×

NMB BANK
NIC ASIA

युरोपको उदाहरण दिँदै प्रचण्डले भने– कम्युनिस्टमा विचलन आए लखेट्नै पर्दैन, आफैं सत्ता ढल्छ

भदौ ६, २०७६

NTC
Premier Steels

काठमाडाैं– प्रमुख सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनहितभन्दा व्यक्तिगत हितमा केन्द्रित भए सत्ता ढल्न सक्ने चिन्ता व्यक्त गरेका छन् ।

Muktinath Bank

ललितपुरमा शुक्रवार आयोजित प्रोग्रेसिभ इन्जिनीयरिङ एसोसिएसन नेपालकाे प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जनचाहना अनुसार अघि बढ्नुपर्ने बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'कम्युनिष्टहरू सत्तामा नपुग्दासम्म जनताको पक्षमा लाग्ने र सत्तामा पुगेपछि त्यसलाई बिर्संदै जाने प्रवृत्ति देखिएको छ,' अध्यक्ष प्रचण्डले भने, 'राष्ट्र र जनताको चाहाना के हो ? कार्यशैली के हुने हो भन्ने बिर्सेर विस्तारै–विस्तारै बुर्जुवा शैलीतर्फ जान थालेकोप्रति चिन्ता लागेको छ ।'


Advertisment
Nabil box
Kumari

सोभियत संघ लगायतमा कम्युनिस्ट सत्ता ढल्नुको कारण कोट्याउँदै उनले बुर्जवाहरूले कम्युनिस्टहरूसँग लड्न नसक्ने तर सत्तामा गएपछि विकृत बनाउने र एउटा गोली पनि नचलाई उल्टाइदिने गरेकाे बताए ।

Vianet communication

उनले थपे, ‘पूर्व युरोपमा विदेशी हस्तक्षेप भएर वा कसैले सशस्त्र संघर्ष गरेर सत्ता उल्टिएको होइन, कम्युनिस्ट नेताहरू नै राजा महाराजा जस्तै हुँदै गएपछि जनताले लखेटेका हुन् ।’

कम्युनिष्ट नेताहरूको अनुशासनको स्तर गिरेको उनको चिन्ता छ ।

'कम्युनिस्टहरूमा वैचारिक विचलन आएको छ । सामूहिकता भन्दा व्यक्तिगत निर्णयणतर्फ केन्द्रित भएको महसूस भएको छ । यसलाई परिवर्तन गर्नुपर्छ,’ उनले भने ।

 

साथै प्रचण्डले मार्क्सवादलाई अक्षरशः पालना गर्ने भन्दा पनि मार्गदर्शन सिध्दान्तका रूपमा लिनुपर्ने बताए ।

ललितपुरमा शुक्रबार आयोजित प्रोग्रेसिभ इन्जिनीयरिङ्ग एसोसिएसन नेपालकाे प्रशिक्षण कार्यक्रममा उनले यस्ताे बताएका हुन् ।

‘एउटा प्रवृत्ति मार्क्सवाद , लेनिनवाद या द्वन्द्वत्मक तथा ऐतिहासिक भौतिकवादलाई एउटा धर्मशास्त्रको रूपमा बुझ्ने र त्यसमा जे लेखेको छ अक्षरशः पालनाभन्दा पनि मार्गदर्शन बनाउनु पर्छ,’ प्रचण्डले भने ।

अध्यक्ष प्रचण्डले पार्टी एकतामा केही ढिला भएपनि लगभग सबै प्रक्रिया टुंगिएको जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x