×

NMB BANK
NIC ASIA

‘टिलिक्क’ होटलमा बासी भात र गन्हाउने तरकारी !

जेठ ३०, २०७५

NTC
Premier Steels

विराटनगर, ३० जेठ – खाना र नास्ताका लागि होटल रोज्नुपर्दा सबैले ‘टिलिक्क’ देखिने र सफा होटल रोज्छन् । तर, टिलिक्क देखिने होटलको भान्सामा पनि बासी भात र गन्हाउने तरकारी हुने गरेको पाइएको छ ।

Muktinath Bank

विराटनगरका पत्रकारको टोलीले खाना र नास्ता होटलमा बासी भात र गन्हाउने तरकारी बिक्री हुने गरेको तथ्य फेला पारेका हुन् । जिल्ला वन कार्यालय मोरङले वैज्ञानिक वन व्यवस्थापनबारे जानकारी दिन पत्रकारलाई भ्रमणमा लैजाने क्रममा खाना खाँदा बासी भात र गन्हाउने तरकारी फेला परेको छ । विराटचोकमा रहेको मिलन स्वीट हाउसमा खाजा खाँदै गरेको अवस्थामा केही गन्हाएकोजस्तो लागेर हेर्दा आफूले खाँदै गरेको तरकारी बासी भेटिएको कान्तिपुर टेलिभिजनका पत्रकार महाप्रसाद खतिवडाले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले होटल सञ्चालकलाई त्यसमा बारेमा सोध्दा होटल सञ्चालकले उल्टै निहुँ खोजेको बताइएको छ । ‘मैले पकाएको हैन मलाई के थाहा ?’ भनेर होटल सञ्चालकले गैरजिम्मेवार जवाफ दिएका थिए । पत्रकारले प्रहरी बोलाउने बताएपछि उनी हच्किएर अघिल्लो दिनको आलु मिसाएर खुवाएको जवाफ दिएका थिए । राजमार्ग क्षेत्रमा सञ्चालनमा रहेका मिलन स्वीट हाउसजस्ता धेरै होटलले बासी खाजा र खाना खुवाउँदै आएको भएपनि अनुगमन नहुँदा समस्या ज्यूँका त्यूँ रहेको छ ।


Advertisment
Nabil box
Kumari

राजमार्गका होटलमा अधिकांश ग्राहक नियमित हुँदैनन्, छोटा समयको लागि आउँछन् । त्यसैको फाइदा होटल सञ्चालकले उठाउने गरेको यात्रुहरू बताउँछन् । प्रायः लामो दुरीका सवारीसाधन आउने र होटलमा खाना र खाजा खुवाउने गर्छन् । अधिकांश राजमार्ग क्षेत्रका होटलले बासी र बचेका खानेकुरा खुवाउने गरेको गुनासो पटक–पटक आउने गरेको छ । बजार अनुगमन गरेर उपभोक्ता ठगिनबाट जोगाउने जिम्मेवारी ऐनले स्थानीय तहलाई दिएको भएपनि त्यसको प्रयोग भएको छैन ।

Vianet communication

होटलमा हुने अनुगमनको सन्दर्भमा मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले पछिल्लो समय संरचनात्मक असरका कारण अनुगमनमा असर परेको बताए । विषयगत कार्यालयमा १–२ जना मात्र कर्मचारी हुँदा कहीँ अनुगमनमा निस्कन सक्ने अवस्था नरहेको उनले बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x