×

NMB BANK
NIC ASIA

ओलीप्रति कांग्रेस सांसदको कटाक्ष–आफन्तको मुख हेर्नुपर्छ भनेर भ्रष्टलाई कारवाही नगरेको हो ?

जेठ २९, २०७६

NTC
फाइल तस्वीर
Premier Steels

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका एक सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारीलाई संरक्षण गरेको आरोप लगाएका छन् । नेपाल वायु सेवा निगममा भएको भ्रष्टाचारलाई विभागीय मन्त्रीको हैसियतमा ओलीले नै संरक्षण गरेको उनको आरोप छ । 

Muktinath Bank

प्रतिनिधिसभाको बुधवारको बैठकको विशेष समयमा नेपाली कांग्रेसका देवेन्द्रराज कँडेलले प्रधानमन्त्री भ्रष्टाचारीलाई लुकाउन लागेको आरोप लगाएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘प्रधानमन्त्रीजीको जुन दृढ संकल्प छन्, महान् वाणी मन्त्रालयमा टाँसिएका छन्, न म भ्रष्टाचार गर्छु, न गर्न दिन्छु । तर प्रधानमत्रन्त्रीले सम्हाल्नुभएको संस्कृति पर्यटन मन्त्रालय मातहत  २५ अर्ब ऋण काडेर ल्याइएका वाइडबडी आएको दिनदेखि नै भ्रष्टाचारको घेरामा रुमल्लिएको छ । ४ अर्ब ३५ करोडको कुरा अख्तियारमा छ । दैनिक डेढ करोड घाटा भएको छ,’ कँडेलले संसदमा भने, ‘जुलाई ४ देखि जापानाको उडान भर्ने भनिएको थियो, विभिन्न बहानामा त्यो पनि स्थगित भएको छ । प्रत्येक दिन डेढ करोड घाटा सहिरहेको छ, अढाइ अर्ब घाटा व्यहोर्‍यो । सन् २०१८ मार्च ११ मा टिकट बूकिङका लागि ग्लोबल टेण्डर गर्दा तीन वटा कम्पनीले प्रतिष्पर्धा गरे । अहिले आएर टेण्डर नगरी कुनै कम्पनीलाई टिकट बिक्रीको जिम्मा दिइएको छ । बिना टेण्डर ५ करोडको लेनदेनको घोटाला अध्यक्षको रोहबरमा भएको छ ।’


Advertisment
Nabil box
Kumari

कँडेलले आफू निकटका व्यक्तिलाई भ्रष्टाचारी करार गर्दा उनीहरूको मुख हेर्न नपाइने भएकोले प्रधामनन्त्रीले जोगाएको आरोप लगाए ।

Vianet communication

‘म भ्रष्टाचार गर्दिनँ र गर्न दिन्नँ, मलाई लाग्छ यदि कारवाही गर्नुपर्‍यो भने आफन्त र आफूले पठाएका व्यक्तिको मुख हेर्न पाइन्नँ । भ्रष्टाचारी कारवाही नगरे दिनहुँ भेट्न त पाइन्छ, त्यही कारणले उन्मुक्ति दिइएको होला,’ कँडेलले भने ।  
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x