कात्तिक २२, २०८०
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिका–२ मा यही मंसिर १४ गते हुने उपनिर्वाचनका लागि २०० सुरक्षाकर्मी खटिएका छन् । उक्त वडाका तत्कालीन वडाध्यक्ष प्रेमबहादुर बोहराको गएको वर्ष जीप दुर्घटनामा परी निधन भएपछि वडाध्यक्ष पदका लागि अहिले उपनिर्वाचन हुनलागेको हो ।
जिल्लामा रहेका सुरक्षाकर्मीले नपुग्ने भएपछि निर्वाचन सुरक्षा व्ययस्थालाई थप व्यवस्थित र निर्वाचनलाई मर्यादित बनाउन जिल्लाका अन्य प्रहरीचौकी तथा सुदूरपश्चिम प्रदेश गुल्मबाट थप सुरक्षाकर्मी झिकाई उक्त क्षेत्रमा खटाइएको सुरक्षा व्यवस्थापन समितिका संयोजक तथा डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए ।
त्यसैगरी निर्वाचनका लागि सशस्त्र प्रहरी बलको ३६ नम्बर गण दिपायलबाट समेत सशस्त्र प्रहरी टोली परिचालन भएको सो गणका गणपती तथा सशस्त्र प्रहरी उपरीक्षक जहरसिंह बुढामगरले जानकारी दिए । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी कूल २०० जिल्ला सदरमुकाम पुगेर उक्त गाउँपालिकामा पठाइसकिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
उपनिर्वाचनका लागि सो गाउँपालिकाको मतदान केन्द्रमा सुरक्षाकर्मी पुगिसकेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले जानकारी दिए ।
अहिले उक्त वडामा चुनावी तापमान निकै बढेको छ । आफ्ना उम्मेदवारका लागि राजनीतिक दलका नेता भोट माग्न गाउँमा छिरेका छन् ।
वडाध्यक्षको निर्वाचनका लागि गत कात्तिक २७ गते मनोनयत दर्ता गराएका सबै उम्मेदवारले यतिबेला मतदाता रिझाउन घरदैलोमा जोड दिएका छन् ।
उम्मेदवारले गाउँमा भएको खानेपानी, शिक्षा, स्वास्थ्य र सडकका लागि विशेष पहल गर्ने भन्दै स्थानीयलाई रिझाउन थालेको बाझककानीका स्थानीय दीपकबहादुर खड्काले बताए । उनले भने, “उम्मेदवार विकास गर्ने भन्दै भोट माग्न गाउँ गाउँ छिर्न थालेका छन्, पार्टीभन्दा पनि हामी वडाको विकास गर्नेलाई भोट हाल्छौँ ।”
वडाध्यक्ष पदका लागि स्थानीय भूमिसिंह खड्काले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ भने नेपाली कांग्रेसबाट महादेव साउद, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट रामबहादुर बोहरा र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काशीराम ओझाले उम्मेदवारी दर्ता गराएका छन् । सबै उम्मेदवारले जनताको विकास गर्न कुनै हातलमा पछि नपर्ने दाबी गर्दै आएका छन् ।
भोट माग्नका लागि उम्मेदवार अहिले किसानका खेतबारी तथा घरघरमा पुग्न थालेको अर्का स्थानीय गोविन्द खड्काले बताए ।
निर्वाचनमा मुख्यतया नेकपाका उम्मेदवार बोहरा र कांग्रेस उम्मेदवार साउदबीच प्रतिस्पर्धा देखिन्छ । मतदातालाई आआफ्ना उम्मेदवारका पक्षमा मतदान गर्न नेकपा र कांग्रेसका केन्द्रीय, प्रदेश, जिल्ला र स्थानीय तहका नेतासमेत भोट माग्न लागि परेका छन् ।
नेताहरू गाउँमा आएपछि अहिले आदर्श गाउँपालिकामा चुनावको वातावरण निकै बढेको स्थानीयवासी बताउँछन् । यतिमात्र नभई उम्मेदवार खेतमा काम गरिरहेका किसानका खेतबारीमै पुगेर भोट माग्न थालेको अर्का स्थानीय टेकबहादुर खड्काले बताए ।
उनले भने, “भोट माग्न नेता खेतबारीमै पुग्न थालेका छन्, नेताहरूसँग कुरा गर्दैमा दिन बित्न थालेको छ ।”
अन्य दलका नेताहरूभन्दा पनि नेकपा र कांग्रेस नेताहरू बढीजसो भोट माग्न गाउँ पसेको स्थानीयवासीको भनाइ छ । उक्त वडामा कूल दुई हजार ५०० मतादाता रहेका छन् ।
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...