×

NMB BANK
NIC ASIA

मुख्य समाचार

समाजवादी पार्टी सरकार छाड्ने तयारीमा, शिक्षक लाइसेन्सका लागि आवेदन खुल्यो

असार ३, २०७६

NTC
Premier Steels

काठमाडौं– चालू आर्थिक वर्षको अन्तिम महिना असार शुरू भएसँगै सरकारले बजेट खर्च तीब्र भएको छ ।

Muktinath Bank

महालेखा परीक्षकको कार्यालयको ५६ औं प्रतिवेदनले आर्थिक वर्षको अन्त्यमा बजेट खर्च हुने प्रवृत्ति राम्रो नभएको औंल्याएपनि आवको अन्त्यमा हुने बजेट खर्चको गति भने रोकिएको छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महालेखा नियन्त्रकको कार्यालयका अनुसार पछिल्लो १ हप्तामै ४० अर्ब ७० करोड २१ लाख रुपैयाँ खर्च भएको छ । गत २५ जेठसम्म ७ खर्ब ८८ अर्ब ३४ करोड रुपैयाँ खर्चको भएको छ । जेठ २५ गते मात्रै ४० करोड ४० लाख रुपैयाँ खर्च भएको छ ।


Advertisment
Nabil box
Kumari

जेठ २५ गतेयता असार १ गतेसम्म बजेट खर्च ८ खर्ब २९ अर्ब ४ करोड २७ लाख रुपैयाँ पुगेको छ । यो खर्च  बजेटको करीब ४ प्रतिशत हो । महालेखा नियन्त्रक कार्यालयका अनुसार हालसम्म पूँजीगततर्फ १ खर्ब ५२ अर्ब ३५ करोड ४३ लाख रुपैयाँ, चालूतर्फ ६ खर्ब १० अर्ब ५ करोड ९२ लाख रुपैयाँ र वित्तीय व्यवस्थातर्फ ६६ अर्ब ६२ करोड ९२ लाख रुपैयाँ खर्च भएको छ ।

Vianet communication

महालेखा नियन्त्रकको कार्यालयका अनुसार जेठ ३० गते १ दिनमा मात्रै १५ अर्ब रुपैयाँ खर्च भएको छ । गत बिहीवारका दिन मात्रै १५ अर्ब ३४ करोड ८३ लाख रुपैयाँ खर्च गरिएको छ । त्यसमा पूँजीगततर्फ १ अर्ब ११ करोड ४४ लाख रुपैयाँ, चालूतर्फ ५ अर्ब २० करोड २४ लाख रुपैयाँ र वित्तीय व्यवस्थातर्फ ९ अर्ब ३ करोड १५ लाख रुपैयाँ खर्च गरिएको छ ।

आइतवार मात्रै २ अर्ब ५९ करोड ३४ लाख रुपैयाँ खर्च गरिएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । त्यसमा पूँजीगततर्फ ८८ करोड ५७ लाख रुपैयाँ, चालूतर्फ १ अर्ब २० करोड ७७ लाख र वित्तीय व्यवस्थातर्फ ५० करोड रुपैयाँ खर्च गरिएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांक छ । 

आर्थिक वर्षको अन्त्यमा हुने तीव्र खर्च र रकमान्तर गरिने प्रवृत्ति राम्रो नभएको महालेखा परीक्षकको कार्यालयले औल्याउँदै आएको छ । 

सरकारबाट बाहिरिने तयारी

नवगठित समाजवादी पार्टी संघीय सरकारबाट बाहिरिने तयारीमा रहेको छ । 

सरकार छाड्नुअघि संविधान संशोधनका लागि समय सीमासहित अल्टिमेटम दिने समाजवादी पार्टीका नेताहरुको योजना छ । 

संविधान संशोधन नभए सर्त राखेर सरकारबाट बाहिरिने गरी एकता गरेको समाजवादी पार्टीका उपाध्यक्ष नवराज सुवेदीले जानकारी दिए । 

बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति र उपेन्द्र यादव नेतृत्वको संघीयसमाजवादी फोरम नेपालबीच एकता भएर समाजवादी पार्टी गठन भएको थियो । नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ । 

