मंसिर २४, २०८०
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
काठमाडाैं | बैशाख ७, २०८१
नेकपा एमालेका महासचिव शंकर पोखरेलले परिवर्तनलाई संस्थागत गर्ने सवालमा कांग्रेससँग मिल्न तयार रहेको बताएका छन् ।
राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पोखरेलले परिवर्तनलाई संस्थागत गर्नका लागि सत्तापक्ष र प्रतिपक्षसँग मिलेर काम गर्न तयार रहेको बताएका हुन् ।
‘गणतन्त्र र लोकतन्त्रलाई सुदृढ र यसको संस्थागत विकासको लागि सत्तापक्ष र प्रतिपक्षसँग मिलेर काम गर्न तयार छौं', पोखरेलले भने, ‘तर सत्ताको लागि लालायित छैनौं । सत्ता प्राथमिकता हाम्रो विषय होइन । मुलुकलाई सही बाटो हिँडाउने प्राथमिकता दिएर हामी अगाडि बढेका छौं ।’
सत्तालाई प्राथमिकता नदिएकैले फेरिएको समीकरणमा महत्त्वपूर्ण मन्त्रालयमा दाबी नगरेको उनले बताए ।
‘नयाँ सत्ता समीकरणमा महत्वपूर्ण मन्त्रालय चाहिन्छ भनेर दाबी गरेनौं । आलोपालोमा पनि दाबी रहेन', उनले भने, ‘राम्रो काम गर्दा सरकारलाई निरन्तरता दिन तयार छौं ।’
लोकतन्त्रमा संकट आउँदा कांग्रेससँग जहिले पनि मिल्दै आएकोसमेत उनले बताए ।
‘लोकतन्त्रमाथि संकट आएमा त्यतिबेला कांग्रेससँग मिलेर काम गर्नुपर्छ भन्ने मान्यता राख्दै आएका छौं’, उनले भने ।
गोदावरीमा शनिवारदेखि सोमवारसम्म चल्ने प्रतिनिधि परिषद्को बैठकले पार्टी नयाँ शिराबाट अगाडि बढ्ने संकल्पसाथ टुंगिने उनले बताए ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...