×

NMB BANK
NIC ASIA

अन्तरद्वन्द्वमा जितिन् प्रदेश सांसद झोवा, प्रदेशसभामा पहिलो पटक राखिन् धारणा

जेठ ३१, २०७५

NTC
Premier Steels

सुर्खेत, ३१ जेठ – कर्णाली प्रदेशसभा सदस्य झोवा कामीले पहिलो पटक संसदमा धारणा राखेकी छन् ।

Muktinath Bank

आफूलाई कमजोर ठानेर लामो समयसम्म अन्तरद्वन्द्वमा हारेकी सांसद कामीले हिम्मत बटुलेर प्रदेशसभामा जनताका कुरा राखेकी छन् । प्रदेश सभाको पहिलो अधिवेशनमा १ दिन पनि नबोलेकी भनेर यसअघि समाचार सार्वजनिक भएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पहिलो पटक सभामा बोलेकी झोवाले कर्णाली सरकारको नीति तथा कार्यक्रमबारे आफ्नो धारणा राख्दै रेलभन्दा पनि बिजुली र सुरुङभन्दा पनि सडकको विस्तार गर्न माग गरिन् ।


Advertisment
Nabil box
Kumari

‘सडकै नपुगेको मुगुका लागि रेल आवश्यक छैन,’ उनले भनिन्, ‘बरु सरकारले गतिलो सडक बनाओस् ।’ सांसद झोवाले सरकारको नीति तथा कार्यक्रममा केबलकार वा अन्य महत्वाकांक्षी योजना समेटिएको बताउँदै सबैभन्दा पहिले सडक र खानेपानीको विस्तार गर्न सरकारलाई आग्रह गरिन् । भोटे भाषा बोल्ने गरेकी उनले नेपाली भाषामै मन्तव्य राखिन् ।

Vianet communication

नीति तथा कार्यक्रममा भोटे समुदायको लागि कार्यक्रम नराखिनु दुःखद भएको उनले बताइन् ।

‘मर्दा र पर्दा चाहिने गुम्वा हो,’ उनले भनिन्, ‘त्यो बारेमा लेख्दा धर्म त लाग्दो हो ।’ संसदमा करीब ५ मिनेट बोलेकी झोवाले नीतिमा भाँगोको तेल बनाउने उल्लेख गर्नुभन्दा चिउरीको तेल बनाउने लेखेको भए राम्रो हुने बताइन् । उनले मुगुमा महिलामाथि समस्या भएकाले रोजगारी सिर्जना हुने काम बढी गर्नुुपर्ने बताइन् । सांसद झोवाले ढुक्कका साथ सम्बोधन गरेको देख्दा अरु सांसदले समेत कानेखुशी गरेका थिए ।

संसदमा प्रतिपक्षी दलका नेता जीवनबहादुर शाहीले उनलाई करीब २० दिनको निरन्तर अभ्यास गर्न लगाएको बताए । ‘पहिले संसदमा बोल्न उनले अप्ठ्यारो मानेकी थिइन्,’ उनले भने, ‘उनलाई कुनै पनि हालतमा बोल्नुपर्ने भनेर भनेको, बरु आफ्नो भाषामा बोल्न प्रेरित गरेकै कारण उनले बोलेकी हुन् ।’

आफूले ‘केन्द्रीय संसदमा सभामुखलाई दाजु भनेर सम्बोधन गरेको’ सुनेको भन्दै उनलाई हौसला दिएको बताए । नेता शाहीले भने, ‘आगामी दिनमा उनले थप सुधार गर्दै बोल्न सक्छिन् भन्नेमा आशावादी छु ।’

प्रदेश सांसद झोवा कामी–संसदमा एक शब्द बोल्न सकिनन्

 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x