×

NMB BANK
NIC ASIA

बिना तलब निस्वार्थ सेवा गर्ने स्वयंसेवीहरु

मंसिर १९, २०७५

NTC
Premier Steels

बिनोद कुमार खडका

Muktinath Bank

नेपालमा प्रत्येक डिसेम्बर ५का दिन राष्ट्रिय महिला स्वास्थ्य स्वंयसेविका दिवस मनाइने गरेको छ । यसपाला पनि नेपालमा पन्ध्रौ राष्ट्रिय महिला स्वास्थ्य स्वंयसेविका दिवस—२०७५ मनाइदै छ । यो लेखमा महिला स्वास्थ्य स्वंयसेविकाहरुको भूमिका र योगदान बारे केही प्रष्ट्याइदै छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्रिय स्वास्थ्य नीतिले देशको ग्रामीण तथा दुर्गम क्षेत्रमा रहेका सम्पुर्ण जनताहरुलाई न्यूनतम आधारभुत स्वास्थ्य सेवा पु¥याउने तथा स्वास्थ्य सेवा सम्वन्धि समुदायमा विषेश गरेर आमा र बच्चाको स्वास्थ्यको बारेमा प्राथमिक स्वास्थ्यको सेवाको उपभोग गर्न प्रोत्साहित गर्ने नेपाल सरकारको राष्ट्रिय कार्यक्रमहरुमा सहभागी भै कार्यक्रमहरु सन्चालन गर्ने र विद्यमान मातृ मृत्यू दर र बाल मृत्युदरमा कमी ल्याउन महिला स्वास्थ्य स्वयं सेविकाहरले उल्लेखनिय योगदान पुर्‍याउन सफल हुनु भएको छ । 


Advertisment
Nabil box
Kumari

नेपालमा महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रम २०४५ साल वाट सुरु भएको हो । यस कार्यक्रममा तत्कालिन गा.वि.स.हरुमा प्रत्येक वडालाई समेटने गरी प्रत्येक वडामा १÷१ जना गरी १ गा.बि.स.मा  ९ जनाका दरले तथा केही जिल्लाहरुमा जनसंख्या वृद्धि भएकोमा जन सख्याको आधारमा थप  महिला स्वास्थ्य स्वयं सेविकाहरु समेतलाई आमा समुहबाट छनौट गरी राखिएको छ । यसै गरी नेपालकासाबिक गा.बि.स.(गाउपालिका तथा न.पा.)हरुमा करीब ५०,०००(पचासहजार)जना  म.स्वा.स्व.से.हरु स्वयं सेवकको रुपमा सेवा गरिरहेको छन् ।

Vianet communication

परिचय

निस्वार्थ भावनाले आफनै गाँउ टोलमा महिला तथा वालवालिकाहरुको स्वास्थ्यको निगरानी राख्ने, आफनो वडामा जुन सुकै समयमा सेवा दिन सक्ने स्थानिय विवाहित महिलाहरु मध्येबाट आमा समुहहरुले छनौट गरी पठाएका र नेपाल सरकारको स्वास्थ्य सम्वन्धि ९+९  दिनको आधारभूत तालिम लिएकोमहिलाहरुलाई महिला स्वास्थ्य सेविका भनिन्छ । 

महिला स्वास्थ्य स्वयं सेविकाहरु नेपाल सरकारका कर्मचारी होइनन् । उनीहरु बिना तलब निस्वार्थ सेवा गर्ने स्वयंसेवीहरु हुन् । 

स्वयंसेवकहरुको काम

स्वास्थ्य स्वयं सेविकाहरुले गनुपर्ने क्रियाकलाप निम्न अनुसारका छनः 
 आमा समुहमा सहभागी वढाउदै लैजाने । 

