×

NMB BANK
NIC ASIA

राष्ट्रिय सभामा सांसद रावलको आग्रह: निर्माणाधीन क्रिकेट रंगशाला हेर्न र सहयोग गर्न चितवन जाऔं

माघ १४, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

राष्ट्रिय सभा सदस्य दिलकुमारी रावल थापा 'पार्वती'ले चितवनमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणमा जुट्न अपिल गरेकी छन् ।

Muktinath Bank

राष्ट्रिय सभाको मंगलवार बसेको बैठकमा बोल्दै सांसद रावलले भरतपुर महानगरपालिका र धुर्मुस-सुन्तली फाउन्डेसनको अग्रसरता तथा जनसहभागितामा निर्माणाधीन क्रिकेट रंगशाला अवलोकनका लागि जान र निर्माण अभियानमा सहयोग गर्न अपिल गरेकी हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'क्रिकेट रंगशाला निर्माणका लागि आर्थिक स्रोत जुटाउन हामी बनाउँछौं  हाम्रो  रंगशाला भन्ने उद्देश्यका साथ यही माघ १९ देखि २६ गतेसम्म र‌ंगशाला निर्माणाधीनस्थलमा धनधान्याचल महायज्ञ महोत्सव आयोजना हुँदैछ, सो महोत्सवबाट ५० करोड संकलनको लक्ष्य राखिएको छ,' सांसद रावलले भनिन्, 'निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला हेर्न जाऔं, यो  महत्त्वपूर्ण रंगशाला निर्माणमा जुटौं, उठौं, हामी कोही नछुटौं भन्ने अनुरोध, आह्वान र आग्रह गर्द्छु ।'


Advertisment
Nabil box
Kumari

विश्वमा नेपाल र नेपालीलाई चिनाउने खेलकुदका लागि अन्तर्राष्ट्रिय मापदण्डअनुसारको रंगशाला निर्माण अत्यावश्यक भएको उनको भनाइ थियो ।

Vianet communication
Laxmi Bank

३ अर्बको लागतमा निर्मण हुने रंगशालाका लागि आर्थिक स्रोत जुटाउन आवश्यक रहेको भन्दै उनले रंगशाला सिंगो देशको पहिचान झल्काउने खालको बन्न लागेको बताइन् ।

'रंगशालामा ७७ वटै जिल्लाको प्रतिनिधित्व र सहभागिता हुनेगरी कक्ष निर्माण हुँदैछ । पूरा कमलको फूलको आकारमा निर्माण हुने रंगशाला ७७ जिल्लाको पहिचान सहितको ७७ कक्ष रहने छ भने कमलको फूलको ७ पत्रले  ७ प्रदेशको झल्को र प्रतिनिधित्व गर्नेछ,' उनले भनिन् ।

क्रिकेटका अलावा अन्य विभिन्न खेलकुदका लागि समेत उपयोगी हुने गरी रंगशाला निर्माण भइरहेको जानकारी उनले दिइन् ।

'३० हजार दर्शकले खेल हेर्न सक्ने प्याराफिटसहितको क्रिकेट स्टेडियम, हजारौं दर्शकले खेल हेर्न सक्ने फूटबल स्टेडियम तथा अत्याधुनिक अन्तर्राष्ट्रिय स्तरको अन्तरकक्ष पौडी पोखरी तथा भलिबल, बक्सिङ, जुडो, कराँते, तेक्वान्दो, सुटिङ लगायतका खेलकुद खेल्न सकिने र अन्तर्राष्ट्रिय स्तरको अन्तरकक्ष कभर्डहल समेत निर्माण हुनेछ,' सांसद रावलले भनिन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x