×

NMB BANK
NIC ASIA

पर्यटनमा कोरोनाको धक्का : प्राय: व्यस्त रहने पोखराको लेकसाइड नै सुनसान !

माघ २२, २०७६

NTC
Premier Steels

‘सेतो छाला (पर्यटक) देख्नै मुस्किल भइसक्यो । आउनै छाडे । लास्टै कम छ ।’
– जीवन विश्वकर्मा, डुंगा व्यवसायी ।
...

Muktinath Bank

‘पसलमा कुर्ने काम मात्र हो । पर्यटक नै छैनन् । नेपाल रुवाण्डा हुन्छ कि क्या हो !’
– दिव्या पौडेल, ट्रेकिङ सप सञ्चालक । 
...


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘चाइनाले फ्लाइट क्यान्सिल गरेपछि पर्यटक घटे । ८० प्रतिशत अकुपेन्सी हुनुपर्नेमा अहिले मात्र ३० छ ।’
– सञ्जयकान्त सिग्देल, टुरिस्ट बस सञ्चालक  ।
...


Advertisment
Nabil box
Kumari

माथिका यी प्रतिनिधि भनाइ नेपालकै प्रमुख पर्यटकीय क्षेत्र पोखरा र पर्यटक लक्षित हुन् । चीनमा देखापरेको कोरोना भाइरसको तरङ्गको प्रभाव तालनगरीमा पनि परेको हो । 

Vianet communication

अझ पोखराको पनि प्रमुख पर्यटकीय क्षेत्र लेकसाइड त यतिखेर ठप्पप्रायः छ । विदेशी पर्यटक देख्नै मुस्किल छ । जताततै सुनसान छ । पर्यटन व्यवसायी चिन्तामा छन् ।

माघ १४ गते प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटन वर्षलाई प्राकृतिक धक्का लागेको बताएका थिए । उनले भनेका थिए, ‘नयाँ वर्ष २०२० लाई हामीले नेपाल भ्रमण वर्षको रुपमा अगाडि सारेका छौं । शुरूमै केही धक्काका संकेतहरू प्राकृतिक हिसाबले देखापरेका छन् । यसलाई हामीले सावधानीपूर्वक सामना गर्नुपर्नेछ । सरकार त्यसको तयारीमा लागेको छ ।’ प्रधानमन्त्री ओलीले संकेत गरेका धक्का पोखरेलीले महसूस गरिरहेका छन् ।

चाइनीजको न्यू इयरले पोखरा घुम्न यस सिजनमा अघिल्ला वर्ष ठूलो फ्लो लाग्थ्यो । कोरियन पनि वेशी नै आउँथे । अहिले चाइनीज मात्र होइन, अन्य देशका पर्यटक धमाधम बुकिङ क्यान्सिल गरेका छन् । पोखरा घुम्न आएकामध्ये पनि केही दिनअघि अधिकांश फर्केका छन् । 

चाइनाले ‘फ्लाइट क्यान्सिल’ गरेका कारण पोखरा घुम्नेहरूको संख्या एकदमै घटेको बताउँछन्, टुरिस्ट बस सञ्चालक सञ्जयकान्त सिग्देल । नेपाल टूर्स एण्ड ट्राभल्स एसोसिएसन (नाट्टा)  पोखरा उपाध्यक्ष समेत रहेका सिग्देल भन्छन्, ‘यो सिजनमा ८० प्रतिशत अकुपेन्सी हुनुपथ्र्यो तर घटेर ३० प्रतिशत हाराहारीमा झरेको छ ।’

नाट्टा पोखराअन्तर्गत हाल २७ वटा गाडी छन् । पोखराका लागि काठमाडांै, चितवन, लुम्बिनी, सौराहाका लागि दैनिक गाडी छुट्छन् तर यात्रुको संख्या अत्यन्तै पातलो छ । 

पोखरा पर्यटन परिषद् अध्यक्ष चिरञ्जीवी पोखरेलका अनुसार पोखरा कोरोनाकै कारण डराउनुपर्ने शहर नभएको र हालसम्म सुरक्षित रहेको सन्देश प्रवाह गर्नु मुख्य काम हो । उनले भने, ‘कोरोनाले संसारमै हलचल आएको छ । नेपालकै प्रमुख पर्यटकीय नगरी पोखरा भएकाले यहाँ पनि आंशिकरुपमा प्रभाव पर्ने नै भयो । तर पोखरा सुरक्षित छ भन्ने सन्देश दिन सकिएको छैन । यहाँ घुम्न आउन डराउनु पर्दैन ।’

