×

NMB BANK
NIC ASIA

आइतवार प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत हुँदै, मुख्यमन्त्रीले प्रक्रिया मिचेको आरोप

जेठ १८, २०७६

NTC
Premier Steels

जनकपुरधाम- प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थले भोलि आइतवार प्रदेशसभामा प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन् । तर उक्त नीति तथा कार्यक्रम प्रस्तुत गर्दा अपनाउनुपर्ने प्रक्रिया मुख्यमन्त्री लालबाबु राउतले मिचेको आरोप लागेको छ ।  

Muktinath Bank

प्रदेश नम्बर दुईको नीति आयोग गठन तथा कार्य सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनमा नीति तथा कार्यक्रमबारे उल्लेख गरिएको प्रक्रियागत प्रावधानलाई मुख्यमन्त्री राउतले मिचेको आयोगका सदस्यले नै आरोप लगाएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘आयोगले तयार गरेको वार्षिक नीति तथा कार्यक्रम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमार्फत मन्त्रिपरिषदमा छलफलका लागि लगिनेछ र मन्त्रिपरिषदको स्वीकृति पश्चात प्रदेश सभामा पेश गरिनेछ,’ भन्ने प्रावधान उक्त ऐनमा उल्लेख छ । तर आयोगका सदस्य डा. सुरेन्द्र कुमार झाले उक्त प्रक्रियालाई मिचेर प्रदेश सरकारले नीति तथा कार्यक्रम मन्त्रिपरिषदमा लगेको आरोप लगाउँछन् ।


Advertisment
Nabil box
Kumari

‘नीति आयोगले तयार पारेको नीति तथा कार्यक्रमको मस्यौदामा आयोगका उपाध्यक्ष तथा पाँच जना सदस्य समेतको हस्ताक्षर गरिएको हुनुपर्छ,’ आयोगका सदस्य झाले भने, ‘त्यसपछि उक्त मस्यौदालाई शिलबन्दी गरेर स्वीकृतिको लागि आर्थिक मामिला तथा योजना मन्त्रालयमार्फत मन्त्रिपरिषदमा लग्नुपर्छ ।’ 

Vianet communication

आयोगका सदस्य झाले भने ,'आयोगको उपाध्यक्षलगायत सबै सदस्यहरूले आर्थिक मामिला तथा योजना मन्त्रीलाई हस्तान्तरण गर्ने मौका समेत पाएनौं ।'

नीति तथा कार्यक्रममा के-के राख्नु भयो ? भन्ने प्रश्नको उत्तरमा आयोगका सदस्य झाले भने, 'हामी आफैंले मस्यौदा तयार गरेको नीति तथा कार्यक्रम हेर्ने मौका समेत पाएनौं ।'

तर आइतवार प्रदेशसभामा प्रस्तुत हुने नीति तथा कार्यक्रममा के कुरा पर्‍यो/परेन बारे समेत आफूहरू अनविज्ञ रहेको बताउँदै झाले थपे, ‘हाम्रो हस्ताक्षर समेत गराइएको छैन ।’ ऐनले दिएको अधिकार विपरीत मुख्यमन्त्री राउतले आयोगको अध्यक्ष समेत आफैं भएकाले आफूले स्वामित्व ग्रहण गरे पुग्यो भन्ने राउतले जवाफ दिएको समेत उनले बताए । मस्यौदामा छलफल गर्नका लागि जाँदा मुख्यमन्त्री राउतले आयोगका उपाध्यक्ष, प्रदेश प्रमुख र आफू भए पुग्ने भन्दै आयोगको प्रक्रियालाई मिचेको उनले बताए । प्रदेश सरकारले नै बनाएको ऐनमा दिइएको अधिकार क्षेत्रमा मुख्यमन्त्री राउतले मिचेकोमा आयोगका सदस्यहरू असन्तुष्ट भएका छन् ।

जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा मुख्यमन्त्री राउतले स्वर्गीय नेता रामराजा प्रसाद सिंहको शालिक बनाइने भनेर घोषणा गरेका थिए । यदि गणतन्त्रवादीको नाउँमा शालिक नै बनाउनु परे गणतन्त्रका लागि शाहदत दिएका शहीद दुर्गानन्द झाको नाउँमा ५ बिघा जमिनमा ठूलो शहीद उद्यान बनाउने कुरा आफूहरूले नीति तथा कार्यक्रममा राखेको उनले बताए ।  

प्रदेश सरकार मधेश आन्दोलनको जगमा गठन भएका कारण मधेश आन्दोलनका शहीदहरूको स्मृतिमा सिरहाको लहानमा शहीद स्मारक उद्यान बनाउने योजना समावेश गरिएको छ । मधेश आन्दोलनका शहीद, घाइते सबैको लागि परिचय पत्र दिने नीति बनाइएको छ । स्वर्गीय गजेन्द्र नारायण सिंहको नाउँमा महिला विद्यालय स्थापना गर्ने कुरा नीति तथा कार्यक्रममा समावेश गरिएको भए पनि ती कुराहरू पर्ने वा नपर्नेबारे आयोगका सदस्य समेत अनविज्ञ रहेको झाले बताए ।

आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले पनि प्रक्रिया मिचिएको कुरा स्वीकार गरेका छन् । 

'आयोगको अध्यक्ष मुख्यमन्त्री आफैं भएकाले उहाँहरूले आपसमा बसेर कुराको समाधान निकाल्नुपर्ने थियो,' मन्त्री यादवले भने, 'प्रक्रियाको कुरा गर्ने हो भने नीति तथा कार्यक्रम त हाम्रो मन्त्रालयले बनाउने हो ।'

उनले थपे, 'हाम्रो मन्त्रालयको नाम नै आर्थिक मामिला तथा योजना मन्त्रालय रहेकाले नीति बनाउने र योजना बनाउने दुवै काम यही मन्त्रालयको हो ।'

तर सात वटै प्रदेशमा कतै नीति आयोग त कतै योजना आयोग भनेर संस्था स्थापना गरिएको छ ।

मन्त्रालयको कर्मचारीहरू पनि नीति आयोगसँग समन्वय गर्न अफ्ट्यारो मानिरहेको उनले बताए । 

संघीय सरकारमा जस्तै योजना आयोगले जसरी योजना बनाएर अर्थ मन्त्रालयमा पेश गर्छन्, त्यस्तै यहाँ प्रदेशमा पनि नीति आयोगले योजना बनाउने काम मात्र रहेको उनले बताए । 

प्रदेश सरकारले पेश गर्ने नीति तथा कार्यक्रम प्रदेश प्रमुखले प्रदेशसभामा वाचन गर्ने मात्र भएकाले त्यसमा प्रदेश सरकारको र खास गरेर आर्थिक मामिला तथा योजना मन्त्रालयको अधिकार क्षेत्र रहेको उनले दाबी गरे । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x