कर्णाली प्रदेशमा माघीको सार्वजनिक बिदा

कर्णाली प्रदेश सरकारले थारु जातिको मुख्य पर्व माघीमा सार्वजनिक बिदा दिने भएको छ । 

प्रदेश सरकारको गत कात्तिक १९ गते बसेको मन्त्रिपरिषद् बैठकले माघी पर्वमा बिदा दिने निर्णय गरेको थियो ।


Advertisement

सोही निर्णयका आधारमा माघ १ गते सार्वजनिक बिदा हुनेगरी सूचना प्रकाशन गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काले जानकारी दिए ।

‘माघ १ गते बुधवार कर्णाली प्रदेशभरका सबै सरकारी र सार्वजनिक कार्यालय बिदा हुनेछन्,’ प्रवक्ता खड्काले भने, ‘सार्वजनिक संस्थान तथा शैक्षिक संस्था सबैले सार्वजनिक बिदा पाउने छन् ।’ प्रदेशवासी सबैको सहजताका लागि मंगलवार सार्वजनिक बिदाको सूचना प्रवाह गरिएको उनले बताए ।


Advertisement

मन्त्रिपरिषद् बैठकले भदौ ४ गते प्रदेश स्थापना तथा शहीद दिवस, माघ १ गते माघे संक्रान्ति, साउन १ गतेका दिन साउने संक्रान्ति र देउडा पर्व तथा भोट ल्होसार र बकर इदको अवसरमा बिदा दिने निर्णय गरेको थियो ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्