×

NMB BANK
NIC ASIA

५२ स्मार्ट कृषि गाउँ बनाउँदै प्रदेश पाँच

पुस २६, २०७५

NTC
Premier Steels

सुर्खेत– हेफर इन्टरनेशनल नेपालको सहयोग तथा मिडिया एक्शन नेपालको आयोजनामा पुस २२ देखि २४ सम्म कर्णालीका दुई जिल्ला र प्रदेश पाँचका ४ जिल्ला गरी ६ जिल्लाका पत्रकारले नेपालगञ्जमा कृषि र आर्थिक विकास सम्वन्धि तालिम लिए । तालिम समापनको दिन प्रमुख अतिथिको रुपमा प्रदेश नम्बर पाँचकी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेल आमन्त्रित थिइन् ।

Muktinath Bank

उनले प्रदेश सरकारले ५२ ओटा निर्वाचन क्षेत्रमा स्मार्ट कृषि गाउँ बनाउने बताइन् । उक्त स्मार्ट गाउँमा अत्याधुनिक कृषि उपकरणहरु दिइने, कृषि उत्पादकत्व बढाउन तालिमहरु दिनेलगायतका घोषणा गरिन । उक्त कार्यक्रमबाट ती गाउँका कृषकहरु लाभान्वित हुने र अन्य गाउँका किसानले पनि सिक्न सक्ने उनको ठम्याई छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘कृषिको विकास नभएसम्म आर्थिक समृद्धि सम्भव नै छैन ।’ मन्त्री पौडेलले भनिन, ‘यो पहिलो वर्ष भएका कारण कृषिलाई कसरी विकास र समृद्धिमा जोडन सकिन्छ भनेर हरेक निर्वाचन क्षेत्रमा एक–एक ओटा नमूना अर्थात स्मार्ट कृषि गाउँ बनाउने योजना बनाएका छौं । अबको केहि दिनमै हामी गाउँहरु छनौट गर्छौं ।’


Advertisment
Nabil box
Kumari

करार खेती योजना
कृषि मन्त्री पौडेलले करार खेति योजना पनि प्राथमिकतामा राखेको बताइन् । ‘अहिले कहियौं विघाहा जमिनमा खेती भइरहेको छैन । धेरैले खेती गर्ने जमीन पनि पाउन सकेका छैनन् ।’ उनले भनिन्, ‘त्यसकालागि हामीले भूमिहिन किसानलाई ठेक्कामा जग्गा दिलाउने र उनीहरुलाई खेती गर्न प्रोत्साहन गर्ने योजना बनाएका छौं । सञ्चारकर्मीलाई मेरो अनुरोध छ । यो खबर हरेक सुकुम्वासीमाझ पुर्याइ दिनुहोस् ।’

Vianet communication


सहकारी बजार बनाइँदै
मन्त्री पौडेलका अनुसार प्रदेश नम्बर पाँचमा सहकारी बजार बनाइने भएको छ । प्रदेशका १२ ओटा जिल्लामा एक–एक वटा सहकारी बजार बनाइने र जनताले उत्पादन गरेको कृषिजन्य बस्तु उक्त सहकारीले खरिद गर्ने र विक्री गर्ने उनको भनाइ छ । ‘हामीले हरेक जिल्लामा एक एक सहकारी बजार निर्माण गर्न थालेका छौं ।’ उनले भनिन, ‘ती सहकारीले किसानले उत्पादन गरेका बस्तु उपयुक्त मुल्यमा खरिद गर्ने र उपभोक्तालाई सस्तो मूल्यमा विक्री गर्नेछन । त्यसले गर्दा कृषि क्षेत्रमा विद्यमान विचौलिया प्रथालाई अन्त्य गर्न सकिने मेरो आंकलन छ । ’

किसानलाई अनुदान दिँदै सरकार
मन्त्री पौडेलले चालु आर्थिक वर्षमा मन्त्रालयले १८५ जना कृषकलाई अनुदान दिने बताइन् । ‘हामीले साँच्चीकै कृषकले अनुदान पाओस भनेर अनुदान चाहनेहरुका लागि निवेदन माग गरेका थियौं । १ हजार २१६ वटा निवेदन अनुदान माग गर्दै मन्त्रालयमा आएका छन् ।’  मन्त्री पौडेलले भनिन्, ‘सोही निवेदनको आधारमा अहिले प्रदेश सरकार सबै किसानको घरमा पुगिरहेको छ । कृषकको आवश्यकता, उसको क्षमता हेरेर यो वर्ष १८५ जना कृषकलाई अनुदान दिने मन्त्रालयको योजना छ ।’

किसानले राम्रो प्रपोजल बनाउन नसक्ने भएका कारण आफूहरु किसानको घरमै पुग्ने योजना बनाएको बताइन् । ‘साँच्चीकै खेती गर्ने किसानले राम्रो प्रपोजल बनाउनै सक्दैन । राम्रो प्रपोजल बनाउने त सुकिला मुकिलाहरु हुन ।’ उनले भनिन, त्यसैले वास्तविक किसानले अनुदान पाओस र कृषि पेशाामार्फत समृद्धि हासिल गर्न सकियोस् भन्ने ध्येयका साथ प्रदेश सरकार हरेक किसानको घरमा गइरहेको छ । अहिलेसम्म ११ सय किसानको घरमा सरकार पुगिसकेको बताउँदै मन्त्री पौडेलले अन्य वर्षमा अरु किसानलाई अनुदान दिइने बताइन् ।’

पञ्चवर्षीय योजना निर्माण
मन्त्री पौडेलले मन्त्रालयले प्रदेश पाँचको कृषि क्षेत्रको विकासकालागि पञ्चवर्षीय योजना बनाइ सकेको जानकारी दिइन् । यसका साथै चालु आर्थिक वर्षमा प्रदेश सरकारले एक सय जनालाई व्यावहारिक रुपमा लागु गर्न सकिने कृषि सम्वन्धी तालिम दिन लागिएको जानकारी दिइन् । ‘हामीले सीप सिक्न चाहनेहरुका लागि दरखास्त आव्हान गरेका थियौं ।’ उनले भनिन, ‘एक सय जनाका लागि दरखास्त आव्हान भएकोमा नौ सय जनाको दरखास्त परेको छ । ती मध्येबाट हामी छनौट गरेर किसानलाई तालिम दिने योजना बनाएका छौं ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x