री  प्रकाश रावलले पदबाट राजीनामा दिएका छन् ।

आइतवार मुख्यमन्त्री त्रिलोचन भट्टलाई उनले राजीनामाको पत्र दिएका हुन् । 


Advertisement

ठगी तथा किर्ते गरेको अभियोगमा उनीमाथि सम्पत्ति शुद्धिकरण विभागले छानबिन गरिरहेको छ । उनी कञ्चनपुर क्षेत्र नम्बर ३ प्रदेशसभा ‘क’ बाट निर्वाचित नेकपा सांसद हुन् ।  

उनीमाथि महेन्द्रनगरस्थित जनज्योती बहुमुखी क्याम्पसको १५ करोड ६७ लाख ५० हजार रुपैयाँ बराबरको सेयर किनबेचमा कीर्ते गरेको आरोप लागेकाे छ । यद्यपी आफूलाई लागेको आरोप झुटो रहेको दावी गर्दै आएका छन् ।


Advertisement

कमेन्ट गर्नुहोस्