×

NMB BANK
NIC ASIA

३१ लाखमै हुनुपर्ने एमबीबीएस पढाइ शुल्क ८० लाख असुलिँदै !

साउन २५, २०७६

NTC
फाइल फोटो
Premier Steels

काठमाडौं – मिनी संसद्को रूपमा रहेको संसद्को शिक्षा तथा स्वास्थ्य समितिले एमबीबीएस अध्ययनका लागि ३१ लाख रुपैयाँसम्म निर्धारण गर्ने गरी प्रतिवेदन ल्याउने अन्तिम तयारी थालेको छ ।

Muktinath Bank

समितिले प्रतिवेदनमार्फत् एमबीबीएस अध्ययनका लागि २८ देखि ३१ लाखसम्म मात्रै लिन पाउने व्यवस्था गराउन सरकारलाई निर्देशन दिने तयारीसमेत थालेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मेडिकल शिक्षा (एमबीबीएस) अध्ययनका लागि २८ लाखदेखि ३१ लाखसम्म शुल्क निर्धारण गर्ने गरी प्रतिवेदन ल्याउने तयारी भइरहेको मेडिकल कलेजको शुल्क विवादलगायत विविध विषयमा अध्ययन गर्न गठित उपसमितिका संयोजक सुरेशकुमार राईले बताए ।


Advertisment
Nabil box
Kumari

‘१५० सिट संख्या क्षमता भएका मेडिकल कलेजहरूले ३० जना अनिवार्य छात्रवृत्ति र २० देखि ३० जना विदेशी विद्यार्थीहरू भए भने अन्य विद्यार्थीको शुल्क २८ देखि ३१ लाख रुपैयाँ लिन सकिन्छ । १ हजार ५ सयदेखि २ हजार ५ सय बिरामी सम्बन्धित मेडिकल कलेजको अस्पतालमा आउनुपर्ने हुन्छ,’ उनले भने । मेडिकल कलेजहरूले स्कूल ल्याब, बेसिक साइन्स, भौतिक पूर्वाधार, फ्याकल्टीलगायतमा सम्झौता गर्न नहुने उनले बताए ।

Vianet communication

५० सिट वा सोभन्दा माथि क्षमता भएका मेडिकल कलेजहरूले आफ्नो क्षमता बढाउँदै लैजानुपर्ने, भौतिक पूर्वाधारलगायतमा क्षमता अभिवृद्धि गर्नुपर्ने प्रस्ताव प्रतिवेदनमा गरिने भएको छ ।

धुलिखेल मेडिकल कलेज, बीपीकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतले ३१ लाख रुपैयाँसम्म एमबीबीएसमा अध्यापन गराउन सक्ने समितिका एक सदस्यले बताए तर यी कलेजहरूले ४० लाख बढी असुल्ने गरेको पाइएको छ ।

प्रदेश सरकारले प्रतिभावान् विद्यार्थीलाई एमबीबीएस पढाउनुपर्ने यस्तै, स्थानीय वा प्रदेश सरकारले प्रतिभावान् विद्यार्थीलाई संयुक्त वा आफ्नै तरिकाले एमबीबीएस पढाउनुपर्ने प्रस्ताव पनि गरिएको छ । तर ती विद्यार्थीले अनिवार्य रूपमा प्रदेश सरकारले तोकेबमोजिम शर्त पूरा गर्नुपर्ने प्रतिवेदनमा समेट्ने तयारी गरिएको उपसमितिका संयोजक राईले बताए ।

मापदण्ड नपुगेर स्थापना भएका र स्तरवृद्धि नगरिएका मेडिकल कलेजहरूलाई केही समयका लागि मापदण्ड पुर्‍याउन अल्टिमेटम दिइने प्रतिवेदनमा समावेश गरिने तयारी छ । यदि सो समयमा स्तरवृद्धि नभए र मापदण्ड नपुगे मेडिकल कलेजको सम्बन्धन खारेज गर्न सरकारलाई निर्देशन दिनुपर्ने प्रस्ताव प्रतिवेदनमा गरिने छ ।