समूहलाई स्वास्थ्य शिक्षा दिइर्, स्वस्थ रहनव्यवहार परिवर्तन गर्ने तरीका सिकाउने,सानो, सुखि तथा व्यवस्थित परिवार बनाउन प्रजनन् स्वास्थ्य सेवा र परिवार नियोजन बारे जानकारी गराउने, बच्चा चाँडै नजन्माउने स्थाई वन्ध्याकरण गर्न र अस्थाई साधन अपनाउने बारे जानकारी दिने, आमा र बच्चाहरुको स्वास्थ्य विकास बारे सिकाउने जस्तै नव शिशुलार्ई देखा पर्न सक्ने खतराको लक्षण बारे जानकारी गराउने , किशोरावस्थामा वैवाहिक जिवन २० वर्ष पुरा भए पछिमात्र बिवाह गर्न सल्लाह दिने, उमेर ढल्केका महिलाहरुको पाठेघर खस्ने समस्याको बारे जानकारी गराई उपचार गर्न प्रेरीत गर्ने,एच.आइ.भी.एड्स,क्षयरोग,झाडा पखाला, पोषिलो खाना, स्वास प्रश्वास सम्वन्धि, सरसफाइ अन्य सरुवा रोगहरुको वारे प्रारम्भिक उपचार ,लैगिक समानता साथै बच्चा जन्मिना साथ २ वर्ष भित्र दिइने ११ वटा रोग बिरुद्धको सबै खोपहरुको जानकारी गराई खोप लगाउन लैजाने काममा समेत सहयोग गर्ने जस्ता धेरै कामहरु म.स्वा.से.हरुले गर्दै आउनु भएको छ ।महिला स्वास्थ्य स्वयंसेविकाहरु कै महत्वपूर्ण योगदानका कारण नेपालमा सन् २०१० देखि हाल सम्म पोलियो रोग देखा परेको छैन ।

आ—आफनो वडाको प्रत्येक घर घर गई ५ बर्ष मुनिका बालबालिकाहरुलाई पोलियो खोपको थोपा खुवाउने तथा भिटामिन ए,जुकाको औषधि बितरण, पाखुराको नाप लिने रबाल भिटा बितरण, हात्तिपाइले रोगको औषधि खुवाउने समेत जिम्मा महिला स्वयंसेविकाले नै गर्ने गरेको छ  रयसको सफलताको श्रेय उनीहरुलाई नै जान्छ । 

महिला स्वयंसेविकाले हरेक महिनाको मसान्तमाआफुले वडामा काम गरेकोे अभिलेखहरु, सबै प्रतिवेदनहरु, खोप कार्यकर्ताको अनुगमनतथा उपस्थितीमा स्वास्थ्य संस्थामा बुझाउनेगरेको छन्  साथै प्रत्येक महिनामा आमा समुहहरुको वैठक वस्ने गरेको छ र यसको श्रेय पनि उनीहरुलाई नै जान्छ । 

महिला स्वास्थ्य स्वयं सेविकाहरुले नवजात शिशु र ५ वर्ष मुनिका वच्चाहरुलाई रोग बाट बचाउन र उनिहरुको स्वास्थ्य विकास गर्ने काममा मद्धत पु¥याउँदछन्  । 

महिला स्वास्थ्य स्वयं सेविकाले पाउने सुविधा

म.स्वा.स्व.से.ले पाउने सुविधा २०४५ सालमा प्रत्येक महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई रु.१००।—का दरले प्रत्येक महिनामा नेपाल सरकार स्वास्थ्य मन्त्रालयले दिने निर्णय गरेको थियो । केहि वर्ष पछि सो सुबिधा बन्द गरियो । तत्पश्चात लामो समय पछि म.स्वा.स्व.से.हरुलाई पोशाकको व्यवस्था गरी नेपाल भरका सवै म.स्वा.स्व.से.हरुलाईम.स्वा.स्व.से.हरुको लोगो भएको एउटै रङ्गको पोशाकको व्यवस्था गरेको छ । हाल प्रत्येक वर्ष प्रत्येक म.स्वा.स्व.से.हरु लाई वार्षिक रु ७५००। पोशाक भत्ता दिदै आएको छ ।

महालक्ष्मी नगरपालिका,ललितपुर 

ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका भित्र ४५ जना म.स्वा.स्व.से.हरु छन् । उहाँहरुलाई महालक्ष्मी नगरपालिकाले प्रत्येक वर्षकोतिहार खर्च बापत रु.१०,०००।(दश हजार) दिने निर्णय गरेको छ । उहाँहरुको योगदानलाई कदर गर्दै उहाँहरुको वृद्धि विकासमा समेत विभिन्न कार्यक्रमहरु गर्दै आइएको छ । उहाँहरुको सक्रिय सहभागिताका कारण नै देश भरका विभिन्न जिल्लाहरु पूर्ण खोप जिल्ला घोषणा भैरहेका छन् । उहाँहरुको बेतलबि सक्रियतालाई सलाम गर्नै पर्छ । 


(खड्का महालक्ष्मी नगरपालिका,ललितपुरका स्वास्थ्य शाखा प्रमुख हुन्)

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x