×

NMB BANK
NIC ASIA

भाषाशैली

'खेमा लिपि'को संरक्षण र प्रवर्द्धनमा जुटेका भीम

पुस १९, २०७६

NTC
Premier Steels

कुनै पनि जातिको पहिचान भनेको उसको भाषा र संस्कृति हो । पश्चिमा भाषा र संस्कृतिका कारण पछिल्ला वर्षहरूमा नेपालमा मातृभाषाहरू हराउँदै/लोप हुँदै गएका छन् । राज्यले प्राथमिक तहसम्म मातृभाषा पठन–पाठन गराउन सकिने बताए पनि त्यसले मूर्त रूप पाउन सकेको देखिँदैन । ‘शास्त्र हराए परम्परा हराउँछ, परम्परा हराए संस्कृति हराउँछ, संस्कृति हराए मान्छे हराउने' भन्दै रुपन्देहीका एक अभियान्ता तमु (गुरुङ) भाषा र लिपिको संरक्षणमा जुटेका छन् ।

Muktinath Bank

रुपन्देहीको देवदह नगरपालिका–५ खैरेनीका भीमप्रसाद गुरुङले लोप हुन लागेको तमु समुदायको भाषा र उनीहरूको लिपि (खेमा लिपि) संरक्षणमा जुटेका हुन् । उनले भाषाको शब्दहरूमा संस्कृति लुकेका कारण तमु अर्थात् गुरुङ भाषा लोप भएमा उसको संस्कृति हराउने भएकोले भाषा संरक्षण गर्नु मुख्य दायित्व सम्झिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भाषालाई दीर्घजीवी बनाउनको लागि त्यो भाषाको लिपि आवश्यक पर्ने हुनाले लिपिको प्रचार र विकासका लागि गुरुङले विगत दुई दशकदेखि खेमा लिपि संरक्षण र प्रवर्द्धनको अभियानमा लागेका छन् । लोपोन्मुख तमु समुदायको खेमा लिपिलाई पुनर्जीवन दिइरहेका छन् उनले ।


Advertisment
Nabil box
Kumari

कुनै पनि भाषालाई लेख्य माध्यमबाट प्रस्तुत गर्ने अक्षरलाई लिपि भनिन्छ । नेपाली भाषा देवनागरी लिपिमा लेख्ने गरिन्छ भने गुरुङ भाषा खेमा लिपिमा लेखिन्छ ।

Vianet communication

*****

२०४७ सालमा गुरुङले बुटवल बहुमुखी क्याम्पसमा प्रविणता प्रमाणपत्र तह पढ्दै गर्दा बुटवलमा लिपिकार बालनरसिंह गुरुङबाट खेमा लिपि सिकेका हुन् । भीम गुरुङसँगै अन्य दश गुरुङ समुदायका युवाले पनि खेमा लिपिको अध्ययन गरे । तर उनीहरुले भाषा र लिपिको संरक्षणमा ध्यान दिएनन् । आउँदो पुस्ताका लागि आफ्नो भाषा र संस्कृति बचाउनका लागि भन्दै भाषा र लिपि संरक्षणमा आफू लागिपरेको गुरुङको भनाइ छ ।

गुरुङ जातिले आफूलाई 'तमु' भनेर चिनाउँछन् । गुरुङ भाषालाई तमु भाषा पनि भनिन्छ । तमु भाषा रोमन र देवनागरी लिपिमा समेत लेखिने गरेको छ । ‘अहिलेको युवाले तमु भाषा र लिपि सिक्नुपर्छ । उनीहरूले सिके भाषा र लिपिको आयु बढ्छ,’ गुरुङले भने ।

खेमा लिपिको स्याङ्जा एलादी निवासी पुरोहित स्व.पिम बहादुर गुरुङ (पच्चु गुरु) ले २०३० तिर प्रतिपादन गरेको बताइन्छ । 'पच्चु गुरु'ले प्रतिपादन गरेको लिपिलाई बुटवलमा बालनरसिंहले पूर्णता दिए । बालनरसिंहले पूर्णतासँगै भीम गुरुङ संरक्षण, विकास र प्रवर्द्धनमा लागे ।

पुर्खाको नाममा सिर्जना गरिएको लिपि नै ‘खेमा लिपि’ हो । खेमा लिपि अभियान्ता भीम गुरुङका अनुसार तमु भाषामा २९ वटा व्यञ्जन वर्ण, ८ वटा स्वरवर्ण र ६ वटा सहयोगी वर्ण छन् । ‘छयाजालो’ भनेको नमस्कार हो- गुरुङ भन्छन् ।

भीम गुरुङ खेमा लिपिको प्रचारका लागि देशभर प्रचारात्मक प्रशिक्षणमा लागेका छन् । उनले आफ्नै नगरका देवदह मदर टङस् बोर्डिङमा विगत २० वर्षदेखि गुरुङ भाषा अध्यापन गराइरहेका छन् । जुन नेपालभरमा गुरुङ भाषाको पढाई हुने पहिलो र एकमात्र विद्यालय हो । उनले प्रदेश एक, तीन, गण्डकी, सुदूरपश्चिम र प्रदेश पाँचका ३५ भन्दा बढी जिल्लामा पुगेर गुरुङ भाषा र लिपि सिकाइसकेका छन् ।

