×

NMB BANK
NIC ASIA

आप र कांग्रेसका सांसद भित्र्याउने ध्याउन्नमा भाजपा

जेठ ७, २०७६

NTC
Premier Steels

काठमाडौं – एक्जिट पोलमा सकारात्मक परिणाम आएपछि उत्साहित भारतीय जनता पार्टीको नेताहरूको नजर अब फेब्रुअरीमा हुने दिल्ली विधानसभा चुनावमा अडेको छ ।

Muktinath Bank

बिहीवार लोकसभा चुनावको परिणाम आफ्नो पक्षमा आएमा दिल्लीमा भाजपाले आफ्नो अनुकूल वातावरण कायम राखिरहन तयारी थालेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भाजपाको सबभन्दा बढी ध्यान आम आदमी पार्टी (आप) विधायक र नेताहरूलाई आफ्नो पक्षमा ल्याउनुमा छ । कांग्रेसका पनि केही पूर्वमन्त्री, विधायक र वरिष्ठ नेतामाथि भाजपाको नजर छ । लोकसभा चुनावको परिणाम आएपछि दिल्लीमा सांसद तानातानको राजनीति चर्किने अपेक्षा छ । 


Advertisment
Nabil box
Kumari

लोकसभा चुनावमा प्रचारका क्रममा भाजपा नेताहरूले आपका एक दर्जनभन्दा बढी विधायक आफ्नो सम्पर्कमा रहेको दाबी गरेका थिए । यसबीच आपका दुई विधायक भाजपामा प्रवेश पनि गरे । 

Vianet communication

भाजपा सूत्रका अनुसार, आगामी १० देखि १५ दिनमा आपका अन्य विधायक पनि भाजपामा प्रवेश गर्नेछन् । अनि कांग्रेसका केही नेता पनि भाजपाका वरिष्ठ नेतासँग सम्पर्कमा छन् । 

लोकसभा चुनावपछि आपका कम्तीमा पाँच विधायकले भाजपाका शीर्ष नेतासँग सम्पर्क गरेर पार्टी प्रवेश गर्ने इच्छा व्यक्त गरेको भाजपा सूत्रहरूको दाबी छ । तर ती आप विधायकले आगामी चुनावमा आफूहरूलाई नै भाजपाले टिकट दिनुपर्ने माग राखिरहेका छन् । त्यसैका विषयमा कुरा अड्केको छ । 

पहिले नै आश्वासन दिएर कसैलाई पार्टीमा नलिने किनकि तमाम समीकरण हेरेर मात्र पार्टी नेतृत्वले टिकटमा निर्णय लिने नेताहरूको भनाइ छ । 

भाजपका एक वरिष्ठ नेताले बताए, ‘पार्टी प्रवेश गर्ने नेताहलाई टिकट दिन कुनै समस्या छैन । तर कसैले टिकटकै शर्तमा मात्र पार्टी प्रवेश गर्छु भन्यो भने चाहिँ त्यसलाई मानिने छैन । आप नेतालाई टिकट दिँदा कतै आफ्नो काडर वा नेता रिसाउने त हैनन् भनी भाजपाले आँकलन गरिरहेको छ ।’

अन्य पार्टीबाट आएका सबै नेतालाई टिकट दिन सम्भव नभएको नेताहरूको भनाइ छ । पार्टीले सबैका लागि ढोका खुला रहेको तर विवादास्पद छवि भएको व्यक्तिलाई प्रवेश नदिइने जनाएको छ ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x