मंसिर १६, २०८०
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पछिल्ला सडक दुर्घटनाहरूमा सरकार मूकदर्शक भएर बसिरहेको आरोप लगाएको छ ।
आइतवार अपराह्न केन्द्रीय पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले बितेको दुई महिना यता कयौं सडक दुर्घटनामा देशव्यापी रुपमा मृत्युको तथ्याङ्क बढ्नु अत्यन्त चिन्ताजनक रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएको हो ।
'दोलखाको कालिन्चोकबाट भक्तपुर आउँदै गरेको बस आज विहान सिन्धुपाल्चोकमा दुर्घटना हुँदा १४ जनाको मृत्यु र १८ जना गम्भीर घाइते भएको घटनाप्रति कार्यसमितिको यो बैठक गहिरो दुःख व्यक्त गर्दछ,' बैठकपछि जारी कांग्रेसले जारी गरेको निर्णयमा भनिएको छ, 'घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उहाँहरुको उचित उपचारको प्रबन्ध गर्न सरकारसँग माग गर्दछ ।'
गत मंसिर १७ गते बाग्लुङमा भएको सडक दुर्घटनामा १४ जनाको मृत्यु, मंसिर १६ गते सुनसरीमा ६ जनाको मृत्यु, मंसिर ११ गते अर्घाखाँचीमा १९ जनाको मृत्यु, कात्तिक १७ गते सिन्धुपाल्चोकमा १७ तथा असोज २४ गते सिन्धुपाल्चोकमा ११ जनाको मृत्यु समेत गरेर बितेको दुई महिना यता अन्य कयौं सडक दुर्घटनामा मृत्युको तथ्याङ्क बढ्नु अत्यन्त चिन्ताजनक विषय रहेको कांग्रेसले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
'यो तथ्याङ्कले सडक यात्रामा नागरिक जीवनको रक्षा गर्नु पर्ने सरकार कहाँ छ ? भन्ने प्रश्न गम्भीर रुपमा उब्जिएको छ,' विज्ञप्तिमा भनिएको छ, 'बाँकेको कोहलपुरमा विद्यालय प्रवेशद्वार अघिल्तीरै सानी बालिकालाई ट्रकले कुल्चनु र घटनामा प्रहरीले संयमता नराख्दा थप द्वन्द सिर्जना हुनु दुःखद छ । नेपाली कांग्रेस घाइते ती बालिकाको सम्पूर्ण उपचार गर्न सरकार समक्ष माग गर्दछ ।'
कांग्रेसले सडक दुर्घटना नियन्त्रण गर्न सरकार असफल भएको ठहर गर्दै सरकारलाई दुर्घटनाको मुकदर्शक भएर बसेको आरोप लगाएको छ ।
आइतवारको बैठक वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले बहिष्कार गरेको थियो । केन्द्रीय समितिको बैठकमा १४ औं महाधिवेशनको कार्यतालिका छलफल गर्ने कुनै सूची नराखिएको भन्दै पौडेल समूहले गत बिहीवार देखि बैठक बहिष्कार गर्दै आइरहेको छ ।
आइतवार बसेको बैठकमा उपसभापतिद्वय बिमलेन्द्र निधि, विजयकुमार गच्छदार, केन्द्रीय सदस्य बालकृष्ण खाण र रमेश लेखकले आफ्नो धारणा राखेका थिए । अर्को बैठक सोमवारलाई बोलाइएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...