×

NMB BANK
NIC ASIA

खोलाको फोहर पानी सिधै ट्याङ्करमा, लुगा धुने पानी पिउन योग्य भन्दै काठमाडौंमा बिक्री वितरण !

पुस ३०, २०७५

NTC
Premier Steels

काठमाडौं– काठमाडौं उपत्यकामा शुद्ध खानेपानी भन्दै खोलाको फोहर पानी विक्री वितरण गर्ने गरेको पाइएको छ । ट्याङ्कर मार्फत राजधानीवासीका घर–घरमा शुद्ध पानी भन्दै विक्री हुँदै आएको पानी कुन कम्पनी वा वितरणकर्ताले बेचिरहेको छ भन्ने खुल्ने अवस्था समेत छैन । 

Muktinath Bank

लोकान्तर डटकमले गरेको स्थलगत रिपोर्टिङका क्रममा पानी वेच्ने ट्यांकर कुन कम्पनी अन्तर्गत भन्ने समेत नभएको फेला परेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

घटना- १


Advertisment
Nabil box
Kumari

गत बुधवार विहान ११ बजे चोभारको चक्रतिर्थ प्रालिको पानी भर्ने ठाउँमा पानी ट्याङकरहरु लाइनमा बसेर पानी भरिरहेका थिए । पानीको क्युलिने ठाउँमा एक व्यक्ति बिल काटिरहेका थिए । पानी कम्पनी र उनको नाम सोध्दा उनी तर्कन खोजे । 

Vianet communication

उक्त स्थानमा पानीको लागि डीप बोरिङ गरिएको थियो । तर पानी निकालिएको स्थानदेखि पानी ट्यांकरमा राख्ने स्थानसम्म निकै फोहर थियो । 

विलकाटिरहेका व्यक्तिलाई पानी कम्पनीको मालिक (व्यवस्थापक) सँग कुराकानी गर्ने व्यवस्था मिलाउन अनुरोध गर्दा उनले आफू कर्मचारी मात्र भएको  र व्यवस्थापकबारे जानकारी नभएको बताए । 

ट्यांकरमा भर्दै गरिएको पानी फोहर देखिएपछि उनलाई यसबारे जिज्ञासा राख्दा भने,‘यो पिउनका लागि पठाउन लागेको पानी होइन,अरु नै प्रयोजनका लागि हो ।’

उनको कुरा सुनेपछि हामी ट्यांकरका चालक र सहचालकसँग कुराकानी गर्न थाल्यौं । नाम नबताउँने सर्तमा एक सहचालकले भने,‘पिउने पानी माग भएको ठाउँमा हामी यही पानी लैजान्छौं ।’

उक्त स्थानमा पानी भर्न आएको ना २ ख ६४७६ को ट्याङकरमा पानी भरिरहेका सहचालकले गाडीमा १२ हजार लिटर पानी अटाउने र काठमाडौंका धेरै ठाउँमा आफूहरुले पानी लैजाने गरेको बताए । 
‘यो पानी त खान मिल्छ जस्तो देखिदैन त ?’ लोकान्तरले राखेको जिज्ञासामा सहचालकले भने, ‘लुगा धुन र अन्य कामका लागि पानी लैजाने गरेका छौं,’ उनले भने,‘पानी माग गर्नेहरुले यो पानी खान पनि मिल्छ भनेर सोध्ने गरेका छन् ।’

उनले दैनिक करिब ८० ट्यांकर पानी चोभारको चक्रतिर्थ प्रालिबाट काठमाडौंका विभिन्न स्थानमा पु¥याउने गरेको बताए । 

घटना- दुई

पानीका स्रोतहरुको अवस्थाबारे बुझ्ने क्रममा हामी टौदहमा पुग्यौं । जहाँबाट राजधानीका विभिन्न स्थानमा पानीको आपूर्ति हुने गरेको छ । महालक्ष्मी पानी सप्लायर्स कम्पनीको नामबाट पानी आपूर्ति हुँदै आएको छ । तर उक्त कम्पनीले प्रशोधनको कुनै प्रक्रिया नै नगरि पानी विक्री वितरण गर्दै आएको पाइएको छ ।  खोलामा पाइप जोडेर सिधैं ट्यांकरमा पानी भरिरहेको दृश्य त्यहाँ लुकेको छैन । 

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले पानी ट्यांकरहरुमा पानीको प्रयोजनका आधारमा ट्यांकरहरुमा निलो र हरियो स्टिकर टास्ने गरेको छ । निलो रङको स्टिकर भएको ट्याङ्करमा बोकिएको पानी सिधै पिउनयोग्य मानिने र हरियो रङको स्टिकर भएको ट्याङ्करमा बोकेको पानी प्रशोधन गरेर पिउन सकिने व्यवस्था गरिएको छ । तर टौंदहमा महालक्ष्मी पानी सप्लायर्सले खोलाबाट सिधैं ट्यांकरमा भरेको पानीमा खानका लागि योग्य मानिने निलो रंगको स्ट्रिकर टास गरिएको थियो । 

