×

NMB BANK
NIC ASIA

कर्णालीमा नेकपा र का‌ंग्रेसद्वारा उम्मेदवारी, सत्तारुढको भोट चोरेर जित्ने कांग्रेसको दाउ !

पुस २०, २०७६

NTC
Premier Steels

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आगामी माघ ९ गते राष्ट्रिय सभाको २ सीटका लागि हुने निर्वाचनमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उम्मेदवारी दर्ता गराएका छन् ।

Muktinath Bank

पार्टीको झण्डा तथा कार्यकर्ताको दलबलका साथ निर्वाचन आफैंले जित्ने भन्दै  निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सबैभन्दा पहिले नेपाली कांग्रेसले उम्मेदवारी दर्ता गरेको छ । नेपाली कांग्रेसका तर्फबाट डिल्लीराज पाठक र गणेश कुमारी बस्नेतले उम्मेदवारी दिएका छन् । 


Advertisment
Nabil box
Kumari

डिल्लीराज पाठकको प्रस्तावक प्रदेश सभा सदस्य यज्ञबहादुर बिसी तथा सर्मथक गुर्भाकोट नगरपालिकाका मेयर हस्तबहादुर पुनः छन् । 

Vianet communication

अर्का उम्मेदवार गणेशकुमारी बस्नेतको सर्मथकमा पञ्चपुरी नपाका मेयर उपेन्द्र थापा तथा प्रस्तावकमा बराहताल गाउँपालिकाका उपाध्यक्ष शोभाकुमारी शर्मा बसेका छन् ।

मनोनयन दर्तापछि पत्रकारसँग कुरा गर्दै उम्मेदवार पाठकले पार्टीले आफूलाई विश्वास गरेर उम्मेदवार बनाएको बताउँदै पार्टीलाई धन्यवाद दिए । 

‘सबैभन्दा पहिले म नेपाली कांग्रेसलाई धन्यवाद दिन चाहन्छु,’ उनले भने, ‘हाम्रो मतसंख्या कम भएपनि मलाई मतदाताले गोप्य मतदानमार्फत विजयी बनाउने अपेक्षा गरेको छु ।’ 

उनले नेकपाभित्र अझैपनि दिल खोलेर एकता नभएको हुँदा यो पालिको निर्वाचनमा कांग्रेस विजयी हुने दाबी गरे । 

‘विजयी भएमा सरकारको स्वेच्छाचारितामाथि लगाम लगाउन भूमिका खेल्नेछु,’ उम्मेदवार पाठकले भने, ‘लोकतान्त्रिक मूल्य मान्यताविरुद्ध सरकारले ल्याउने हरेक नीति तथा विधेयकविरुद्ध सशक्त आवाज उठाउनेछु ।’ 

उनले वर्तमान सरकारको नीति तथा कार्यक्रम मिचाहा प्रवृत्तिको रहेको आरोप लगाए ।

नेपाली कांग्रेसभन्दा पछि मनोनयन दर्ता गर्न पुगेर नेकपाका उम्मेदवारहरूले पनि उम्मेदवारी दर्ता गराएका छन् । नेकपा उम्मेदवारहरू मायाप्रसाद शर्मा र सुमित्रा बिसी मुस्कुराउँदै निर्वाचन कार्यालय पुगेका थिए ।

सुमित्रा सर्मथकमा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकाल तथा प्रस्तावकमा प्रदेश सभा सदस्य देवी ओली रहेका छन् । 

अर्का उम्मेदवार शर्माको सर्मथकमा प्रदेश सभा सदस्य ठम्मर विष्ट र प्रस्तावकमा प्रदेश सभा सदस्य करबिर शाही रहेका छन् । 

३३ प्रदेश सभा सदस्य तथा ७९ मा ५३ स्थानीय तह जितेको नेकपा जीत सुनिश्चित हुनेमा ढुक्क छ । १९८ मतदाता रहेको कर्णाली प्रदेशमा ७९ स्थानीय तह रहेका छन् । चुनावमा स्थानीय तहका प्रमुख तथा उपप्रमुख र कर्णाली प्रदेश सभाका सदस्यहरूले मतदान गर्नेछन् ।

‘नेपाली कांग्रेसले उम्मेदवारी दर्ता नगरेर नेकपाको विजय स्वीकार गर्नुपर्थ्यो,’ उम्मेदवार शर्माले भने, ‘तैपनि लोकतान्त्रिक विधि र प्रत्रियाबाट हामी आएका छौं । हाम्रो जीत कसैले पनि रोक्न सक्दैन ।’ 

उनले आफूले राष्ट्रिय सभामा कर्णालीका पीडा ओकल्ने र समाधानका लागि राज्यलाई झक्झक्याउने बताए ।

‘कर्णाली सधैं रोग, भोक र शोकमा छ । भौगोलिक विकटता छ,’ उनले भने, ‘यस्ता चुनौतीको दीर्घकालीन समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनेछु ।’
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x