×

NMB BANK
NIC ASIA

काठमाडौं – झण्डै ५ महिनादेखि प्रधानमन्त्री केपी शर्मा ओलीले नै सम्हाल्दै आएको संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रीको जिम्मेवारी योगेश भट्टराईले पाएका छन् ।

Muktinath Bank

गत फागुन १५ गते हेलिकप्टर दुर्घटनामा परी तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीको निधन भएपछि सो मन्त्रालय प्रधानमन्त्रीकै मातहतमा चलिरहेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

खाली भएको ५ महिनापछि पर्यटन मन्त्रालयले भट्टराईलाई नयाँ मन्त्रीको रूपमा पाएको छ ।


Advertisment
Nabil box
Kumari

राष्ट्रपति विद्यादेवी भण्डारीबाट बुधवार मन्त्रीको शपथ लिएका भट्टराई आफ्ना समकालीन नेताहरूमध्ये निकै ढिला मात्र मन्त्री बन्न सफल भएका छन् ।

Vianet communication

२०२३ सालमा ताप्लेजुङको साँघुमा जन्मेका भट्टराई २०५१ सालमा तत्कालीन एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूको अध्यक्ष बनेका थिए । 

भट्टराईसँग मन्त्री बनेको अनुभव छैन । उनी मन्त्रीका रूपमा पहिलोपटक सिंहदरबार छिरेका छन् ।

संविधान सभाका निर्वाचन २०६४ र २०७० मा काठमाडौं क्षेत्र नम्बर ६ बाट पराजित भट्टराई प्रतिनिधि सभाको गएको चुनावमा ताप्लेजुङबाट भारी मतका साथ विजयी बनेका थिए ।

भट्टराई पार्टीभित्र स्वच्छ छवीका युवा नेता मानिन्छन् । यद्यपि उमेरले भने ५ दशक काटिसकेका छन् । 

चुनाव प्रचार-प्रसारका क्रममा तत्कालीन एमालेका अध्यक्ष केपी शर्मा ओलीले भाषण गर्दै भनेका थिए, 'तपाईंहरू योगेशलाई जिताएर पठाउनुस्, म मन्त्री बनाएर ताप्लेजुङ फिर्ता गरिदिन्छु ।'

जनताले भट्टराईलाई चुनाव जिताएर त पठाए तर भट्टराईले करीब २ वर्षपछि मन्त्री बन्ने अवसर पाएका छन् । 

सरकारको आलोचक भनेर चिनिएका भट्टराईले पछिल्लो समयमा प्रधानमन्त्री ओलीसँग सुमधुर सम्बन्ध कायम गर्न सफल भएका थिए ।

गत पुसमा सम्पन्न नेकपाको स्थायी कमिटी बैठकमा भट्टराईले सरकार र पार्टी नेतृत्वको चर्को आलोचना गरेका थिए । 

चुनौतीपूर्ण जिम्मेवारी

पर्यटन देशको प्रमुख आर्थिक स्रोत हो । तर यसअघि पर्यटन मन्त्रालय पटक-पटक विवादमा परेको छ । 

अहिले पनि भट्टराईलाई पुरानै विवाद समाधान गर्नुपर्ने र नयाँ केही गरेर देखाउनुपर्ने चुनौती आइलाग्ने पक्का छ । 

स्वर्गीय रविन्द्र अधिकारी सहित पर्यटन मन्त्रालय सम्हालेका यसअघिका कतिपय मन्त्री विवादमा पर्ने गरेका थिए । 

अधिकारी अघिका पर्यटन मन्त्री जितेन्द्रदेव नारायण देव र जीवनबहादुर शाही दुवैले आफ्नो कार्यकाल पूरा गर्न पाएका थिएनन् । बरू कतिपय विवादास्पद् निर्णयका कारण मन्त्रीसँगै मन्त्रालय समेत  विवादमा परेको थियो । 

यसअघिका मन्त्री अधिकारीले शपथ ग्रहण लगत्तै पदभार गर्दै सन् २०२० लाई भ्रमण वर्षका रूपमा मनाउने निर्णय गरेका थिए । १५ लाख पर्यटक नेपाल भित्र्याउने अधिकारीको सपना भट्टराईले पूरा गर्छन् या गर्दैनन् त्यो त समयले बताउला तर भट्टराईसमक्ष धेरै चुनौतीका चाङहरू रहेका छन् । 

सरकार केही गरेर देखाउनुपर्ने दबाबमा छ भन्ने राम्रोसँग बुझेका छन्, भट्टराईले । पछिल्लो समयमा केही विधेयक र निर्णयका कारण सरकारको लोकप्रियताको ग्राफ ओरालो लागिरहेको छ । यस्तो अवस्थामा मन्त्री बनेर तत्कालै केही गरेर देखाउनु पर्ने दबाबमा भट्टराई पनि पर्नेछन् ।

सिंहदरबारभित्र प्रायः नेकपाको संसदीय दलको कार्यालयवरिपरी भेटिने भट्टराईले आफू अहिल्यै मन्त्री नबन्ने बताउँदै आएका थिए ।

लोकान्तरसँग कुरा गर्दै केही महिनाअघि उनले भनेका थिए, 'म अहिल्यै मन्त्री बनेर जनताबाट टाढा हुन चाहन्नँ ।' तर समयले उनको चाहना पनि परिवर्तन गरिदियो । 

भट्टराईले अब मन्त्री बन्नु भनेको जनताबाट टाढा हुनु हैन भनेर पुष्टि गर्नुपर्नेछ ।

सरकारमाथि आफ्नै पार्टीका नेताहरूबाट आलोचनाको वर्षा हुन थालेपछि प्रधानमन्त्री ओलीले केही समययता आलोचक नेताहरूसँग भेटवार्ता गरिरहेका थिए ।

त्यही श्रृंखलामा भट्टराईलाई पनि बोलाएर ओलीले परामर्श लिए । आफ्ना आलोचकहरूलाई खासै वास्ता नगर्ने प्रधानमन्त्री ओलीले आफ्नो कार्यशैली बदलिएको संकेत दिन खोजेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x