पुरुष फूटबल : फाइनलअघिको दृष्य [तस्वीरहरू]

मंगलवार १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फूटबलको फाइनल खेल हुँदैछ ।

मंगलवार दिउँसो ३ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ । फाइनलमा नेपाल र भुटानबीच प्रतिस्पर्धा हुँदैछ ।


Advertisement

फाइनल खेलका लागि सोमवार बेलुकै टिकटहरू बिक्री भइसकेका छन् । टिकट नपाएको भन्दै रंगशाला आसपासमा भीड भएपछि प्रहरीले लाठी चार्ज समेत गर्‍यो । प्रहरीको दुर्व्यवहारबाट खेल पत्रकार सुमन चापागाईं घाइते भएका छन् । दर्शकहरू कुटिएका छन् ।

रंगशालमा अहिले ठूलो भीड जम्मा भइरहेको छ । नेपाली खेलाडीलाई हौसला दिन उनीहरूले अनुहारमा नेपालको झण्डा पोतेका छन् ।


Advertisement

नेपालको झण्डा बोकेर समर्थकहरू धमाधम रंगशाला पसिरहेका छन् । रंगशाला हाताभित्र र बाहिर सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । 

नेपालको प्लेइङ ११ :विकेश कुथु,अनन्त तामाङ, विकास खवास, सुमन अर्याल, बिक्रम लामा, मिक्चेन तामाङ, अविशेक रिजाल, सुनिल बल, तेज तामाङ, नितिन थापा, सुजल श्रेष्ठ । 

फोटो : सुरेन्द्र श्रेष्ठ/लोकान्तर

कमेन्ट गर्नुहोस्