नेपाल भ्रमण वर्ष २०२० शुरूआतसँगै पर्यटन प्रवद्र्धन हुने अनुमान थियो तर विभिन्न कारण पोखराको पर्यटन व्यवसाय मारमा पर्दै गएको छ । पश्चिमाञ्चल होटल संघ अध्यक्ष विकल तुलाचनले पर्यटक घट्दा अकुपेन्सी दर समेत घटेको जनाए । उनले भने, ‘अघिल्ला वर्ष यस सिजनमा ४० प्रतिशत अकुपेन्सी हुने गरेकोमा अहिले १५ देखि २० प्रतिशत हाराहारी मात्र छ ।’ तुलाचनका अनुसार पोखरा क्षेत्रमा हाल पर्यटकीयस्तरका ७५० होटल सञ्चालित छन् । जसमा कूल ३० हजार बेड छन् । 

यसैबीच, निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण यतिखेर रोकिएको छ । कोरोना कारण चिनियाँ मजदूर नहुँदा निर्माण रोकिएको हो । कोरोना संक्रमणबाट बच्न गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले पोखरा विमानस्थलमा हेल्प डेस्क खडा गरेको छ । विमानबाट ओर्लिने यात्रुको सामान्य चेकजाँच गरिँदै आएको छ । संक्रमितको भएको शंका लागेमा नमूना संकलन गरी जाँचका लागि पठाउन सकिने व्यवस्था गरिएको जनाइएको छ ।

नेपालमा पर्यटन क्षेत्रले शृंखलाबद्धरुपमा विभिन्न बाधा झेल्दा निकै मार खेप्नुपरेको छ । २०७२ सालको विनाशकारी भूकम्पसहित भारतीय नाकाबन्दी, टर्किस एयरको जहाज दुर्घटना, अन्नपूर्ण क्षेत्रको हुदहुद आँधी, डेंगु, बर्डफ्लू, बाढीपहिरोजस्ता कैयौं विपत्का घटनाबाट पर्यटन क्षेत्र अछुतो रहन सकेन । त्यसको प्रत्यक्ष मार पर्यटन क्षेत्रमा समेत छ ।

नेपाल भ्रमण वर्ष २०२० मनाइरहँदा चीनबाट धेरै पर्यटक भित्रिने आशा व्यसायीको रहेको थियो तर कोरोना भाइरसका कारण पर्यटक दर तीव्ररुपमा घट्दै गएको व्यवसायी बताउँछन् । यो सिजनमा अन्नपूर्ण पदयात्राका लागि दैनिक १ हजार १ सय विदेशी पर्यटक जाने गरेका थिए तर ३ साताअघिको हिमपहिरोकै कारण अन्नपूर्ण बेसक्याम्प र राउन्ड अन्नपूर्ण बन्दप्रायः छ । 

नेपाल घुम्ने गतिलो सिजन सेप्टेम्बरदेखि नोभेम्बर हो । गत वर्ष सन् २०१९ मा ११ लाख ९७ हजार विदेशी पर्यटकले नेपाल घुमेका थिए । तीमध्ये चिनियाँ पर्यटकको संख्या १ लाख ६८ हजार थियो ।

सन् २०१८ मा ११ लाख ७३ हजार विदेशी पर्यटक आएकोमा चिनियाँ १ लाख ५३ हजार रहेको नेपाल पर्यटन बोर्डको तथ्यांकमा छ । 

नेपाल आउने पर्यटकमध्ये पोखरा क्षेत्रमा करीब ४० प्रतिशत आउने गरेको पाइन्छ । सन् २०१९ डिसेम्बरमा १६ हजार ७ सय ६३ जना पर्यटकले गण्डकी प्रदेश (प्रदेशका ११ जिल्लामध्ये नवलपुरबाहेक) भ्रमण गरेका थिए । त्यसअघि अक्टोबरमा २४ हजार ४ सय ७७ र नोभेम्बरमा २५ हजार ३ सय ५६ पर्यटक आएको नेपाल पर्यटन बोर्डले जनाएको छ । कोरोनाका कारण यो दर क्रमशः न्यून हुँदै जाने देखिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x