कात्तिक २३, २०८०
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
असोज २३, २०७६
काठमाडौं – जर्मनीको पूर्वी भागमा रहेको हेल शहरमा एक साइनागोगमा यहुदीहरू पवित्र योम किप्पुर चाड मनाइरहेको बेलामा बुधवार एक आक्रमणकारीले आक्रमण गरेका छन् ।
हेल्मेटमा भिडियो क्यामरा राखेर लाइभ स्ट्रीमिङ गर्दै उनले साइनागोगको ढोकामा धक्का दिए, ढोकाको ताल्चामा थुप्रै गोली हाने, ढोकामा विस्फोटक पदार्थ राखेर पड्काए ।
तर केही गरे पनि उनी भित्र पस्न सकेनन् ।
ढोका अडिरहेकाले साइनागोगभित्रका थुप्रै मानिसको ज्यान बच्यो ।
प्रहरीका अनुसार, बन्दूकधारीले दुईजनाको हत्या गरे । तीमध्ये एकजना साइनागोग बाहिर थिए भने अर्का चाहिँ नजिकैको कबाब पसलमा थिए ।
प्रहरीले बन्दूकधारीलाई पक्राउ गरेको छ ।
त्यस आक्रमणको ३५ मिनटको भिडियो अन्लाइनमा पोस्ट गरिएको थियो । बन्दूकधारीले कारमा विस्फोटक पदार्थ बोकेर आएको अनि साइनागोगको ढोका फोर्न खोजेको, नसकेपछि दिक्क मान्दै आमाचकारी गाली गरेको र गाडी हाँकेर अन्तै गएको देखिन्छ ।
त्यतिखेर साइनागोगमा ७० देखि ८० मानिस रहेको हेलको यहुदी समुदायका प्रमुख म्याक्स प्रिभोरोज्कीले जर्मन पत्रिका देर स्पीगेललाई बताए ।
साइनागोगभित्र आफूहरूले गोलीको आवाज सुनेको र प्रार्थना बन्द गरेको प्रिभोरोज्कीले बताए । प्रवेशद्वारमा राखिएको क्यामराबाट आफूले एक व्यक्ति भित्र आउन खोजेको, ढोकामा गोली हानेको र बम फ्याँकेको देखेको बताए ।
‘तर ढोका बन्दै रहयो, भगवानले हामीलाई रक्षा गनुएभयो,’ उनले बताए । ‘पूरै घटना पाँचदेखि १० मिनटसम्म सकियो ।’
भिडियोमा ती व्यक्तिले कालो लुगा र पञ्जा लगाएको देखिन्छ । उनले यहुदीविरोधी बकबक गरेको, यहुदी नरसंहार हुँदै नभएको र संसारका समस्याहरूमा यहुदी नै जरो रहेको बताएको सुनिन्छ ।
सीएनएनबाट
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...