×

NMB BANK
NIC ASIA

मुख्य समाचार

मिलेमतोमा ‘गोल्ड मेडल’ किनबेच, रेमिट्यान्स २० प्रतिशतले बढ्यो

असार ५, २०७६

NTC
Premier Steels

उपत्यकाका गुठियारहरुले सरकारले मङ्गलबार फिर्ता लिएको गुठी विधेयक खारेजी गर्नुपर्नेमा जोड दिएका छन् । 

Muktinath Bank

     राष्ट्रिय पहिचान संरक्षण संयुक्त सङ्घर्ष समितिले माइतीघर मण्डलामा आयोजना गरेको सांस्कृतिक झाँकी सहितको खबरदारीसभाका वक्ताले फिर्ता लिइएको गुठी विधेयक जुनसुकै बेला अघि बढ्नसक्ने भएकाले खारेजी हुनुपर्ने माग गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

    सभामा सहभागी हुन शहरका विभिन्न स्थानका गुठियार मौलिकता झल्काउने बाजागाजा एवं सांस्कृतिक पहिचानसहित आएको देखिन्थे । 


Advertisment
Nabil box
Kumari

    कार्यक्रममा वरिष्ठ अधिकारकर्मी नेवाः देय् दबुका संरक्षक मल्ल के. सुन्दर, सम्पदा अभियानकर्मी शैलेश शाक्य बरेजु, सुदय सिलाकार, हलि नेवाः गुठीका संयोजक शान्तप्रकाश श्रेष्ठ, सेभ नेपाः भ्यालीका सुरज महर्जन, खोकना द्रुतमार्ग पीडित सङ्घर्ष समितिका असोज महर्जन, नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष जगत बराम, उपत्यका सडक विस्तार पीडित सङ्घर्ष समितिका संयोजक सुमन सायमी, राष्ट्रिय पहिचान संरक्षण संयुक्त सङ्घर्ष समितिका संयोजक गणपतिलाल श्रेष्ठ, गुठी संस्थानको औचित्यबारे उच्चस्तरीय अध्ययन समितिका संयोजक पवित्र बज्राचार्य, सडक विस्तार पीडित आन्दोलनका अग्रज वरिष्ठ अधिवक्ता शङ्कर लिम्बू, जनकवि दुर्गालाल श्रेष्ठ, डा महेशमान श्रेष्ठ, नेवाःदेय् दबुका अध्यक्ष नरेश ताम्राकार, बौद्ध बिहार सङ्घ गुठी विधेयक विरुद्ध संयुक्त सङ्घर्ष समितिका अध्यक्ष नानीभाइ शाक्यलगायतले सरोकार भएका निकायसँग छलफल नगरी ल्याइएको विधेयक खारेज गर्नुपर्नेमा जोड दिए । 

Vianet communication

    राष्ट्रियसभामा गुठी विधेयक दर्ता भएपछि उपत्यकाका विभिन्न स्थानका साथै प्रमुख शहरमा पनि यसको विरोध भएको थियो । गुठी अभियानकर्मीले गरिएको वृहत् प्रदर्शन एवं सभामा उपत्यकाका तीनै शहरका गुठियार बाजागासहित उपस्थित भएका थिए । प्रदर्शनका कारण कोटेश्वरबाट रत्नपार्क आउने सवारी घण्टौँ बन्द भएको थियो । माइतीघरबाट नयाँबानेश्वर सडकको बीचमा रहेको बगैँचामुनि बस्ने अभियानकर्मी पनि उल्लेख्य थिए । केही प्रदर्शनकारीले चर्को नारा समेत लगाएका थिए । 

चारवटै निवेदन एकै इजलासमा हेरिने

    सर्वोच्च अदालतमा लोकसेवा आयोगको स्थानीय तहको विज्ञापनसम्बन्धी विवादसम्बन्धी चार वटा रिट निवेदन एउटै इजलासमा राखेर हेरिने भएको छ । न्यायाधीशद्वय हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले आयोगको स्थानीयत तहको विज्ञापनसम्बन्धी सबै विवाद एउटै इजलासमा सुनुवाइ गर्ने आदेश जारी गरेको हो ।
 
      मङ्गलबार न्यायाधीशद्वय दीपककुमार कार्की र डम्बरबहादुर शाहीको संयुक्त इजलासले बुधबार लोकसेवा आयोगको सो विज्ञापनसम्बन्धी परेका चार वटै निवेदनलाई सँगै हेर्ने आदेश जारी गरेको थियो । मङ्गलबार एउटा निवेदनको सुनुवाइ भएको थियो । बुधबार चारै रिटलाई सँगै राखेर एउटै इजलासमा हेरिने आदेश भएको हो ।