शिक्षक लाइसेन्सका लागि खुल्यो आवेदन

 शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्रका लागि दरखास्त आह्वान गरेको छ ।

आयोगले सोमवार विज्ञापन प्रकाशन गरी प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहमा अध्यापन अनुमति पत्रका लागि दरखास्त आह्वान गरेको हो ।

दरखास्त अनलाइनमार्फत पनि दिन सकिने छ । 

दरखास्त दिने मिति यही असार २२ गतेसम्म छ । त्यसपछि थप ७ दिन अर्थात २९ गतेसम्म दोब्बर दस्तुर तिरेर आदेवन दिन सकिने आयोगले जनाएको छ ।

जीप दुर्घटनामा १० को मृत्यु  

सदरमुकाम चैनपुर नजीकै रहेको डुङ्रीबाट मष्टागाउँपालिका जाँदै गरेको से१ज १०७२ नंको जीप मष्टा–१ डौँठी भन्ने ठाउँमा सोमबार दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् ।

आजदेखि गर्मी कम हुने

काठमाडौँ उपत्यकासहित देशभर गर्मी बढेको छ । केही दिनदेखि प्रि–मनसुन कमजोर भई वर्षा नहुँदा तापक्रम वृद्धि भई गर्मी बढेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

यस वर्ष मनसुन शुरु हुने समयमा पनि मनसुन सक्रिय हुन् नसक्दा देशभर अत्यधिक गर्मी महसुस भएको महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले बताए । उनका अनुसार केही दिनदेखि उपत्यकासहित देशभर कुनै पनि मौसमी प्रणाली विकसित हुन नसकेको र मौसम खुला भई प्रचण्ड घाम लाग्दा तथा प्रि–मनसुन क्रमशः कमजोर हुँदै जाँदा मुलुकभर तापक्रम वृद्धिसँगै गर्मी महसुस भएको हो । 

सामान्यतया नेपालमा मनसुन भित्रिने समय जुन १० हो तर यस वर्ष मनसुन भित्रिन केही ढिलो हुने भएको छ । मौसमविद्का अनुसार यस वर्ष मनसुन भित्रिने बेलामा अरब सागरमा एउटा वायु बन्यो र पश्चिमी वायु पनि सक्रिय रहेकाले मनसुनलाई प्रभाव परेको हो । गत वर्ष जुन ८ मा मनसुन भित्रिसकेको थियो । 

अझै तीन चार दिन मनसुन भित्रिने कुनै गतिविधि नदेखिएको मौसमविद् प्रधानाङ्गले जानकारी दिए ।  नेपालमा मनसुन प्रवेश गर्न स्थानीय हावाभन्दा पनि मनसुनी हावाको प्रभाव बढी हुनुपर्ने बताइएको छ । हिजाे बेलुकाबाट पश्चिमी क्षेत्रबाट पश्चिमी वायु विकसित हुँदै आएकाले मङ्लबारबाट केही मात्रामा गर्मीबाट राहत मिल्ने मौसमविद्को भनाइ छ । 

मुद्दा दायर

 अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराउन भूमिका खेलेको आरोपमा मालपोत कार्यालय जुम्लाका तत्कालीन निमित्त कार्यालय प्रमुखसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

आयोगका अनुसार जुम्लाको  गुठीचौरस्थित गुठीचौर भेडाबाख्रा फार्मको नाममा नाप नक्सा भई फिल्डबुक कायम भएको सरकारी जग्गा मालपोत कार्यालयका निमित्त प्रमुख गोविन्दप्रसाद न्यौपानेलगायत कर्मचारीले नापी कार्यालय र फार्मसँग मिलेर करीब ९३ हजार वर्गमिटर जग्गा व्यक्तिको नाममा बाँडफाँट गरेको आरोप लागेको छ । सशस्त्र द्वन्द्वको समयमा जलेर नष्ट भएको सक्कल फाइललाई हरिहर न्यौपानेको निवेदनबाट पुनः उजागर गरी एकापसमा मिलेमतो गरी भेडाबाख्रा अनुसन्धान कार्यक्रमका प्रमुख प्राविधिक कर्मचारी यमुनाकुमार श्रेष्ठलाई प्रभावमा पारी आर्थिक अनियमितता गरेको पाइएको छ । 

आयोगले तत्कालीन मालपोत कार्यालयका निमित्त कार्यालय प्रमुख न्यौपानेविरुद्ध रु ४५ लाख, हाल मालपोत कार्यालय चाबहिलमा कार्यरत तत्कालीन खरिदार विजया शर्मा न्यौपाने र भेडाबाख्रा अनुसन्धान कार्यक्रम गुठीचौरका कार्यालय प्रमुख यमुनाकुमार श्रेष्ठविरुद्ध जनही रु ४५ लाख बराबरको आर्थिक अनियमितता गरेको आरोप लागेको छ । यस्तै जग्गा दर्ता गरी लिने हरिहर न्यौपानेविरुद्ध रु दुई लाख २५ हजार, मुनिसचन्द्र न्यौपाने, मायालाल न्यौपाने, विष्णु ऋषि न्यौपाने, विष्णुलाल न्यौपाने, नवऋषि न्यौपाने र कविदत्त न्यौपानेविरुद्ध जनही रु तीन लाख बराबरको आर्थिक अनियमितता गरेको आरोप लागेको छ । 

यस्तै विष्णु न्यौपानेले रु चार लाख ९५ हजार, देवेन्द्रप्रसाद उपाध्यायले रु एक लाख ९९ हजार, जानकीदत्त न्यौपानेले रु ३० हजार, गोमा न्यौपानेले रु पाँच लाख २७ हजार तथा केशवराज न्यौपानेले रु दुई लाख २५ बराबरको आर्थिक अनियमितता गरेको आरोप लागेको छ । पदको दुरूपयोग गरी बदनियतपूर्वक सरकारी, सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी पु¥याई व्यक्तिको नाममा दर्ता गरेको र त्यसमा प्रत्यक्ष रूपमा संलग्न भएकाहरूलाई बिगो असुल गरी कैद सजायको समेत माग गरी विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । 

शहरी योजना आयोगमा पाँच सदस्य नियुक्त 

काठमाडौँ महानगरपालिकाले शहरको समस्या  समाधान गर्न शहरी योजना आयोगमा पाँच सदस्य नियुक्त गरेको छ । जनताको आवश्यकता र चाहना बुझेर शहरी उन्नतिमा ठोस योगदान पु¥याउन आयोगमा सदस्य नियुक्त गरिएको महानगरले जनाएको छ ।  

नियुक्त हुनेमा संस्कृति, सम्पदा तथा पर्यटनतर्फ प्रा डा त्रिरत्न बज्राचार्य, शिक्षा, स्वास्थ्य तथा समुदायतर्फ गुजेश्वरी श्रेष्ठ, व्यवस्थापन प्रशासनतर्फ मनराजा रञ्जित, शहरी योजनातर्फ कृतिकुसुम जोशी र प्राविधिकतर्फ इञ्जिनीयर सजीव श्रेष्ठ रहेका छन् । 

असारभित्र पहिलो किस्ता नलिए लाभग्राही सूचीबाट हटाइने

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले हालसम्म अनुदान सम्झौता नगरेका लाभग्राहीलाई यही असार २१ गतेभित्र अनुदान सम्झौता गरी असार मसान्तभित्र अनुदानको पहिलो किस्ता रकम लिन अनुरोध गरेको छ ।

तोकिएको समयसीमाभित्र अनुदान सम्झौता गरी पहिलो किस्ता नलिए लाभग्राही सूचीबाट हटाइने प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिए ।  निजी आवास अनुदानका ६० हजारभन्दा बढी भूकम्प प्रभावित लाभग्राही सूचीमा सूचीकृत भए पनि अनुदान सम्झौता गर्न आएका छैनन् ।  

लोकसेवाको विज्ञापनविरुद्ध फेरि रिट 

सर्वोच्च अदालतमा लोकसेवा आयोगले स्थानीय तहका लागि गरेको विज्ञापनविरुद्ध पुनः रिट निवेदन दायर भएको छ । स्थानीय तहमा कार्यरत करार र अस्थायी कर्मचारीका तर्फबाट १२१ जनाले आयोगले स्थानीय तहका लागि खोलिएको विज्ञापन रोक्न माग गर्दै रिट निवेदन दायर गरेका हुन् ।