‘गुरुङ भाषाका संयुक्त अक्षर स्वरमा आउँछन् । त्यो अवस्थामा एकै पटक चार पाँच वटा शब्द उच्चारण गर्न गाह्रो हुने हुँदा खेमा लिपिमा गुरुङ भाषा प्रष्ट आउँछ । तर सिक्नका लागि देवनागरी लिपिमा पनि लेख्न सक्छौं,’ गुरुङले प्रष्ट्याए । ‘तमु ताँ पोंले’ गुरुङ कुरा बोलौं भन्ने उनको पुस्तक पनि प्रकाशित छ ।

उनी गुरुङ बाहुल्य रहेको धेरै ठाउँमा पुगेका छन् । लम्जुङ, पर्वत, स्याङ्जा, कास्कीमा तमु भाषा बढी बोलिन्छ ।

‘जुन ठाउँमा गुरुङ भाषा छ । त्यहाँका साथीहरूले लिपिप्रति धेरै चासो दिइरहेको अवस्था छ । जहाँ गुरुङ भाषा लोप हुन लागेको भान हुन्छ, त्यहाँका साथीहरूले खबर गर्नुहुन्छ । अनि त्यहाँ प्रशिक्षण दिन जाने गरेको छु । अहिले देशभर भाषा संरक्षण गर्नुपर्छ भन्ने जागरुकता पनि बढेको मैले प्रशिक्षणका क्रममा पाएँ,’ भीमप्रसादले भने । भारतको सिक्किममा मेघराज गुरुङ, भुटानमा कर्म गुरुङले पनि तमु भाषा र संस्कृति संरक्षणमा लागेको भीम बताउँछन् ।

उनी जन्मिएको पर्वतको पैञ्यूखोला साविक होसाङ्दी–७ अर्गाउदी हो । उक्त ठाउँ गुरुङ समुदायको बस्ती भएको ठाउँ हो । भारतको सिक्किमबाट पनि आफूसँग भाषा र खेमा लिपि सिक्न २५ जनाको प्रावि र मावि तहका शिक्षकहरू पनि आएको उनले बताए ।

उनीहरूलाई गुरुङले १५ दिन देवदह र अन्य १५ दिन आफ्नो जन्म ठाउँ पर्वत लगे । त्यहाँको गुरुङ समुदायको बीचमा पुर्‍याएर पनि सिकाए । उनीहरूलाई एक महिनामा सक्दो दक्ष बनाए । यहाँ लिपि सिकेर गएपछि उनीहरूलाई भारत सरकारले खेमा लिपिका शिक्षकको रूपमा नियुक्त गरेको भीमले सुनाए । सिक्किममा धेरै तमु भाषाका शिक्षकहरू रहेका छन् । भीमसँग देश विदेशबाट पनि मानिसहरूले सम्पर्क गर्छन् । माग अनुसार उनी प्रशिक्षण दिन्छन् पनि । गुरुङ पत्रकार पनि हुन् ।

उनले सिकाएका विभिन्न जिल्लामा २० जना प्रशिक्षकहरू पनि तयार भइसकेका छन् । नवलपरासीमा सीता गुरुङ, डोल्मा गुरुङ, नवलपुरमा नविन, मोहित, काठमाडौंमा रस, हिम, खीम मिरा, गिरमान गुरुङ लगायतलाई संरक्षक बनाएपछि उनीहरूले पनि भाषा र लिपिलाई जोगाउन भीमलाई साथ दिएका छन् । मौलिकपन भएका कारण तमु युवा पुस्ताको यो भाषा र लिपि अध्ययनमा रुचि बढेको गुरुङको भनाइ छ । नेपालका मातृभाषाहरूको संरक्षण गर्ने भनिँदै आएपनि राज्यले तिनीहरूको संरक्षणमा कुनै चासो नदिएको उनको गुनासो छ ।

‘मातृभाषाप्रति राज्यले दुई व्यवहार गरेको छ,’ गुरुङ भन्छन्, ‘मातृ भाषा संरक्षण भन्छ खै कुन सामुदायिक विद्यालयमा मातभाषामा पठनपाठन शुरू भएको ? नीति निर्माण पनि गर्दैन । बजेट र कार्यक्रम पनि छैन ।’

नीतिगत रूपमा तमु भाषा संस्कृति संरक्षण गरिनुपर्छ भन्ने संस्थागत निर्णय पनि भएका छन् । ‘खेमा लिपि’ लाई २०५२ सालदेखि साझा लिपिका रूपमा अघि बढाइएको थियो ।

२०७५ पुसमा राज्यको निकाय राष्ट्रिय भाषा आयोगमा गुरुङ भाषालाई लिपिमा रूपमा पनि दर्ज गरिएको छ । त्यस्तै, लिपि २०७६ असोज २४ र २५ गते काठमाडौंमा सम्पन्न तमु सम्मेलनबाट समेत अनुमोदित भएको छ । लिपिलाई गुरुङ जातिको लिपि घोषणा हो ।

राष्ट्रिय जनगणना २०६८ को तथ्यांकअनुसार गुरुङ जातिको जनसंख्या ५ लाख २२ हजार ६ सय ४१ छ । नेपालमा धेरै जातजाति र भाषाभाषीको बसोबास छ । तिनीहरूको संरक्षणमा अब राज्य लाग्नुपर्ने गुरुङको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x