×

NMB BANK
NIC ASIA

राम जानकी विवाह पञ्चमीमा भिडभाडको फाइदा उठाउँदै जनकपुरमा ब्यापक संख्यामा पकेटमारहरू परिचालित भएका छन् ।

Muktinath Bank

नेपाल र भारत बाट लाखौँको संख्यामा तिर्थालु भक्तजनहरू विवाह पञ्चमी हेर्न आएको मौका छोपेर नेपाल र भारत बाट सयौंको संख्यामा पाकेटमारहरू समेत परिचालित भएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सशस्त्र प्रहरी बल धनुषाका प्रहरी उपरीक्षक राजेश उप्रेतीका अनुसार आइतवार बिहान १० बजे सम्ममा जानकी मान्दिरको परिषर बाट कुल १३ जना पाकेटमारहरूलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय धनुषामा बुझाइएको छ ।  पक्राउ परेका महिला पाकेटमारहरू भारतको रहेको उनले बताए ।


Advertisment
Nabil box
Kumari

ड्रोनदेखि सिसिटिभी क्यामेरा हुँदै तालिम प्राप्त कुकुर समेत परिचालन 

Vianet communication

शान्ति सुरक्षा ब्यवस्था मिलाउनका लागि हजारौंको संख्यामा सुरक्षाकर्मीहरू परिचालन गरिएको छ । त्यसका बाहेक जनकपुरको जानकी मन्दिर देखि रंगभुमी मैदान बारबिघा सहित महत्वपूर्ण स्थानहरूमा सिसीटिभी क्यामेरा जडान गरेर निरीक्षण समेत गरिएको छ ।

जानकी मन्दिरमा नै सिसिटिभी क्यामेरा मोनिटरिंग कार्यालय स्थापाना गर्नुका साथै संयुक्त सुरक्षा व्यबस्थाको प्रमुख मुकाम समेत त्यहीं तोकिएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले बताए ।

‘हामीले जानकी मन्दिरको एउटा कोठामा नै सम्पूर्ण सुरक्षा ब्यबस्था निगरानीका लागि कमाण्ड कन्ट्रोल रुम समेत स्थापना गरेका छौं,’ सिडिओ कणेलले भने, ‘त्यहीं बाट सिसिटिभी देखि सम्पूर्ण सुरक्षा अवस्थाको निगरानी गरिरहेका छौं ।’ पहिले जिल्ला प्रशासन कार्यालयमैं कमाण्ड कन्ट्रोल रुम हुने गरेकोमा यस पटक जानकी मन्दिरमा नै स्थापना गरिएको छ । 

‘कमाण्ड कन्ट्रोल रुममा नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवै जनाको एसपी सा’ब को नियन्त्रणमा संचालित भएको छ,’ सशस्त्र प्रहरी बल धनुषाका एसपी उप्रेतीले भने, ‘जानकी मन्दिरमा आउने दर्शालु भक्तजनलाई सहज रुपमा दर्शन हुन सकोस् तथा विवाह पञ्चमीको सम्पूर्ण कार्यक्रमहरू सुरक्षित तरिकाले सम्प्पदन गर्न सकियोस भन्ने उद्देश्यले संचालन गरिएको हो ।’ यसका बाहेक ड्रोन क्यामेरा बाट समेत निरीक्षण गरिएको छ ।

धनुषाको मिथिलानगर नगरपालिकाको लालगढ स्थित प्रदेश नम्बर २ को प्रहरी कार्यालयको केनायन शाखाका दुई वटा कुकुर समेत परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब निरीक्षक बब्लु ठाकुरका अनुसार बिष्फोटक पदार्थ पहिचान गर्न सक्ने तालिम प्राप्त कुकुर ‘बाणी’ र लागु औषध सम्बन्धि तालिम प्राप्त अर्को कुकुर ‘रोजी’ परिचालन गरिएको छ ।

त्यसै गरी विवाह पंचमीमा सुरक्षा ब्यबस्था मिलाउनका अलागी बाहिर बाट समेत प्रहरी झिकाएर परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक शेखर खनालका अनुसार जिल्ला प्रहरी कार्यालयहरू सिरहा, सप्तरी, सर्लाही, दंगा नियन्त्रण प्रहरी गण ढल्केवर, संघीय प्रहरी इकाई कार्यालय जनकपुर, प्रदेश सशस्त्र प्रहरी गण जनकपुर, प्रदेश २ को प्रहरी कार्यालय, संघीय प्रहरी गुल्म जनकपुर सहित बाट थप सुरक्षाकर्मी झिकाएर परिचालित गरिएको छ ।

धनुषाको ढल्केवर बाहेक मातहतको सम्पूर्ण इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षकहरू समेत बोलाएर जनकपुर उपमहानगरको नगर क्षेत्रमा मात्र परिचलान गरिएको छ । ७ सय ५० जना सशस्त्र प्रहरी समेत परिचालित छन् । त्यसै गरी सादा पोशाकमा समेत व्यापक रुपमा सुरक्षाकर्मी परिचालित गरिएको छ ।


 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x