×

NMB BANK
NIC ASIA

अफगानिस्तान शान्ति प्रक्रियामा कसले बाधा गर्दैछ ?

भदौ १, २०७६

NTC
Premier Steels

काठमाडौं – शनिवार राति अफगानिस्तानको काबुलमा आयोजित एक विवाह समारोहमा गरिएको आत्मघाती बम आक्रमणमा ६३ जना मारिएका छन् । यस घटनाले देशको भविष्यलाई अनिश्चित बनाएको छ । 

Muktinath Bank

अमेरिकाले तालिबानसँग वार्ता गरेर विगत १८ वर्षदेखि चलिरहेको द्वन्द्व अन्त्य गर्न खोजेको छ । उक्त द्वन्द्वले एउटा पुस्तालाई नै असर पार्‍यो अनि दशौं हजार मानिस मारिए । अमेरिका र तालिबानबीचको वार्ताले काबुल सरकारलाई किनारामा पारेको छ र ऊ निकै निराश भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उता इस्लामिक स्टेट नामक आतंकवादी संगठनको अफगानिस्तान शाखाले दिनानुदिन प्रभाव बढाउँदै लगेको छ । शनिवारको आक्रमण पनि उसैले गराएको बताइएको छ । अमेरिका र तालिबानबीच सम्झौता भए पनि अफगानी नागरिक मारिने सिलसिला चलिरहने संकेत यसबाट प्राप्त भएको छ । 


Advertisment
Nabil box
Kumari

शनिवारको आक्रमण काबुलमा रहेको शियाबहुल क्षेत्रमा गरिएको थियो । त्यसो त इस्लामिक स्टेटले सयौं अल्पसंख्यक शिया हजाराहरूलाई आत्मघाती आक्रमणमा मारेको छ । यो अतिवादी समूह सिरिया र इराकमा आईएसको प्रभाव बढेसँगै अफगानिस्तानमा देखिएको थियो । यसले विश्वव्यापी खलिफा बनाउनका लागि अफगान सरकारलाई सत्ताच्युत गर्न चाहेको छ । इराक र सिरियामा कब्जा गरेको सबै भूभाग इस्लामिक स्टेटले गुमाएको भए पनि त्यसको अफगानिस्तान शाखाले प्रभाव विस्तार गर्न खोजिरहेकै छ । 

Vianet communication

तालिबान र आईएसको विचारधारा र रणनीति फरक छन् । तालिबानले सरकारी अधिकारी अनि अफगान तथा अन्तर्राष्ट्रिय सुरक्षाबललाई तारो बनाउने गरेका छन् । 

त्यसो त तालिबान र आईएस पनि थुप्रैपटक एकअर्कासँग भिडिसकेका छन् अनि तालिबान अझै पनि ठूलो र प्रभावशाली शक्ति हो । संयुक्त राष्ट्रसंघले हालै जारी गरेको प्रतिवेदनमा अफगानिस्तानमा आईएस लडाकूहरू २५ सयदेख ४ हजारको बीचमा रहेको अनुमान गरेको छ ।

एपीबाट

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x