मंसिर ४, २०८०
एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...
साताभर नै धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकले नयाँ उचाइ हासिल गर्यो ।
लगातार ओरालो लागेको बजारले करीब १०० विन्दु माथि पुग्यो भने कारोबारमा समेत नयाँ उचाइ हासिल गर्यो ।
लगानीकर्तामा एक प्रकारको उत्साह जगाउन सफल साताको रुपमा यस हप्ता कायम रह्यो । साताभर कूल १७९ कम्पनीका १ अर्ब ४६ करोड ८२ हजार ५५३ कित्ता शेयर ४ अर्ब २२ करोड ५६ लाख ३२ हजार ८२७ बराबरमा कारोबार भयो ।
सन् २०२० को शुरूआतीसँगै नेप्सेमा देखिएको सुधार साताभर नै कायम रहेका कारण बजारले गुणात्मक लय समात्न सफल भएको हो । कारोबार रकम र नेप्सेमा देखिएको दोहोरो अंकको वृद्धि त्यसैको परिचायक बन्न पुग्यो ।
सातामा कारोबार हुने ५ दिनमध्ये बुधवार मात्रै नेप्से सामान्य अंकले घट्यो । अन्य दिन भने बजारमा सकारात्मक परिवर्तन देखियो । साताको पहिाले दिन नै धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढ्यो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १६.०९ विन्दुले बढेर १ हजार १८२.३१ मा पुग्यो । नेप्सेको छलाङसँगै कारोबार रकममा समेत वृद्धि भयो । कूल १७३ कम्पनीको २० लाख ८२ हजार ८७४ कित्ता शेयर ७१ करोड २४ लाख २५ हजार ८२७ रुपैयाँ मूल्यमा खरीद बिक्री भए ।
सोमवार पनि नेप्से परिसूचक १८ अंकले बढ्यो । त्यसदिन नेप्से १८.२६ अंकले बढेर १ हजार २००.६९ मा पुग्यो । लामो समयपछि नेप्सेमा लगातार वृद्धि हुँदा परिसूचक १ हजार २०० नाघ्यो । परिसूचक बढेसँगै कारोबार रकममा पनि भारी वृद्धि भयो । स्टकका अनुसार कूल १७८ कम्पनीका २६ लाख ८३ हजार ६१० कित्ता शेयर ८४ करोड २५ लाख ८२ हजार १५० रुपैयाँमा खरिद बिक्री भए ।
मंगलवार पनि नेप्से परिसूचक दोहोरो अंकले बढ्यो । त्यसदिन नेप्से १६.२३ विन्दुले बढेर १ हजार २१६.९२ मा पुग्यो । धेरैपछि कारोबार रकम अर्बमाथि पुग्यो । लगानीकर्तामा विश्वास बढेपछि कारोबार रकममा उल्लेख्य वृद्धि भएको हो । कूल १७९ कम्पनीका ३८ लाख ८० हजार ९५० कित्ता शेयर १ अर्ब १० करोड २७ लाख ३६ हजार ७४८ रुपैयाँ मूल्यमा खरिद–बिक्री भए ।
बुधवार भने नेप्से ७.३२ विन्दुले घट्यो । कूल १७२ कम्पनीका २१ लाख ८५ हजार ३९७ कित्ता शेयर ७३ करोड ८ लाख ५२ हजार ३४५ रुपैयाँ मूल्यमा खरिद बिक्री भए ।
बिहीवार भने नेप्से परिसूचक सामान्य अंकले बढ्यो । त्यसदिन नेप्से ३.५१ ले वृद्धि भई १ हजार २१३.११ मा पुग्यो । नेप्सेमा जस्तै सुधार कारोबार रकममा पनि देखिएको छ । कूल १७७ कम्पनीको ३८ लाख ४९ हजार ७२२ कित्ता शेयर ८३ करोड ७० लाख ३५ हजार ७५७ मूल्यमा खरिद बिक्री भए ।
साताभर विभिन्न ४ कम्पनीको शेयर सूचीकृत भए । त्यसमा अपि पावर कम्पनीको ५ लाख ६७ हजार कित्ता शेयर लाभांश, ग्लोबल आईएमई बैंकको १ करोड ३३ लाख ६ हजार ५५७ कित्ता शेयर लाभांश, नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको ७ लाख ५१ हजार ८६० कित्ता शेयर लाभांश तथा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको ५७ हजार ६०० कित्ता शेयर लाभांश सूचीकृत भएको छ ।
एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...
लक्ष्मी सन्राइज बैंकले काठमाडौं उपत्यका भित्रका २ वटा शाखा स्थानान्तरण गरेको छ । काठमाडौं महानगरपालिकाको वडा नम्बर १७, खुसिबु अवस्थित २ शाखामध्ये १ शाखा अब काठमाडौंको नागार्जुन नगरपालिका वड...
नबिल बैंक लिमिटेडले मातातीर्थ औँसीको अवसरमा सन्देशमूलक भिडियो सार्वजनिक गरेको छ । हरेकको पहिचान बनाउन साथ दिने आमालाई आफ्नो पहिचान बनाएर अघि बढ्न प्रोत्साहन गर्नुपर्छ भन्ने मूल सन्देशका साथ...
नयाँ वर्ष २०८१ लागेयता लगातार घटेर आइतवार बल्ल सुधार देखिएको सेयर बजार कारोबार सोमवार पुनः घटेको छ । साताको दोस्रो दिन १५.४१ अंकले घट्दै नेप्से परिसूचक १९६९.०२ विन्दुमा रहँदा कारोबार रकम पनि घटे...
‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको छ । केही समयअघि साउदी अर...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...