    आयोगले स्थानीय तहका विभिन्न पदका लागि गरेको विज्ञापनको विवादमा परेका चारवटै मुद्दामा सुनुवाइ भइसकेको छ । ती सबैलाई एकै ठाउँमा राखेर सुनुवाइ गर्ने हुनेछ । आयोगले गत जेठ १५ गते देशभरका ५१५ स्थानीय तहका लागि भन्दै नौ हजार, १६१ सिटका लागि विज्ञापन गरेको थियो । जुन विज्ञापन समावेशी सिद्धान्तविपरीत भएको रिट निवेदनमा उल्लेख थियो ।

‘गोल्ड मेडल’ नै किनबेच
काठमाडौं–त्रिभुवन विश्वविद्यालयमा उत्कृष्ट विदार्थीलाई दिइने ‘गोल्ड मेडल’ खरिद बिक्री हुने गरेको खुलेको छ । 
गोल्ड मेडल खरिद बिक्रीमा संलग्न त्रिविका एक र्मचारी र विद्यार्थीलाई पक्राउ गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । 
परीक्षा नियन्त्रण कार्यालय गोप्य शाखाका प्रमुख रामु कर्माचार्य र विद्यार्थी सुरेन्द्र कोइरालालाई आयोगले पक्राउ गरेको हो । 
पाटन क्याम्पसमा अर्थशास्त्रविषयमा स्नातकोत्तर तहमा अध्ययनरत कोइराला पेशा अधिवक्ता हुन् । 
आफूलाई गोल्ड मेडलिस्ट बन्ने रहरमा उनले कर्मचारी कर्माचार्यसँग आर्थिक डिल गरेका थिए । नयाँ पत्रिका दैनिकका अनुसार गोल्ड मेडलका लागि रु ५ लाखमा डिल भएको थियो । 


सामाजिक परिचालिका नेकपा प्रवेश

    सामाजिक अभियान्ताका रुपमा गाउँगाउँमा कार्यरत रहँदै आएका सामाजिक परिचालिका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । 
    
    सामाजिक परिचालिका केन्द्रीय समन्वय समितिका सम्पूर्ण महिला नेकपा प्रवेश गरेका हुन् । खुमलटारमा आयोजित कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न पार्टीमा आबद्ध भएका सामाजिक परिचालिकालाई पार्टी प्रवेश गराए । 

    नेकपा प्रवेश गर्नेमा नयाँ शक्ति पार्टी नेपालको केन्द्रीय परिषद् सदस्य कविता थापा सोडारी, नेपाली काँग्रेसको दाङको परिचालिका अध्यक्ष विजयालक्ष्मी रेग्मी, प्रदेश नं २ को काङ्ग्रेस सक्रिय सदस्य गीता पोखरेल, प्रदेश २ कै राजपा नगर सदस्य इन्दुकुमारी साहलगायत छन् ।  

   
सुन प्रकरण 
न्यायपरिषद्ले साढे तेत्तीस किलो सुन तस्करीका अभियुक्तको सुनुवाइमा अनुचित प्रभावमा परी मुद्दाको कारवाही गर्ने न्यायाधीशलाई कारवाहीका लागि सिफारिश गर्ने निर्णय गरेको छ । 
 
    परिषद्को बैठकले उच्च अदालत विराटनगरका न्यायाधीश साधुराम सापकोटा, थीरबहादुर कार्की र उमेशकुमार सिंहलाई कारवाहीका लागि प्रधानन्यायाधीश समक्ष सिफारिश गरेको हो ।
 
    परिषद्का प्रवक्ता मानबहादुर कार्कीका अनुसार न्याय परिषद् ऐन २०७३ को दफा ११ को १ (च) मा भएको व्यवस्थाअनुसार सापकोटा, कार्की र सिंहलाई कारवाही गर्न बैठकले सिफारिश गरेको हो । सो दफामा अनुचित प्रभावमा परी मुद्दाको कारवाही गरेको र दफा ११ (२) मा न्यायाधीशको आचारसंहिताको गम्भीर उल्लङ्घन गरेको हुँदा कारवाही किन नगर्ने भन्ने व्यवस्था छ । 
 
    परिषद्ले सोही प्रकारणका उक्त अदालतका तत्कालीन मुख्य न्यायाधीश डा कुलरत्न भुर्तेल, सारङ्गा सुवेदी र जनक पाण्डेलाई न्यायलयको मर्यादालाई श्रीवृद्धि गर्ने गरी प्रभावकारीरुपमा काम गर्न सेचत गराउने निर्णय गरेको छ । सोही प्रकरणका न्यायाधीश नागेन्द्रलाभ कर्ण र उमेशराज पौडेल अवकाश भइसक्नुभएकाले तामेलीमा राख्ने निर्णय भएकोसमेत प्रवक्ता कार्कीले जानकारी दिए । 
 
    सुन तस्करी मुद्दामा छानबिनका लागि न्यायपरिषद्ले गत चैत २५ गते सर्वोच्चका न्यायाधीश केदारप्रसाद चालिसेको अध्यक्षतामा न्यायाधीश मीरा खड्का र विश्वम्भरप्रसाद श्रेष्ठ सदस्य रहेको समिति गठन गरेको थियो । 


    बैंकिङ कसुर मुद्दामा कारागार चलान
    
बैकिङ् कसुर मुद्दामा फरार हुँदै आएका काठमाडौँ तारकेश्वर नगरपालिका– ९ का प्रमोदकुमार खड्का कारागार चलान भएका छन् । 

    खड्का विरुद्ध परेको मुद्दामा उच्च अदालत पाटनले उनलाई एक महीना कैद र रु २३ लाख जरिवानाको फैसला वैशाख १६ गते गरेको थियो । त्यसवेलादेखि उनी फरार हुँदै आएका थिए । 

    काठमाडौँको चक्रपथबाट उनलाई प्रहरीले मङ्गलबार पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरेको थियो । अदालतको आदेशले कैद भुक्तानका लागि उनलाई कारागार कार्यालय जगन्नाथदेवल काठमाडौँ पठाइएकोे प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)का प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए । 

    खड्काले आर्थिक व्यवहार मिलाउने भन्दै जाहेरवाला प्रशान्त जैसवालसँग रु २३ लाख लिएकोमा नियतबस पैसा नभएको बैंकको चेक दिएपछि जाहेरी परेको थियो । 

रेमिट्यान्स २० प्रतिशतले बढ्यो

    वैदेशिक रोजगारीमा जाने क्रममा कमी देखिए पनि विप्रेषण आप्रवाह (रेमिट्यान्स) भने उल्लेख्य रुपमा वृद्धि भएको छ । 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दश महीनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा विप्रेषण आप्रवाह १९.६ प्रतिशतले वृद्धि भएको उल्लेख छ । 

    बैंकका अनुसार दश महीनाको अवधिमा रु सात खर्ब २५ अर्ब ३० करोड बराबरको विप्रेषण आप्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह सात प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ९.३ प्रतिशतले वृद्धि भएको छ । 
    
    अघिल्लो वर्ष यस्तो आप्रवाह १०.३ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर आय १९.४ प्रतिशतले वृद्धि भई रु आठ खर्ब २६ अर्ब २० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ०.१ प्रतिशतले घटेको थियो ।

  गृहमन्त्रीको निर्देशन 

    गृहमन्त्री रामबहादुर थापाले परिणाम निस्कने गरी काम गर्न सशस्त्र प्रहरीलाई निर्देशन दिएका छन् ।  प्रदेश बाहिनीपतिका रुपमा सरुवा भएका सशस्त्र प्रहरी नायब महानिरीक्षकलाई बुधबार गृह मन्त्रालयमा निर्देशन दिँदै गृहमन्त्री थापाले पूर्ण जिम्मेवारीका साथ शान्ति सुरक्षामा कुनै कमी नहुने गरी काम गर्न आग्रह गरे । 

    नेप्से परिसूचक घट्यो

    साताको शुरुआतदेखि नै अस्थिर रहेको धितोपत्र बजारमा नेप्से परिसूचक बुधबार फेरि ओरालो लागेको छ । नेप्से परिसूचक ०.२० बिन्दुले घटेर एक हजार २५८.४६ अङ्कमा पुगेको छ । त्यस्तै ठूला कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक भने ०.२३ बिन्दुले बढेर २७०.५२ बिन्दुमा पुगेको छ । 

    नेप्से परिसूचक घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । स्टकका अनुसार १६९ कम्पनीका नौ लाख ८० हजार ९१९ कित्ता शेयर रु ३० करोड ४१ लाख ८९ हजार ६४५ मा खरीद बिक्री भए । कारोबार भएका ११ उपसमूहमध्ये विकास बैंक ५.४२, वित्त २.८६, उत्पादन ७.९१, अन्य २.२४ र जीवन बीमा १४.२४ बिन्दुले बढेको छ । यसैगरी बैंकिङ १.०६, होटल ३.४७, जलविद्युत् १.७३, निर्जीवन बीमा ३०.२८, लघुवित्त १.६५ र सामूहिक लगानी कोष ०.०३ बिन्दुले घटेको छ । 


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x