×

NMB BANK
NIC ASIA

उपनिर्वाचन : भोट माग्दै शीर्ष नेता घरदैलोमा पुगे

मंसिर ३, २०७६

NTC
Premier Steels

भक्तपुर क्षेत्र नं १ (क) मा आगामी मङ्सिर १४ गते हुने प्रदेशसभा सदस्यको उपनिर्वाचनका लागि भोट माग्दै विभिन्न दलका नेता मतदाताको घरदैलोमा पुगेका छन् । 

Muktinath Bank

विगत एकसातादेखि नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली काङ्ग्रेस, साझा पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलका नेता र्‍यालीसहित घरदैलोमा पुगेका हुन् । नेपाल मजदुर किसान पार्टीले भने हिजोदेखि घरदैलो अभियान शुरू गरेको छ । उम्मेदवारी दर्तादेखि घरदैलो अभियानमा उपनिर्वाचनका प्रमुख प्रतिस्पर्धी तीन दल नेकपा, काङ्ग्रेस र नेमकिपाका शीर्षनेता हरेक दिन बिहानैदेखि उम्मेदवारसँगै मतदाताका घरघरमा हात जोड्दै भोट माग्न पुगेका छन् ।
     
गत कात्तिक २१ नेकपाका सचिवालय सदस्य वामदेव गौतम, पार्टी स्थायी समिति सदस्य तथा प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्य, सांसद महेश बस्नेत, प्रदेशसभा सदस्य रामेश्वर फुँयाल, शशिजङ्ग थापा, डा राजेन्द्रमान श्रेष्ठ र सरस्वती वाटी, नेकपा जिल्ला अध्यक्ष बचन देउजालगायतको नेतृत्वमा डिपी ढकालको उम्मेदवारी दर्ता गराएको नेकपाले घरदैलोमा केन्द्रीय नेता परिचालन गरेको छ ।
 
त्यसैगरी नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य एवं पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेत, केन्द्रीय सदस्य रमा पौडेल, जिल्ला सभापति दुर्लभ थापासहितको नेतृत्वमा कृष्णलाल भँडेलको उम्मेदवारी दर्ता गराएको काङ्ग्रेसको घरदैलोमा पनि केन्द्रीय नेताको सहभागिता रहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल मजदुर किसान पार्टीले पार्टी सचिव एवं सांसद प्रेम सुवाल, प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईंलगायतले निरज लवजूको उम्मेदवारी दर्ता गराएको नेमकिपा पनि घरदैलोमा केन्द्रीय नेतालाई साथमा लिएर भोट माग्न घरदैलोमा पुगेको छ । 


Advertisment
Nabil box
Kumari

नेकपाले घरदैलोमा सरस्वतीखेलमा नेकपाका नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, दुवाकोटमा नेकपा केन्द्रीय सदस्य एवं प्रदेश नं ३ का प्रदेश अध्यक्ष नारायण दाहाल, झौखेलमा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ, प्रदेशसभा सदस्य फँुयाल, चाँगुनारायणमा नेकपाका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल, नेकपाका केन्द्रीय सदस्य एवं पूर्वपर्यटनमन्त्री आनन्द पोखरेल, सांसद बस्नेत, चाँगुनारायणका नगरप्रमुख सोम मिश्र, नेकपा भक्तपुर इन्चार्ज दिलीप प्रजापतिलगायतका नेता भोट माग्दै घरदैलोमा  पुगेका छन् ।

Vianet communication

नेकपाले आज छालिङमा शुरु भएको घरदैलोमा नेता अग्नि सापकोटाले नेतृत्व गर्दै भोट मागेका छन् । हरेक दिनको घरदैलोमा साथ दिँदै आउनुभएका सांसद बस्नेतले घरदैलोमा पार्टी अध्यक्ष प्रचण्डसमेत सहभागी हुने जानकारी दिए।

काङ्ग्रेसले सरस्वतीखेल, दुवाकोट, झौखेल, चाँगुनारायण र छालिङमा सम्पन्न गरेको घरदैलोमा क्रमश ः केन्द्रीय नेता एनपी साउद, पूर्वमन्त्री रमेश लेखक, पुष्पा भुषाल, पूर्वमन्त्री पूर्णबहादुर खड्का, पूर्वमन्त्री मोहनबहादुर बस्नेत, उदयशम्शेर राणा, तरुण दलका नेता जीतजङ्ग बस्नेत, उत्तमकुमार चापागाई‌, भुपेन्द्रजङ्ग शाहीलगायतको सहभागि भएर घरदैलोमा पुगेका छन्।
 
काङ्ग्रेसका उम्मेदवार भँडेललाई मातृशोक परे पनि काङ्ग्रेसले एक दिन घरदैलो स्थगित गरेर पुनः शुरु गरेको छ भने आज ताथलीमा घरदैलो गरेको निर्वाचन परिचालन समितिका संयोजक उद्धव खड्काले जानकारी दिनुभयो । बुधबार वागेश्वरीमा हुने घरदैलोमा नेता गगन थापाले नेतृत्व गर्ने उनले जानकारी दिए ।

नेमकिपाले सोमबार सरस्वतीखेलबाट शुरु गरेको घरदैलो आज बिहान दुवाकोटबाट शुरू गरेको छ भने म‌ंगलवार दिउँसो ३ः०० बजे न्यौपानेगाउँमा पार्टी अध्यक्ष नारायणमान बिजुक्छेले जनसभामा बोल्ने कार्यक्रम रहेको उम्मेदवार लवजूले जानकारी दिए। 

नेकपा समृद्ध भक्तपुरको एजेण्डा लिएर मतदातामाझ पुगेको छ भने काङ्ग्रेस सरकारको आलोचनासँगै विकासका एजेण्डा लिएर मतदातामाझ पुगेको छ ।

नेमकिपा भने कालापानी र राष्ट्रियताको मुद्दासँगै विकासको एजेण्डालाई लिएर जनतामाझ मत माग्दै घरदैलोमा पुगेको छ । गत निर्वाचनमा निर्वाचित नेकपाका उम्मेदवार हरिशरण लामिछानेको मष्तिस्कघातका कारण मृत्यु भएपछि रिक्त पदमा उपनिर्वाचन हुँदैछ । रमेश गिरी,रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x