स्थानीय तहको स्वीकृत दरबन्दीमा अविच्छिन्न रूपमा अस्थायी र करार सेवामा काम गरिरहेका कर्मचारीको योगदानलाई बेवास्ता गर्दै विज्ञापन गरेको हुँदा सो परीक्षा रोक्न रिट निवेदनमा भनिएको छ । निवेदनमा आन्तरिक प्रतिस्पर्धाका लागि केही सिट आरक्षण हुनुपर्ने माग गरिएको छ । 

गुठी विधेयक विवाद 

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभामा प्रस्तुत गुठीसम्बन्धी विधेयकका विषयमा जनप्रतिनिधिसँग छलफल गरेका छन् । उनले काठमाडौंँ उपत्यकाका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट  प्रतिनिधिसभा र  राष्ट्रियसभा सदस्य, प्रदेशसभा सदस्य तथा  नगरप्रमुख–उपप्रमुख र वडाध्यक्षसँग छलफल गरेका हुन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित छलफलमा विधेयकका विषयमा विभिन्न जनप्रतिनिधिले आफ्नो राय व्यक्त गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । सो अवसरमा राष्ट्रियसभामा सत्ता पक्षका नेता दीनानाथ शर्मा, सांसद पम्फा भुसाल, कृष्णगोपाल श्रेष्ठ, महेश बस्नेत, जीवनराम श्रेष्ठ र अञ्जना बिसङ्खे, काठमाडौंँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यलगायतले विधेयकका विषयमा आ–आफ्नो धारणा व्यक्त गरेका थिए । 

जनप्रतिनिधिको सुझावपछि प्रधानमन्त्री ओलीले विधेयकका विषयमा आफूले परामर्श गरिरहेको र यसबारे सरकारले चाँडै यथोचित निर्णय गर्ने बताइएको छ । 

यसैबीच नेकपाका वरिष्ठ नेता तथा काठमाडौँ क्षेत्र नं २ का सांसद माधवकुमार नेपालले पनि प्रस्तावित गुठी विधेयकका बारेमा काठमाडौँबाट निर्वाचित सांसदहरूसँग छलफल गरेका छन् । 

सिंहदबारस्थित कृषि समितिका हलमा बसेको बैठकमा सांसदहरूले जनताको सांस्कृतिक भावनामाथि चोट पुगेको र विधेयकका कारण जनतामा आक्रोश पैदा भएको भन्दै तत्काल फिर्ता लिनका लागि पहल गर्न वरिष्ठ नेता नेपाललाई आग्रह गरेको नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । 

विधेयक स्थगन वा संशोधन गर्दा मात्रै हुने खालको नभएकाले हाललाई फिर्ता लिन र सरोकारवालासँग व्यापक छलफलपछि मात्रै अघि बढाउन सांसदहरूले जोड दिएका थिए । 

नेपाली स्याट–१ आकाशमा छाडियो

नेपालले पहिलोपटक प्रक्षेपण गरेको भूउपग्रह नेपाली स्याट–१ लाई सोमबार अपराह्न ४ बजे स्वतन्त्र रूपमा आकाशमा छाडिएको छ । जापानस्थित क्युटेक विश्वविद्यालयले अघि बढाएको ‘वर्ड–३’ परियोजनाअन्तर्गत नेपालका लागि उक्त भूउपग्रह गत वैशाख ४ गते परीक्षणका रूपमा प्रक्षेपण गरिएको थियो । 

डेढ महीनाअघि देखि अन्तर्राष्ट्रिय अन्तरिक्ष कक्ष आइएसएसमा रहँदै आएको सो भूूउपग्रहले सोमबारबाट पृथ्वीको कक्षमा आई आकाशबाट स्वतन्त्र रूपमा परिक्रमा गर्ने भएको हो । 

उक्त भूउपग्रहले पहिलो चरण भूटान अनि नेपाललाई जानकारी दिने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)का अन्तरिक्ष यान प्रविधि (एरोस्पेस) इञ्जिनीयर मिलनकुमार न्यौपानेले जानकारी दिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x