कात्तिक २५, २०८०
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
काठमाडौं – सङ्घीयता कार्यान्वयनसँगै क्षयरोग निवारण गर्न थप चुनौती देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको उच्च प्राथमिकता प्राप्त कार्यक्रमभित्र रहेको सो कार्यक्रम रहेको छ ।
क्षयरोग उपचारका लागि दक्षजनशक्ति, प्रयोगशालाको अभाव साथमा दुर्गम क्षेत्रका बासिन्दामा ‘रोगलाग्दा उपचार गर्न स्वास्थ्य संस्थामा जानुपर्छ’ भन्ने अझै जनचेतनाका अभावका कारण निवारणका लागि चुनौती देखिएको हो ।
नेपालले सन् २०३५ भित्र सो रोग निवारण गर्ने लक्ष्य लिएको छ । पछिल्लो समय क्षयरोगका कारण वर्षेनी मृत्यु हुनेको सङ्ख्यामा घट्दो रहेपनि नयाँ रोगीको सङ्ख्यामा बढ्दो नै रहेको छ ।
विसं २०७४/७५ मा ३२ हजार नयाँ क्षयरोगका बिरामी देखिएका थिए । तीमध्ये सात हजारको अकालमा मृत्यु भएको थियो । आज प्रकाशित संयुक्त अनुगमन तथा सुझाव अध्ययनमा नयाँ क्षयरोगीको सङ्ख्या ४५ हजार पुगेको तर मर्नेको सङ्ख्या छ हजार ६०० रहेको छ ।
नेपालका चारजना विशेषज्ञ डा सेनेन्द्रराज उप्रेती, डा डिबी चन्द, डा नरेशप्रताव केसी र डा यशोवद्र्धन प्रधानसहित अन्तर्राष्ट्रिय क्षेत्रका डा पाउल नुनको नेतृत्वका १० जना विज्ञले नेपालको क्षयरोग कार्यक्रमका बारेमा अनुगमन गर्नुभएको थियो । अनुगमनका क्रममा ४६ जिल्लाबाट मात्र क्षयरोगका बारेमा विद्युतीय रिपोटिङ मन्त्रालयलाई आउने गरेको, तालीम प्राप्त जनशक्ति तथा प्रयोगशालाको अभाव देखिएको पाइएको सार्वजनिक भएको थियो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठनद्वारा संयुक्त रुपमा आयोजित कार्यक्रममा मन्त्रालयले क्षयरोग निवारणका लागि सञ्चालित पाँचवर्षे रणनीति (२०१६–२०२१) को पुनरावलोकन गर्न समेत सुझाव दिएको छ । क्षयरोग केन्द्र (भक्तपुर) लाई प्रयोगशाला तथा जनशक्ति दुवै क्षेत्रमा थप व्यवस्थित बनाउन, क्षयरोग कार्यक्रमका बारेमा थप अनुगमन गर्न र क्षयरोगीको खोज तथा उपचारको पहुँचमा ल्याउन सो टोलीले सुझाव समेत दिएको छ ।
उपप्रधान र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले क्षयरोगको भार बढ्दो क्रममा रहेका हुँदा यसलाई निवारण गर्न थप चुनौती र जटिलता रहेको बताउनुभयो । उहाँले क्षयरोग निवारणका लागि कार्यान्वयनमा आइरहेको पञ्चवर्षीय योजनाका लक्ष्य पूरा गर्न मन्त्रालयले प्राथमिकता दिएको, भौगोलिक विकटता र जनचेतनाका कारण सबैलाई उपचारको पहुँचमा ल्याउन आवश्यक रहेकोमा जोड दिनुभयो ।
“सङ्घीयता कार्यान्वयनसँगै सङ्घ, प्रदेश र स्थानीय निकायबाट सहज रुपमा स्वास्थ्य सेवा पु¥याउन मन्त्रालयले उच्च प्राथमिकता दिएको छ । क्षयरोग निवारण गर्न थप लगानी बढाइँदै जाने मन्त्रालयको नीति रहेको छ” उपप्रधानमन्त्री यादवले भन्नुभयो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव रामप्रसाद थपलियाले क्षयरोग निवारण गर्न लागू भएको पञ्चवर्षीय रणनीतिलाई प्रभावकारी कार्यान्वन गरिने र अनुगमन समेत गरिने बताउनुभयो । अध्ययन टोलीका अन्तर्राष्ट्रिय विज्ञ पाउल नुनले क्षयरोग निवारणका लागि थप लगानी, जनशक्ति र प्रयोगशालाको पहुँच बढाई र सबै जनतालाई उपचारको पहुँचभित्र ल्याउन सुझाव दिनुभयो ।
क्षयरोग केन्द्रका निर्देशक डा भीमसिंह तिंकरीले नयाँ क्षयरोगीको खोजी र उपचारको पहुँचमा ल्याउन केन्द्रले खोजपट्तालका कार्यक्रम अभियानका रुपमा सञ्चालन गरिरहेको छ भन्नुभयो ।
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...