×

NMB BANK
NIC ASIA

३४ हजार पशुको कृत्रिम गर्भाधान

साउन ३२, २०७६

NTC
Premier Steels

तनहुँ- भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले आर्थिक वर्ष ०७५/७६ मा ३४ हजार पशुको कृत्रिम गर्भाधान गरेको छ । तनहुँ र नवलपुर जिल्लाका १४ कृत्रिम गर्भाधान केन्द्रबाट ३४ हजार छ पशुको कृत्रिम गर्भाधान गरिएको विज्ञ केन्द्र तनहुँले जनाएको छ ।

Muktinath Bank

यस अवधिमा २६ हजार ७१२ गाई, सात हजार २३७ भैँसी र ५७ बाख्रामा कृत्रिम गर्भाधान गरिएको विज्ञ केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार गाईमा ६० प्रतिशत र भैँसीमा ५२ प्रतिशत गर्भाधान गरिएको छ । तनहुँमा सात हजार ५९५ र नवलपुरमा २६ हजार ४११ पशुको कृत्रिम गर्भाधान गरिएको छ । तनहुँमा आठ र नवलपुरमा छ केन्द्रबाट पशुमा कृत्रिम गर्भाधान गरिएको विज्ञ केन्द्रका प्रमुख डा श्रेष्ठले बताए।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तनहुँको व्यास नगरपालिकामा एक हजार ८३१, भानु नगरपालिकामा ९८४, शुक्लागण्डकी नगरपालिका ८७१, बन्दीपुर गाउँपालिकामा ३९३, आँबुखैरेनी गाउँपालिकामा दुई हजार ६२१, म्याग्दे गाउँपालिकामा ५७५ र देवघाट गाउँपालिकामा ३२० पशुको कृत्रिम गर्भाधान गरिएको छ । नवलपुरको गैँडाकोट नगरपालिकामा १२ हजार ५५४, देवचुली नगरपालिकामा दुई हजार ७०४, कावासोती नगरपालिकामा दुई हजार ६१९, मध्यविन्दु नगरपालिकामा तीन हजार ३१६, विनयी त्रिवेणी गाउँपालिकामा दुई हजार ६०५ र हुप्सेकोट गाउँपालिकामा दुई हजार ५५७ पशुको कृत्रिम गर्भाधान गरिएको छ । 


Advertisment
Nabil box
Kumari

सरकारले नश्ल सुधार कार्यक्रमलाई राष्ट्रिय अभियानका रूपमा सञ्चालन गर्दै आएको छ । पशुमा कृत्रिम गर्भाधान गराएमा कम उत्पादनशील स्थानीय पशुको उत्पादकत्व वृद्धि हुने, प्रजननका लागि भाले जनावर पाल्नु नपर्ने, हाडनाता प्रजननबाट उत्पादकत्वमा हुने ह्रास नहुने र प्रजननको माध्यमबाट सर्ने विभिन्न रोगबाट पशुको बचावट गर्न सकिने डा श्रेष्ठले बताए । 

Vianet communication

कृत्रिम गर्भाधान गरेको तीन वर्षभित्रै पशुले आफ्नो उत्पादकत्व दिन सक्नेछन् भने जिल्लामा उत्पादन हुने दूधलगायत दुग्धजन्य वस्तुको उत्पादनमा वृद्धि भई बाहिरी जिल्लाबाट उन्नत पशुहरु आयात गर्नपर्दैैन । नेपालमा पालिएका दुधालु गाईको नश्ल सुधारका लागि सरकारले कृत्रिम गर्भाधानमा प्राथमिकता दिँदै आएको छ । 

कार्यालयले एक वर्षको अवधिमा १२ हजार ८५३ पशुको उपचार गरेको छ । जसमध्ये आठ हजार १४४ पशुलाई चिकित्सा उपचार, दुई हजार ८९१ पशुलाई जटिल शल्यक्रिया, ४३ पशुलाई सामान्य शल्यक्रिया सेवा प्रदान गरिएको छ । 

व्यास नगरपालिका र राष्ट्रिय पशु प्रजनन् कार्यालयको समन्वयमा ५७ वटा पशुमा बाँझोपन निवारण, स्थानीय तहसँगको समन्वयमा सात हजार १२९ पशुपक्षीलाई उपचार सेवा प्रवाह गरिएको केन्द्रेले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ ।  ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...

माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

माघ २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...

बैशाख १२, २०८१

नेपाली युवाहरूको संस्था निलुवा समाज पोर्चुगलको पहिलो वार्षिक भेला मंगलबार सम्पन्न भएको छ । रोजगारीको शिलशिलामा पोर्चुगललाई कर्मभूमि बनाएका बाग्लुङको गल्कोट नगरपालिका– ४ चमुवाका युवाहरूको उक्त भेलामा...

कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

चैत २७, २०८०

नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको  दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x