×

NMB BANK
NIC ASIA

सफलताको शिखरमा ‘सालको पात टपरी’ ! बन्यो यूट्यूबमा करोड बढी दर्शक पाउने दोस्रो गीत

मंसिर २९, २०७५

NTC
Premier Steels

काठमाडौं – कुनै पनि नेपाली गीतले यूट्यूबमा करोड भ्यूज पाउनु ठूलो सफलता हो । पछिल्लो समय चलचित्रका गीतले यूट्यूबमा त्यो सफलता हासिल गर्दै गएका छन् ।

Muktinath Bank

तर लोकदोहोरी गीतका लागि करोड भ्यूज पाउनु अहिले पनि ठूलै युद्ध जित्नुसरह छ । दिनहुँ लोकदोहोरी गीत यूटयूबमा सार्वजनिक हुन्छन् र केही दिनमै हराउँछन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

करीब ३ महिनाअघि यूट्युबमा सार्वजनिक गीत ‘सालको पात टपरी’ हराएर जाने गीतको भीडभन्दा टाढा रह्यो ।


Advertisment
Nabil box
Kumari

गीत रेडियो र टेलिभिजनमा सुन्ने र हेर्ने धेरै भए । धेरै चलेर गीत संगीतप्रेमीको मुखमा झुन्डियोे । लोकदोहोरी भनेपछि नाक खुम्च्याउनेहरूलाई पनि यो गीत प्रिय बन्यो ।

Vianet communication

यूट्यूबकै कुरा गर्ने हो लोकदोहोरीको इतिहासमै सबैभन्दा बढी हेरिने गीत बन्यो । सार्वजनिक गीतले हालसम्म यूट्यूबमा १ करोड २१ लाख बढी भ्यूज पाएको छ । गायकगायिका, संगीतकार, रचनाकार, मोडल, निर्देशक लगायत सम्पूर्ण टीमलाई गीतले १ करोड बढी भ्यूज बटुल्नु ख्याल–ख्यालजस्तो भएको छ ।

नवराज पन्तको शब्द रचना रहेको गीतमा वसन्त थापाले संगीत भरेका छन् । गायक कुलेन्द्र विश्वकर्मा र गायिका विष्णु माझीले श्वर दिएका छन् । शिव विकले निर्देशन गरेको भिडियोमा कुलेन्द्र र वसन्तसँगै अभिनेत्री मरिष्का पोखरेलले अभिनय गरेका छन् ।

गीतले पाएको सफलतामा दंग पर्दै संगीतकार वसन्त लोकान्तरसँग भन्छन्, ‘गीतमा निकै मेहनत गरेको हुनाले स्रोता दर्शकले रुचाउनुहुन्छ भन्ने थियो । तर यति धेरै चर्चा पाउला भन्ने चाहिँ लागेको थिएन ।’ 

यता कुलेन्द्र पनि गीतले पाएको चर्चाबाट दंग छन् । कुलेन्द्र भन्छन्, ‘गीतमा टिपिकल शब्द छन्, मेरो अरू गीतभन्दा यो गीत राम्रो बनेको थियो ।’ तर राम्रो गीतले करोड बढी भ्यूज पाउला भन्ने अपेक्षा कुलेन्द्रको पनि थिएन । अहिले जिल्ला–जिल्लामा भइरहेका मेला महोत्सवमा पुग्ने कुलेन्द्रबाट दर्शक स्रोताले शुरूमै यही गीत चाहन्छन् ।

अमेरिकामा रहेका रचनाकार नवराज पन्त गीत मौलिक रहेकाले दर्शक स्रोताले रुचाएको बताउँछन् । नवराजले यसअघि लेखेका गीतहरू पनि दर्शक स्रोताले रुचाएका थिए । ‘लोकदोहोरीमा हाम्रो आफ्नै मौलिकपन छ । यो गीत पनि मौलिक भएर स्रोता दर्शकले रुचाउनुभएको हो,’ उनी भन्छन् । आफूले थौरे गीत लेख्ने गरेको बताउँदै ‘सालको पात टपरी’लाई स्रोता दर्शकले रुचाउनुमा सबै पक्षको गतिलो मिश्रण भएको नवराज बताउँछन् ।

वसन्तको संगीत रहेको ‘उही खोलीको पानी’ बोलको गीत यूट्यूबमा १ करोड पटक हेरिएको पहिलो नेपाली लोकदोहोरी गीत बनेको थियो । अहिलेसम्म यो गीतलाई १ करोड ५ लाख बढी पटक हेरिसकिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x