×

NMB BANK
NIC ASIA

असुरक्षित सडक

दुर्घटनाको भयावह रुप : कोटेश्वर–कलंकीको चिल्लो सडकले लियो २७ जनाको ज्यान

चैत २६, २०७५

NTC
Premier Steels

काठमाडौं – कोटेश्वर–बल्खु–कलंकी सडक विस्तारपछि पनि दुर्घटनाको भयावह रुप देखिएको छ ।

Muktinath Bank

साउन महिनापछि कोटेश्वर–कलंकीको चिल्ली सडक खण्डमा नै २७ जनाको ज्यान गइसकेको छ । सबैभन्दा धेरै सातादोबाटो क्षेत्रमा ९ जनाको मृत्यु भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सडक विस्तार भएर फराकिलो हुँदा समेत दुर्घटना रोकिएका छैनन् । सडकको सानेपा नजिकैको धोबीघाट क्षेत्रमा ७ जना, ग्वार्को क्षेत्रमा ४ जना, बालकुमारी क्षेत्रमा २ जना, एकान्तकुना चोकमा १ जना, स्टार अस्पताल अगाडि २ जना, नख्खुदोबाटोमा १ जना र नयाँबाटोमा १ जना गरी २७ जनाको ज्यान गएको ललितपुर प्रहरी परिसरले जनाएको छ । 


Advertisment
Nabil box
Kumari

धेरैजसो मृत्यु हुनेका पैदल यात्रु छन् । जथाभावी बाटो काट्ने तथा सडक निर्माण गर्दा पैदल यात्रुको लागि आवश्यक फूटपाथ नभएकाले पनि दुर्घटना बढेको ललितपुर ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक राजेश सिलवालले बताए ।

Vianet communication

नेपालमा फराकिलो खालको बाटो पहिलो पटक बनेको र यस्ता खालका बाटोमा कसरी यात्रा गर्ने भन्ने ज्ञानको कमीले गर्दा धेरैजसो पैदल यात्रुको ज्यान जाने गरेको सिलवालले बताए । 

प्रहरी निरीक्षक सिलवालले भने, ‘हामीमा चेतनाको कमी पनि छ । जथाभावी बाटो काट्छौं । नजिकै ओभर ब्रिज हुँदा पनि सडकबाटै दौडिन्छौं । दुर्घटनाको मुख्य कारण पनि यही नै हो ।’ पैदल यात्रुलाई मोटरसाइकल र मिनीबसले ठक्कर दिने तथा खुला बाटोका तीब्र गतिका कारणले ज्यान जाने गरेको सिलवालले बताए ।

बाटो फराकिलो भएपनि झण्डै २ किलोमिटरको अन्तरमा मात्रै ‘जेब्रा क्रसिङ’ हुँदा सर्वसाधारण बाटोको विचबाटै हिँड्न बाध्य भएका स्थानीयको भनाइ छ । चक्रपथमा जोडिने सहायक सडकलाई ध्यानमा नराखी निर्माण भएको कोटेश्वर–कलंकी सडक खण्डले ट्राफिक जाम समेत खेप्नुपरेको नख्खु दोबाटोका स्थानीय विकास महर्जनले बताए ।

‘ल भन्नुस् बाटो काट्न झण्डै २ किलोमिटर तल नगइकन सकिँदैन । फर्किंदा २ किलोमिटर थप हिँड्नुपर्छ । सहायक सडकलाई पनि ध्यान दिएको भए यस्तो हुने थिएन । यसले गर्दा नख्खुमा जाम परेको छ, यो कसले देख्ने ?’ महर्जनले आक्रोश पोखे ।

गत माघ १४ गते नेपालका लागि चिनियाँ राजदूत यू होङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोटेश्वर–कलंकी सडक हस्तान्तरण गरेका थिए । हस्तान्तरणपछि सडकमा केही प्रविधिक कमी रहेको आवाज पनि उठ्दै आएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १६, २०८०

राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स...

माघ २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...

मंसिर ५, २०८०

​कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...

चैत २७, २०८०

नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको  दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...

कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x