फागुन ३, २०८०
नेपाली कांग्रेसबाट धोका भएको र गठबन्धन सम्बन्धमा पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्ने प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले राजनीति तरंगित छ । माओवादीको विधा...
माघ १७, २०७४
जनकपुरधाम, १७ माघ– नेपालका लागि चिनियाँ राजदूत यु होङ दुई दिने भ्रमणका लागि बुधबार जनकपुर आएकी छिन् ।
नेपालको इतिहासमा भारतसँग सीमा जोडिएको जनकपुरको भ्रमणमा आउने होङ पहिलो नेपालका लागि चिनियाँ राजदूत हुन् ।
यूएनडीपीको परियोजना अन्तर्गत तराई मधेसमा आएको बाढीले गर्दा पीडित भएका परिवारहरुलाई बाढीपछिको राहत कार्यक्रमका लागि राजदूत होङ जनकपुर आएकी हुन् ।
तराई मधेसको सुन्सरी, सप्तरी, महोत्तरी, सर्लाही, पर्सा, धनुषा र रौतहत गरी ७ वटा जिल्लाहरुमा कुल ४० हजार बाढीपीडितहरुलाई राहत वितरण गरिने कार्यक्रम रहेको छ ।
बुधबार बुद्ध ऐयरको उडानबाट जनकपुर आएकी राजदुत होङलाई यूएनडिपीको पदाधिकारीहरुले र जनकपुर उद्योग बाणिज्य संघका अध्यक्ष ललित कुमार साह र उपाध्यक्ष सुरेन्द्र भण्डारीले जनकपुर विमान स्थलमा स्वागत गरेका थिए ।
विमानस्थलमै नेपालका लागि चिनियाँ राजदूत होङसँग लोकान्तरका प्रतिनिधि अजय अनुरागीले छोटो कुराकानी गरेका थिए । प्रस्तुत छ कुराकानीको अंश :
तपाईको जनकपुर भ्रमणको मुख्य उद्देश्य के हो ?
जनकपुर नेपालको धेरै नै ठूलो र महत्वपुर्ण शहर हो । लामो समयदेखि नेपालसँग हाम्रो सम्बन्ध सुमधुर रहँदै आएको छ । यूएनडिपीले एउटा परियोजना लागू गरेको छ । पछिल्लो समय आएको वाढीका कारण पीडित भएका यहाँका जनतासँग हामी भेट्न गईरहेका छौं । बाढी आएको बेला पनि हामीले यूएनडिपी मार्फत केही राहतका सामग्रीहरु वितरण गरेका थियौं । हामी यूएनडिपी र यहाँको स्थानीय सरकारसँग सहकार्य गरेर खास गरी बाढी पीडितका लागि केही काम गर्न गईरहेका छौं । समय समयमा नेपालमा आउने गरेको प्राकृतिक प्रकोपका बेला हामीले नेपालका जनताका लागि काम गर्दै आएका छौं । आजको भ्रमणमा पनि स्थानीय सरकार र खास गरेर यहाँका मानिससँग नजिकबाट भेटेर नेपाली जनता र नेपालसँगको सम्बन्धलाई थप बलियो बनाउन कोशिस गर्नेछौं ।
नेपालको इतिहासमा अहिलेसम्म जनकपुरमा कुनै पनि चिनियाँ राजदूतले भ्रमण गरेको छैन । तपाई नै पहिलो राजदूत हो जसले जनकपुरमा भ्रमण गर्न आउनु भएको छ । के यो धेरै ढिलो भएन ?
(हाँस्दै) कहिल्यै पनि ढिलो भन्ने कुरा हुँदैन । कहिले काँही ट्राफिक सहज हुँदैन । यद्यपि यसपटक हामी धेरै सप्ताहको प्रयास पछि अन्ततः जनकपुर आउन सफल भएका छौं । हामीले कहिल्यै पनि भन्नु हुन्न कि ढिलो भयो । हो, हामीले एउटा नयाँ शुरुवात गरेका छौं भनेर भने भन्न सकिन्छ ।
नेपाल र भारतबीच विशेष सम्बन्ध रहेको छ । नेपाल र भारतबीच खुला सीमा रहेको क्षेत्र तर्फ तपाईको भ्रमणले केही विशेष अर्थ राख्दछ । हामीले यो भ्रमणबाट के अपेक्षा गर्न सक्छौं ?
गत बर्ष हामीले ८० वटा देशहरुले एउटा सम्झौतामा हस्ताक्षर गरेका छौं । हामी सबैले परस्पर सहयोगका साथ एक आपसमा अघि बढेर जानु पर्दछ । हामीले जनता जनताका बीचमा सम्बन्ध बनाउनु नै महत्वपुर्ण कुरा हो । जसरी तपाईले भन्नु भयो त्यस्तो कुरा छैन । त्यो आवश्यक पनि छैन । हो, तर एउटा प्रयास भने गरेका छौं कि हाम्रो प्रयासले नेपाल भरीकै जनताको सम्बन्ध थप बलियो बनोस् ।
नेपालको संघीय संरचनालाई चीनले नरुचाएको हो भनेर भन्ने गरिन्छ । यस विषयमा तपाई के भन्नु हुन्छ ?
नेपालले कुन व्यवस्था रोज्ने हो, कुन व्यवस्थामा जाने हो त्यो नेपालको आफ्नै निर्णय रहन्छ । चीनले सधै नेपालले गरेको निर्णयलाई मान्दै आएको छ । नेपालको आन्तरिक मामिलामा चीनले कहिल्यै पनि हस्तक्षेप गर्दैन ।
हामी तपाईहरुको रोजाईलाई सधै सम्मान गर्छौं । हाम्रो सधै अपेक्षा के रहन्छ भने नेपालमा राजनीतिक स्थिरता होस र आर्थिक विकास हुन सकोस् । हामी छिमेकीको नाताले नेपाल सरकार र नेपाली जनतालाई सधै सहयोग गर्न तयार रहँदै आएका छौं ।
नेपाली कांग्रेसबाट धोका भएको र गठबन्धन सम्बन्धमा पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्ने प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले राजनीति तरंगित छ । माओवादीको विधा...
बुटवल विकासका दृष्टिले काठमाडौंपछिका प्रमुख शहरमध्ये एक मानिन्छ । बुटवल धेरै क्षेत्रमा देशलाई नेतृत्वदायी भूमिका खेल्ने शहर पनि हो । २०७९ मा भएको स्थानीय तहको निर्वाचनपछि बुटवल उपमहानगरपालिकामा दोस्रो कार्यकाल...
मधेश प्रदेशमा जनता समाजवादी पार्टी नेपालका सरोजकुमार यादव नेतृत्वको सरकार अल्पमतमा परेको छ । सत्ता साझेदार प्रमुख घटक नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आइतवार मन्त्री फिर्ता बोलाउँदै सरकारलाई...
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी फुटाउनेहरू अरू कसैको स्वार्थको गोटी बनेको बताएका छन् । अमेरिका भ्रमण सकेर सोमबार फर्किएका यादवले देश र जनताको हितका लागि नभएर अरू कस...
नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन् । तत्कालीन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका&nd...
बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी यात्रा सकेर नेकपा एमालेको नेतृत्व काठमाडौं फर्किएको छ । संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वले मध्यपहाडी यात्राका दौरान सरकारको चर्को आलोचना गरेक...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...