प्रशोधन नगरिएको खोलाको पानी पीउने प्रयोजनका लागि सिधैं ट्यांकरमा भरेर उपभोक्तालाई बेचिरहेको बारे महालक्ष्मी पानी सप्लायर्सका सञ्चालक विकास महर्जनलाई प्रश्न गर्र्दा उनले पानी सिधैं मूलबाट आएकाले खान योग्य भएको तर्क गरे । 

‘यस्ता समाचारहरु आइरहन्छन्’ कड्किँदै महर्जनले भने,‘मूलको पानी हो, कुन प्रयोजनमा लान्छन् मलाई थाहा छैन ।’

महालक्ष्मी पानी सप्लायर्सबाट दैनिक ८० देखि ९० ट्याङकर पानी काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सिधैं पिउने र अन्य प्रयोजनका लागि विक्री हुने गरेको छ । तर उक्त कम्पनीले आवश्यक न्यूनतम मापदण्डसमेत पालना गरेको देखिँदैन ।

निलो स्टिकर टाँसेको मात्रै पिउन योग्य

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले पानीको प्रयोजनको आधारमा पानी भर्ने ट्याङ्करहरुमा स्टिकर अनविार्य टाँस्नु पर्ने व्यवस्था गरेको छ ।

बोर्डले निलो रङको स्टिकर भएको ट्याङ्करमा बोकिएको पानी सिधै पिउनका लागि योग्य मानिने र हरियो रङको स्टिकर भएको ट्याङ्करमा बोकेको पानी प्रशोधन गरेर पिउन सकिने बताएको छ । 

जानकारी यसअघि नै गराइसकेको थियो । त्यस्तै पहेलो स्टिकर भएको ट्याङ्करको पानी पिउन बाहेक लुगा धुने, भाँडा माझ्ने लगायतका घरायसी काममा प्रयोग गर्न सकिने र सामान्य प्रशोधनबाट समेत पिउनयोग्य नहुने बोर्डको व्यवस्था छ । तर उपत्यकाका अधिकांश जसो पानी विक्री वितरण गर्दै आएका पानी उद्योगहरुले न्यूनतम मापदण्ड समेत पालन नगरि सर्वसाधारणको स्वास्थ्यमा खेलबाड गरिरहेका छन् । पानी माग गर्ने व्यक्तिले पनी आफूले माग गरेको पानीको गुणस्तरबारे ख्याल नगर्दा ठगीदै आएका छन् भने स्वास्थ्यमा समेत गम्भीर असर पर्ने गरेको छ । 

दूषित पानीको उपभोगका कारण विशेष गरी हैजा, झाडापखाला, आउँ, टाइफाइड, हेपाटाइटिस ए, जन्डिस, बान्ता हुने, पेटमा समस्या, दाँतमा समस्या, ज्वरो आउनेजस्ता सामान्यदेखि ज्यानै लिन सक्ने खतरनाक स्वास्थ्य समस्या निम्तिन सक्छ । 

अर्कोतिर आर्सेनिकजस्ता रसायनको अवशेषयुक्त पानीको उपभोगले अल्पकालीन तथा दीर्घकालीन रूपमा सामान्यदेखि ज्यानै लिने खतरनाक समस्या देखिन्छ ।

आर्सेनिकयुक्त पानीको सेवनले मुटु, श्वासप्रश्वास तथा छालासम्बन्धी समस्यादेखि क्यान्सरसम्म हुन सक्छ । त्यस्तै क्लोरिन, फ्लोराइड, नाइट्रेट, लिडजस्ता रसायन तथा विषादीको अवशेष बढी भएको पानीको उपभोगले पेट, छाला, आँखा, श्वासप्रश्वाससम्बन्धी समस्या, विभिन्न अंगमा क्यान्सरजस्ता असर देखिन सक्छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...

फागुन ४, २०८०

बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हडपेको आरोप लागेका नेपाली कांग्रेसका सांसद तथा डलर अर्बपति विनोद चौधरी केही दिनअघि भारत हानिए । ५ दिनअगाडि उनले भारतका केन्द्रीय जलशक्ति मन्त्री गजेन्द्र सिंह शेखावतसँग ...

मंसिर २०, २०८०

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...

चैत ७, २०८०

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...

मंसिर १५, २०८०

धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...

पुस २, २०८०

कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । ​ मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार​ स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x