×

NMB BANK
NIC ASIA

प्रशासनको अवरोधप्रति व्यवसायीको आपत्ति : तीजमा अंकुश होइन, गरिखान देऊ !

साउन २५, २०७६

NTC
Premier Steels

बुटवल – हिन्दू नारीको महान् पर्व हरितालिका तीजका कार्यक्रम होटल र पाटी प्यालेसमा गर्न नपाइने भन्दै जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट जारी भएको विज्ञप्तिप्रति व्यवसायीले आपत्ति जनाएका छन् ।

Muktinath Bank

बुटवलमा शनिवार पत्रकार सम्मेलन गर्दै नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघ र रुपन्देही मिष्ठान्न तथा क्याटरिङ व्यवसायी संघले संयुक्त रुपमा आपत्ति जनाउँदै ध्यानाकर्षण भएको जनाएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

व्यवसाय गर्न पाउने अधिकार प्रशासनले खोस्न खोजेको व्यवसायीको भनाइ छ । व्यवसायमाथि घुमाउरो अंकुश लगाउन खोजिएको ५ नम्बर प्रदेश संयोजक तथा जिल्ला अध्यक्ष लक्ष्मण पोखरेलले बताए ।


Advertisment
Nabil box
Kumari

प्रशासनले चाडबाडमा सुरक्षा व्यवस्था बढाउनुको साटो तीजको मर्म विपरीत संस्कृतिमाथि नै बन्देज लगाउन खोज्नु दुर्भाग्य भएको पोखरेलले बताए ।

Vianet communication

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले साउन २१ गते विज्ञप्ति निकाल्दै तीजको दर खाने नाममा अहिलेदेखि होटल र पाटी प्यालेस बुकिङ गर्न शुरू गरिसकेको जानकारी आएको भन्दै होटल रेस्टुरेन्टमा दरखाने, महंगा पोशाक प्रदर्शन गर्ने तथा ध्वनि प्रदूषण हुने कार्य नगर्न आग्रह गरेको थियो ।                       

तीज लगायतका चाडबाडमा खासगरी शहरमा बसोबास गर्ने दाजुभाइ दिदीबहिनीको सबैको आफ्नो घर पनि नहुने र रमाइलो गर्ने खानपान गर्ने ठाउँ नै होटल, रेस्टुरेन्ट, पार्टी प्यालेस भएको व्यवसायीको भनाइ छ । चाडपर्वका बेला सुरक्षा सर्तकता बढाउन आग्रह गरेका छन् ।

प्रशासनको अनावश्यक कडाइले अर्बाैको लगानी डुब्ने सम्भावनालाई मध्यनजर गरिदिनुहुन कोषाध्यक्ष बलराम पौडेलको आग्रह छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x