मेडिकल शिक्षा पढ्न योग्य विद्यार्थीहरूलाई सहुलियत ऋणको व्यवस्था गर्नुपर्ने र सो ऋण विद्यार्थीले अध्ययन गरेपश्चात् तिर्दै जाने विषय प्रतिवेदनमा समेट्ने तयारी छ । एकद्वार प्रणालीको विकासका लागि मेडिकल शिक्षामा कमन इन्ट्रान्सको अनिवार्य व्यवस्था हुनुपर्ने पनि प्रतिवेदनमा समेट्ने तयारी छ ।

मेडिकल कलेज ८० लाख रुपैयाँसम्म असुल्दै

उपसमितिले केही मेडिकल कलेजहरूले ८० लाख रुपैयाँसम्म असुलेको जनाएको छ । मेडिकल कलेजहरूले ७५ लाखदेखि ८० लाख रुपैयाँसम्म लिएको पाइएको उपसमिति संयोजक राईले बताए । उनले सरकारले अनुगमनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

उपसमितिले शुल्क बढी असुल्नुमा विश्वविद्यालय र तालुकदार मन्त्रालयका पदाधिकारीको प्रत्यक्ष/अप्रत्यक्ष मिलेमतो हुने गरेको औल्याएको छ ।

प्रतिवेदन मस्यौदालेखन अन्तिम चरणमा

उपसमितिका संयोजक राईका अनुसार प्रतिवेदन मस्यौदा लेखनकार्य अन्तिम चरणमा रहेको छ । शुक्रबार भएको समितिको बैठकमा समिति सदस्य उमेश श्रेष्ठले एमबीबीएस र बीडीएस तहका सिट संख्या कटौती हुँदा ३० देखि ४० अर्ब विदेसिने जानकारी दिँदै यसलाई रोक्न ध्यान दिनुपर्ने बताए ।

समिति सदस्य गगनकुमार थापाले चिकित्सा शिक्षा ऐनअनुसार गठन हुने चिकित्सा शिक्षा आयोगले पूर्णता पाएसँगै विश्वविद्यालयहरूले शुल्कलगायत अन्य कार्यक्रम सञ्चालन गर्न सुझाव दिए ।

समिति सदस्य चित्रलेखा यादवले एमबीबीएस र बीडीएस तहको प्रवेश परीक्षा सञ्चालनमा चिकित्सा शिक्षा आयोग संवेदनशील बन्नुपर्ने बताइन् । समिति सदस्य अञ्जना विशंखेले समितिले दिएको निर्देशन सरकारले कार्यान्वयन गरे/नगरेको अनुगमन हुन जरुरी रहेको बताइन् ।

समिति सदस्य मनकुमारी जीसीले मेडिकल कलेजहरूमा विदेशी विद्यार्थीहरूलाई आकर्षण गर्न जरुरी रहेको बताइन् ।

समितिले दियो १० बुँदे निर्देशन

समितिले मेडिकल र डेन्टल कलेजहरूको परीक्षा, भर्ना, शुल्कलगायतका विषयमा सरकारलाई १० बुँदे निर्देशन दिएको छ । समितिले चिकित्सा शिक्षा ऐन २०७५ लाई पूर्ण कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ । यस्तै, चिकित्सा शिक्षामा विश्वविद्यालय र प्रतिष्ठानबीच रहेका शुल्क, पाठ्यक्रम, शैक्षिक तालिका (क्यालेन्डर), प्रवेश परीक्षासम्बन्धी विवाद अन्त्य गरी समान नीतिगत व्यवस्था गर्न निर्देशन दिएको हो ।

यसैगरी, एमबीबीएस र बीडीएस तहका भर्ना समय नजिकिँदै गर्दा एकीकृत प्रवेश परीक्षा सञ्चालन र ती तहमा विदेशी विद्यार्थीको भर्नाको सन्दर्भमा एकीकृत मापदण्ड तयार गर्नसमेत समितिले निर्देश दिएको उपसमितिका संयोजक राईले बताए । समितिले चिकित्सा शिक्षा ऐनअनुसार चिकित्सा शिक्षाको एकीकृत वार्षिक कार्यतालिका लागू गर्न, शैक्षिक कार्यक्रमका शुल्क निर्धारण गर्न, छात्रवृत्ति बढाउन, शैक्षिक ऋणको व्यवस्था गर्न र अनुगमन गर्न समेत सरकारलाई निर्देशन दिएको छ । राजधानी दैनिकमा खबर छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x