सुन्दर छाला बनाउने तरिका, ७ टिप्स

असार २६, २०७६

 हरेक टेलिभिजन कार्यक्रम अथवा फिल्ममा देखिने महिला सेलिब्रिटीहरु हेरेर को प्रभावित नहोला र ? विशेषतः यी सेलिब्रिटीहरुको पहिरन शैली र छालाको चमक देखेर । सेलिब्रिटीको चम्किरहेको, दाग–धब्बा बिनाको छालाले धेरै मानिसहरुलाई आकर्षित गरिरहेको हुन्छ ।
सेलिब्रिटीको जस्तो छाला पाउन चाहनुहुन्छ भने यहाँ दिइएको तरिका अपनाउनुहोस्ः
१. क्लिन्जिङ, टोनिङ र माइस्चुराइजिङले हाम्रो छालालाई सेलिब्रिटीको जस्तो निखार प्रदान गर्दछ । त्यसकारण यसलाई हामीले धेरैजसो गर्नुपर्ने हुन्छ । क्लिन्जिङले हाम्रो छालाबाट धुलो निकाल्न मद्दत गर्दछ र छालालाई अतिरिक्त चिल्लो प्रदान गर्दछ । टोनरले तेललाई निकालेर पोर्स बन्द गर्ने गर्दछ । गुलाब जल भन्दा राम्रो टोनर तपाईंले कहिँ पनि पाउनुहुन्न । त्यसकारण क्लिन्जिङ, टोनिंग पछि मोइस्चुराइजरको प्रयोग अवश्य गर्नुहोस् ।
२. हप्तामा एकपटक स्क्रबिङ पक्कै गर्नुहोस् । यसले अनुहारको मृत छाला अर्थात डेड स्किनलाई निकाल्ने गर्दछ । यसका लागि ओलिभ ओइलमा थोरै चिनि हालेर स्क्रब गर्नुहोस् अथवा आफ्नो छालाअनुसारको केमिकल पिलिङ गराउनुहोस् ।

३. आफ्नो छालालाई अझ बढि चमकदार बनाउनका लागि भिटामिन सी सोरमद्वारा मसाज गर्नुहोस् । यो सजिलै सँग कुनै पनि पसलमा पाइन्छ ।
४. तपाईंको छालालाई नरम बनाउनका लागि नरिवलको तेलले अनुहार मालिस गर्नुहोस् । दैनिक राती सुत्नुभन्दा अगाडि यसो गर्नाले तपाईंको छाला नरक हुने गर्दछ ।


ADVERTISEMENT

५. सधैँ सनस्क्रिन लगाउनुहोस्। चाहे गर्मी होस् या जाडो । छालालाई सूर्यको यूभी किरणलाई बचाउनुहोस् ।
६. सन्तुलित आहार खानुहोस् र दैनिक निकै पानी पिउनुहोस् ।


७. र दैनिक सात घण्टा अनिवार्य निदाउनुहोस् । (एजेन्सी)

असार २६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस