×

NMB BANK
NIC ASIA

‘गोपी’ टिमसंग श्रममन्त्रीको भेट, भने –‘सरकारको धारणालाई चलचित्रले समेटेको देख्दा खुशी लाग्यो’

पुस २५, २०७५

NTC
Premier Steels

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले चलचित्र ‘गोपी’को टिमसँग भेटघाट गरेका छन् । 

Muktinath Bank

सिंहदरबारस्थित मन्त्रालयको कार्यकक्षमा मंगलबार उनले चलचित्रका कलाकार, निर्माता तथा निर्देशकलाई भेटेका हुन् । मन्त्री विष्टसँगको भेटघाटमा चलचित्रका मुख्य कलाकार विपिन कार्की, सुरक्षा पन्तसंगै निर्देशक दीपेन्द्र लामा, निर्माता मणिकर्ण केसी, कार्यकारी निर्माता श्रीधर पौडेल र लेखक सामीप्यराज तिमल्सेना सहभागी थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सो भेटमा मन्त्री विष्टले चलचित्रको ट्रेलरले आफूलाई उत्सुक बनाएकाले थप जानकारीका लागि चलचित्र निर्माण टिमसँग साक्षात्कार गर्न चाहेको बताए । ‘चाह्यो भने देशमै पनि धेरै कुरा गर्न सकिन्छ भन्ने चलचित्रको विषय रहेछ । अहिले सरकारले पनि स्वरोजगार र स्वावलम्बनको कुरालाई प्राथमितामा राखेको छ । सरकारको धारणालाई चलचित्रले समेटेको देख्दा एकदमै खुशी लाग्यो,’ मन्त्री विष्टले भने, –‘चलचित्रप्रति श्रम मन्त्रालय र व्यक्तिगत रुपमा मेरो पनि नैतिक समर्थन र ऐक्यवद्धता छ ।’ 


Advertisment
Nabil box
Kumari

मन्त्री विष्टले आफूले यदाकदा नेपाली चलचित्र हेर्ने गरेको भएपनि मौलिक चलचित्र कमै बन्ने गरेको बताए । भेटघाटका क्रममा उनले चलचित्रको बजेट र सुटिङ सम्बन्धी जिज्ञासा पनि राखेका थिए । निर्देशक दीपेन्द्र लामाले श्रममन्त्रीले चलचित्रप्रति देखाएको चासोले आफू र आफ्नो टिमलाई हौसला मिलेको बताए । ‘विदेश नताकेर देशमै पसिना बगाउने युवाहरुको ठूलो जमात पनि ठूलो छ । त्यो समूहलाई चलचित्रको माध्यमबाटै भएपनि हौसला प्रदान गर्ने उद्देश्यले देशमै केही गर्न खोज्ने युवाको कथा भन्ने प्रयास गरेका छौं,’ लामाले भने, –‘हाम्रो काममा मन्त्रीको नजर परेकोमा हामी आफ्नो उद्देश्यमा केही सफल भएको महशुस भएको छ ।’

Vianet communication

लेखक सामीप्यराज तिमल्सेनाले चलचित्रले कृषिकर्म गर्ने लाखौं किसानको मुद्दालाई समेट्ने बताउँदै देश छाड्न चाहाने युवालाई फरक तरिकाले सोँच्न प्रेरित गर्ने बताए । उनले पनि मन्त्रीको चलचित्रप्रतिको चासोले ‘गोपी’लाई मात्र होइन, मौलिक कथामा चलचित्र बनाउन चाहने थुप्रै चलचित्रकर्मीलाई प्रेरित गर्ने बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ६, २०८१

यतिबेला भारतमा बलिउडका स्टार अभिनेताहरूमाथि सुरक्षा खतरा बढेको छ । सलमान खानपछि शाहरख खानमाथि पनि सुरक्षा खतरा बढेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।  केही दिनअघि मुम्बईस्थित सलमानको घरबाहिर फ...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

बैशाख २५, २०८१

नेपाली चलचित्र ‘पुजार सार्की’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा मङ्गलबार एक कार्यक्रमबीच ४ मिनेट १५ सेकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको हाे । आगामी जेठ १० गते विश्वव्यापी रुपमा एकसा...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x