×

NMB BANK
NIC ASIA

पशुपति क्षेत्रमा शतबीज उठाउन शुरू

मंसिर १०, २०७६

NTC
Premier Steels

पशुपति क्षेत्र विकास कोषले बालाचतुर्दशीका दिन पशुपति क्षेत्रमा छरिएको शतवीज उठाउन शुरू गरेको छ ।

Muktinath Bank

प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन मनाइने बालाचतुर्दशीका अवसरमा सोमबार बिहान पशुपति क्षेत्रका मृगस्थली, विश्वरुप, सूर्यघाट, कैलाशडाँडा, उमाकुण्ड, गौरीघाट, वनकालीलगायत क्षेत्रमा बिहानैदेखि शतबीज छरिएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हेमाद्रिलगायत धर्मशास्त्रका पुस्तकमा धानको सय गेडा छर्ने विधि भए पनि हाल मकै, गहुँ, हलेदो, जौ, कागुनोलगायत अन्न शतबीजका रुपमा छरिन्छ । पहिले जंगल हुने पशुपति क्षेत्रमा हाल पक्की संरचना बनेपछि शतबीज उम्रन पाउँदैन ।


Advertisment
Nabil box
Kumari

पक्की संरचनामा शतबीजले नराम्रो देखिने भएकाले उठाउनु परेको कोषले जनाएको छ । पशुपति क्षेत्रमा निरन्तर आन्तरिक एवं बाह्य पर्यटक आउने भएकाले मुख्य मुख्य ठाउँमा छरिएको शतबीज उठाउन शुरू गरिएको कोषका प्रशासकीय अधिकृत गौरीशंकर पराजुलीले जानकारी दिए ।

Vianet communication

मंगलवार मध्याह्नसम्म रुद्रगाडेश्वरसहित मूलमन्दिर क्षेत्रको शतबीज उठाइसकिएको छ । मंगलवारसम्ममा मुख्य मुख्य स्थानको उठाइसकिने कोषले जनाएको छ । पशुपति क्षेत्रभर छरिएका शतबीज उठाउन ३ दिन लाग्ने उनले सुनाए ।

शतबीज उठाउन कोषको नेतृत्वमा नेपाली सेनाको कालीदल गण, सशस्त्र प्रहरीको विपद् व्यवस्थापन गणलगायत सामाजिक संस्थाको सहभागिता छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

बैशाख ९, २०८१

बेनी– म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौर माटेवगरमा देवी महिमा श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव शुरू भएको छ । माटेवगरमा रहेको ऐतिहासिक देवी भगवती मन्दिर परिसरमा मङ्गला युथ ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x