कात्तिक १८, २०८०
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
मंसिर २९, २०७६
धनुषामा शुक्रवार भएको शक्तिशाली प्रेसर कूकर बम विस्फोट टाइमर प्रयोग गरी सुनियोजित ढंगले गराइएको दाबी सुरक्षा निकाय र प्रशासनका अधिकारीहरूले गरेका छन् ।
आपराधिक समूहले प्रेसर कुकर बममा रिमोट कन्ट्रोलसहितको सामग्री प्रयोग गरेर सुनियोजित तरिकाले विस्फोट गराएको दाबी धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले गरे ।
‘म आफैं पनि घटनास्थलमा पुगेको थिएँ, सुरक्षा निकायले गरेको प्रारम्भिक अनुसन्धानबाट प्रेसर कुकर बममा टाइमर फिट गरेर विस्फोट गराएको भन्ने निष्कर्ष निस्किएको जानकारी पाएको छु,’ सीडीओ कणेलले लोकान्तरसँग भने, ‘नेपाली सेनाका सुरक्षा विज्ञ सहितको अनुसन्धान टोलीको प्रतिवेदन आए मात्र त्यसले आधिकारिकता पाउला तर हालसम्मको निष्कर्ष भनेको प्रेसर कूकर बममा टाइमर नै फिट गरेर सुनियोजित तरिकाले गराइएको भन्ने निष्कर्षमा हामी पुगेका छौं ।’
विस्फोटक पदार्थको जाँच गर्दा प्रेसर कुकर बममा फलामका किल्लाहरू, साबुन आदिजस्तो सामग्री प्रयोग गर्नुका साथै मोबाइलका डीभाइस तथा प्लेटहरू समेत पाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।
धातुका टुक्राहरू तथा टाइमरमा प्रयोग हुने विभिन्न किसिमका सर्किट, प्लेट तथा डिभाइसहरू घटनास्थलबाट बरामद गरिएको धनुषाका प्रहरी प्रवक्ता समेत रहेका डीएसपी कार्कीले लोकान्तरलाई जानकारी दिए ।
साबुनले गति तीव्र बनाउने, फलामका टुक्राले छर्राको काम गर्ने भएकाले उक्त विस्फोट अत्यधिक शक्तिशाली भएको सुरक्षा अधिकारीहरूको निष्कर्ष छ । त्यसमा पनि फलामको ग्रिलमा नै विस्फोटन भएका कारण विस्फोटपछि ग्रिलका टुक्राहरू समेत थप छर्राको रूपमा प्रयोग हुन गएका थिए ।
प्रहरी निरीक्षक दाहालको थिएन ‘असावधानी’ !
घटनामा परेर मृत्यु भएका इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमिरकुमार दाहालको असावधानी भयो भनेर आएको कुरा गलत रहेको डीएसपी कार्कीले बताए ।
घाइते भएका भिखारी साह वा त्यहाँ रहेका अन्य प्रत्यक्षदर्शीलाई त्यसो लागेको हुनसक्ने भएपनि उक्त घटनामा प्रहरी निरीक्षक दाहालले अत्यन्तै सावधानी अपनाएको देखिएको जिकिर उनले गरे ।
‘उनी (स्वर्गीय प्रहरी निरीक्षक दाहाल)ले त्यति सावधानी नअपनाएको भए थप संख्यामा मानवीय क्षति हुनसक्ने थियो,’ डीएसपी कार्कीले भने, ‘उहाँले तत्काल भीडलाई हटाएर थप संख्यामा मानवीय क्षति हुन नदिएको देखिन्छ ।’
घरधनी राजेश साहको घरमा दुईवटा गेट छ । एउटा मूल गेट र भित्रैबाट घरमा पस्ने अर्को गेट । राति १२ बजे जब घरको मूल गेटमा केही शंकास्पद वस्तु राखिएको छ भन्ने कुरा राजेशले थाहा पाए त्यो देख्नेबित्तिकै अर्कै गेटबाट परिवारका सदस्यहरू बाहिर निस्किएका रहेछन् । प्रहरीमा खबर पुग्नेबित्तिकै प्रहरी निरीक्षक दाहालले जिल्ला प्रहरी कार्यालयमा डीएसपी कार्कीलाई खबर गरेका थिए ।
‘खबर पाएपछि मैले अहिले नै नेपाली सेनाको डिस्पोजल टोलीलाई खबर गर, अहिले नै आउनुभयो भने अहिले नै डिस्पोज गराउने, नभए बिहानै आएपछि डिस्पोज गराउने भनेर निर्देशन दिएको थिएँ,’ डीएसपी कार्कीले भने, ‘त्यतिञ्जेल भीडलाई कार्टेल गरेर साइडमा राख्ने काम गर भनेर निर्देशन दिएको थिएँ ।’
इन्स्पेक्टर दाहालले नेपाली सेनाको टोलीलाई पनि खबर गरेका थिए । उनी एकातर्फ नेपाली सेनाको टोलीको पर्खाइमा थिए भने अर्कोतर्फ त्यहाँ जम्मा भएको भीडलाई शंकास्पद् वस्तु भएको स्थानबाट पर राख्ने काम गरिरहेकै बेला अचानक बम विस्फोट भएको थियो ।
‘इन्स्पेक्टर सा’ब बम राखिएको स्थानबाट ४ मिटरजति वरै रहेर भीडलाई साइड लगाइरहेकै बेला अचानक बम बिस्फोट हुन गयो,’ डीएसपी कार्कीले भने, ‘न त बमलाई उहाँले छुनुभएको थियो, न त चलाउनु नै भएको थियो ।’
घरका सदस्यले नै गेट खोल्न क्रममा गेटमा झुन्ड्याएर राखिएको रातो झोला हल्लिएर सेट गरिएको टाइमर सञ्चालन भई टाइम पुगेको समयमा विस्फोट भएको निष्कर्ष सुरक्षाकर्मीको छ ।
घरका सदस्यले पनि त्यो झोलाको सामान छोएका थिएनन्, न त चलाएका नै थिए । इन्स्पेक्टर दाहालले आफूखुसी गरेका थिएनन्, बम छोएका पनि थिएनन, उनले बरू थप मानवीय क्षति हुन नदिन सफल भएको तथा कर्तव्यपालनको सिलसिलामा ज्यान गुमाएको डीएसपी कार्की बताउँछन् ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिकास्थित वडा नम्बर ५ मा स्थानीय राजेश साहको घरमा उक्त घटना भएको थियो ।
शुक्रवार राति १२ बजेतिर भएको विस्फोटमा परेर प्रहरी निरीक्षक दाहाल सहित स्थानीय राजेश साह र उनका छोरा आनन्द साहको मृत्यु भएको थियो भने अन्य ४ जना घाइते भएका छन् ।
घाइतेहरूको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी कणेलका अनुसार घाइतेहरूको स्वास्थ्य अवस्थामा क्रमिकरूपले सुधार हुँदै गएको छ ।
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...