महिलाले समातिन् दुईमुखे माछा

भदौ ८, २०७६

काठमाडौं – अमेरिकाको न्युयोर्कमा रहेको एक तालमा एक महिलाले दुईवटा मुख भएको माछा समातेकी छन् । 

डेब्बी गेड्डेस आफ्ना पतिसँग लेक च्याम्पलेनमा गत साता माछा मारिरहेकी थिइन् र त्यसक्रममा उनले अनौठो माछा फेला पारिन् । 


ADVERTISEMENT

उनले पछि गएर माछालाई तालमै फ्याँकिन् तर त्यसअघि त्यसको तस्वीर खिचेर साथीहरूलाई पठाइन् अनि उनीहरूले सामाजिक सञ्जालमा शेयर गरे । 

गेड्डेसले भनिन्, ‘मैले माछा समातेपछि आँखामा विश्वास गर्न सकिनँ । दुईदुईवटा मुख । माछा स्वस्थ देखिन्थ्यो । बडो अनौठो । हामीले तत्कालै केही तस्वीर लियौं अनि माछालाई छोडिदियौं ।’

माछाको दुईवटा मुख कुनै चोटपटक लागेका कारण बनेको हो कि प्रदूषणका कारण यसो भएको हो भन्ने कुरा अनुमानकै घेरामा छ ।

एजेन्सी 

भदौ ८, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस