×

NMB BANK
NIC ASIA

'बिहेवारी बीस पारि’ नारामै सीमित

भदौ ९, २०७६

NTC
Premier Steels

अछाम– चौरपाटी गाउँपालिकामा २० वर्ष उमेर नपुग्दै गर्भवती हुनेको सङ्ख्या धेरै रहेको पाइएको छ । आर्थिक वर्ष २०७५/०७६ को तथ्याङ्कअनुसार गाउँपालिकामा २३ दशमलव ४६ प्रतिशत २० वर्ष उमेर नपुग्दै गर्भवती हुने गरेको देखिएको हो । 

Muktinath Bank

एक वर्षको अवधिमा वडा नं १ मा रहेको चौरमाण्डौ प्राथमिक स्वास्थ्य केन्द्रमा १६७ गर्भवती मध्ये ४१ जना उमेर नपुग्दै गर्भवती भएको तथ्याङ्क फेला परेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 यस्तै वडा नं २ र ३ स्थित सोकट स्वास्थ्य चौकीमा १२९ गर्भवती भएका मध्ये ३९ जना, वडा नं ४ पायल स्वास्थ्य चौकीमा ६४ गर्भवती भएका मध्ये ११ जना २० वर्षमुनिका रहेका छन् । 


Advertisment
Nabil box
Kumari

गाउँपालिकाको वडा नं ५ लुंग्रा स्वास्थ्य चौकीमा भने २० जना गर्भवती भएका मध्ये एक जना मात्रै २० वर्षमुनि रहेको पाइएको छ । वडा नं ६ दुनीमा ६१ जना गर्भवती भएका मध्ये १३ जना र वडा नं ७ मार्कु स्वास्थ्य चौकीमा २० जना गर्भवती भएका मध्ये ५ जनाले उमेर नपुग्दै बच्चा पाएकोे तथ्याङ्क छ । 

Vianet communication

एक वर्षको अवधिमा गाउँपालिकाका पाँच स्वास्थ्य चौकी र चौरमाण्डौ प्राथमिक स्वास्थ्य केन्द्रको तथ्याङ्कअनुसार ४६१ गर्भवती भएका मध्ये ११० जना महिलाले उमेर नपुग्दै बच्चा पाएको देखिन्छ । 

स्वास्थ्य संस्थाको पहुँचमा नआई गर्भवती हुने र सुत्केरी गराउनेको सङ्ख्या स्वास्थ्य संस्थाको तथ्याङ्कमा उल्लेख नगरिएको चौरपाटी गाउँपालिका स्वास्थ्य संयोजक कमल साउदले जानकारी दिए ।  

यस्तै साँफेबगर नगरपालिकामा पनि उमेर नपुग्दै बच्चा जन्माउने महिलाको सङ्ख्या १५ दशमलव ०७ प्रतिशत रहेको पाइएको छ ।

नगरमा १३ स्वास्थ्य चौकी र न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालको तथ्याङ्कअनुसार एक हजार ५०६ गर्भवती भएका मध्ये २२७ जनाले उमेर नपुग्दै (२० वर्षमुनि) वच्चा जन्माएको नगरको स्वास्थ्य शाखा सह–संयोजक पुष्पबहादुर बुढाले जानकारी दिए । 

नगरपालिकामा उमेर नपुग्दै बच्चा पाउनेको सङ्ख्या धेरै देखिए पनि बयालपाटा अस्पतालमा अन्य स्थानीय तहका साथै छिमेकी जिल्लाको तथ्याङ्कसमेत रहेकाले बढी देखिएको सह संयोजक बुढाले बताए। गत आर्थिक वर्षमा बयालपाटा अस्पतालमा मात्रै ९३१ जना गर्भवती भएका मध्ये १६७ जनाले उमेर नपुग्दै बच्चा पाएका थिए । 

नेपाल सरकारले स्वास्थ्य सुधारका लागि ‘विहेवारी बीस पारि’ नारा दिए पनि उमेर नपुग्दै बच्चा जन्माउनेको तथ्याङ्कले चुनौती दिएको छ ।

कम उमेरमा गर्भवती हुनुमा जनचेतनाको कमी, परिवारको इच्छापूर्ण दबाब, सानै उमेरमा प्रेम गरेर भागी विवाह गर्नु र जबर्जस्ती विवाह गराइदिनु नै रहेको स्वास्थ्यकर्मीको भनाइ छ । 

बीस वर्ष उमेर नभई गर्भवती हुँदा जटिल खालका समस्या उत्पन्न हुने गरेको चौरपाटी गाउँपालिका स्वास्थ्य सह–संयोजक साउदले बताए। उनले भने, “उमेर नपुग्दै विवाह गर्दा धेरै बच्चा पाउने, जन्मान्तर कम हुने, महिलामा पाठेघरको क्यान्सर र आङ खस्ने जस्ता समस्या हुने गरेको देखिन्छ ।”

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x