×

NMB BANK
NIC ASIA

स्वरसम्राट नारायण गोपाल : चुरोट, रक्सी नखाने भए झन् उनको स्वर कस्तो हुँदो हो ?

मंसिर १९, २०७६

NTC
Premier Steels

आज स्वरस्रमाट नारायण गोपालको २९ औं स्मृति दिवस। नेपाली सांगीतिक क्षेत्रका एक अमर तारा । उनै स्वरसम्राट् जसका गीत आम मानिसका मनमा सजिलै बास बसेका छन्  ।

Muktinath Bank

वि.सं. १९९६ असोज १८ गते आशागोपाल गुरुवाचार्य र रामदेवी गुरुवाचार्यको सन्तानका रूपमा जन्मिएका नारायणगोपाल (गुरुवाचार्य) २०१७ सालमा रेडियो नेपालमा स्वर परीक्षण गराएर नेपालीसंगीत क्षेत्रमा प्रवेश गरेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शुरूशुरूमा अगाडि आएर गीत गाउन समेत लजाउने नारायणगोपाल पछि भने आधुनिक गायनको क्षेत्रमा पर्यायका रूपमा स्वरसम्राट् भएर उदाए । नेपाली संगीतको क्षेत्रमा ५ सयभन्दा बढी गीतमा आफ्नो स्वर र ३ सयभन्दा बढी गीतमा संगीत भरेका उनले वि.सं. २०२३ मा संगीत विधाका लागि सर्वोत्तम संगीतकारको पुरस्कार पाएका थिए । त्यो उनको पहिलो पुरस्कार थियो 


Advertisment
Nabil box
Kumari

नारायणगोपालले औपचारिक रूपमा संगीतको शिक्षा नलिएको पाइन्छ । उनी संगीत सिक्न भारतको बडोदा गए तर पढाई पूरा नगरी फर्के । यसर्थ उनले संगीतमा कुनै पनि औपचारिक शिक्षा नलिएको बुझ्न सकिन्छ ।

Vianet communication

उनले गाएका धेरै गीतहरूमा पीडा, विरह र वियोग मिसिएको पाइन्छ । के उनी प्रेममा विरक्तिएका थिए ? कलाकार नीर शाह भन्छन्, ‘उहाँले धेरै खालका गीत गाउनुभएको छ । विछोडका गीत श्रोताले बढी मन पराएका मात्र हुन् ।’

गीतकार नगेन्द्र थापाको धारणा भने फरक छ । उनी भन्छन्, ‘उसले (नारायण गोपालले) आफ्ना गीत कहिल्यै गाएन । अरूले लेखेका गीत गायो । विछोडका गीत मात्र गायो भन्ने हुँदै होइन ।’

गल्ती हजार हुन्छन् यहाँ होश हराएको बेला…

गोपाल योञ्जनले रचना गरेको यो गीत उनको चर्चित गीतमध्येको एक हो । नारायणगोपाल सानैदेखि रक्सी पिउँथे । साथीभाइसँग मिलेर गाँजा र चुरोट समेत तान्थे । उनको यही कारणले गर्दा पहिलो प्रेम सफल नभएको पनि बताइन्छ । तर यो कुरा मान्न तयार छैनन् कलाकार शाह ।

उनी भन्छन्, ‘उहाँले जिन्दगीमा एकपटक मात्र प्रेम गर्नुभयो र उहाँसँगै बिहे गर्नुभयो ।’

नारायणगोपालको इतिहास केही कष्टकर थियो भने केही रमाइलो । अनि केही प्रेरणादायी पनि । बुवालाई प्रेरणाको स्रोत मान्थे नारायणगोपाल । उनका बुवाले नारायणगोपाललाई धार्मिक गीत नगाएर पप शैलीका गीत गाउन लाग्यो भनेर गाली पनि गर्नुभएको थियो । पेमला लामासँगको बिहेपछि उनको घरपरिवारसँग केही समय खटपट प-यो । कारण थियो – जात नमिलेकी केटीसँग बिहे गर्नु ।

निरन्तर संगीत साधनामा लागिपरेका नारायणगोपाललाई भूपि शेरचनले पहिलोपटक स्वरसम्राट् भनेर सम्बोधन गरेका थिए । पछि उनलाई राजपरिवारले समेत स्वरसम्राट् भनेपछि उनी स्वरसम्राट्कै रूपमा परिचित बने ।

मलाई छोडी मेरो माया कतै झरेछ, एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा, यति चोखो यति मीठो दिउँला तिम्लाई माया, केही मीठो बात गर रात त्यसै ढल्किनेछ, यो सम्झने मन छ म बिर्सुं कसोरी, झरेको पात झैं भयो उजाड मेरो जिन्दगी, जुन फूल मैले चाहेको थिएँ कसैले चुँडेछ, आँखा छोपी नरोऊ भनी भन्नु पर्‍याछ, पर्खी बसें आउला भनी मेरो उठ्ने पालो, मन्दिरमा छ कि, मूर्तिमा माया, चम्क चम्क नौजवान हो लगायतका सयौं गीत गाउनुभएका स्वरसम्राट् नारायणगोपाल धेरै लामो समय भने हामीसँग रहनुभएन ।

विभिन्न रोगले च्यापेपछि काठमाडौंको वीर अस्पताल भर्ना भएका नारायणगोपालको वि.सं. २०४७ साल मंसिर १९ निधन भएको थियो । मादक पदार्थको अत्यधिक सेवन र गुलियो बढी प्रयोगले उनको स्वास्थ्य बिग्रेको उनलाई नजिकबाट चिन्नेहरूको भनाई छ ।

नीर शाहले बुझेका नारायणगोपाल

उहाँ प्रखर ‘सेन्स अफ ह्युमर’ भएको मान्छे हुनुहुन्थ्यो । उहाँ घमण्डी हुनुहुन्थ्यो भन्ने गरेको पाइन्छ तर त्यो गलत हो । उहाँ खानाको शौखिन हुनुहुन्थ्यो । सबैसँग मिल्ने स्वभाव उहाँको थिएन । हामीसँग भने अत्यन्तै मिल्नुहुन्थ्यो । आफूलाई मन परेन भने अरूको मतलब गर्नुहुन्थेन । उहाँ स्वाभिमानी हुनुहुन्थ्यो ।

उहाँ मेरो साथी होइन । मभन्दा सिनियर भएकोले उहाँले मलाई भाइको व्यवहार गर्नुहुन्थ्यो । उहाँ स–साना कुरामा पनि रमाइलो गर्नुहुन्थ्यो । मलाई लाग्छ, उहाँले जिन्दगीमा एकपटक मात्र प्रेम गर्नुभयो र उहाँसँग नै विवाह गर्नुभयो । उहाँ विछोडमा विरक्तिनुभएको भन्ने गलत हो ।

बरू उहाँलाई आफ्नो बच्चा नहुनुको पीडा थियो होला । उहाँले साना बच्चाहरूलाई अत्यन्तै माया गर्नुहुन्थ्यो । विडम्बना उहाँका बच्चा भएनन् । रक्सी भने पिउनुहुन्थ्यो । त्यसको कुनै समय हुँदैनथ्यो । मन लागेको बेलामा जतिखेर पनि पिउनुहुन्थ्यो ।

उहाँ गुलियोको अत्यन्तै शौखिन हुनुहुन्थ्यो । उहाँलाई मधुमेह र मृगौलामा समस्या देखिएको थियो । उहाँ अब बाँच्नुहुन्न भन्ने भएपछि मैले उहाँलाई सोधेको थिएँ – दाइ, अन्तिम इच्छा के छ ?
उहाँले हाँस्न खोज्दै गुँदपाक ल्याइदिन आग्रह गर्नुभयो तर हामीले उहाँलाई गुलियो खुवाउन हुँदैनथ्यो ।

यादव खरेलले बुझेका नारायणगोपाल

उनी यति धेरै सर्वाधिक रुचाइनुमा ईश्वरको देन छ जस्तो लाग्छ । उनीसँग जुन खुबी थियो, त्यो खुबी पछिल्ला पुस्तामा हामीले भेटाउन सकेका छैनौं । पहिलेको तुलनामा अहिले सांगीतिक बजार व्यापक भएको छ । अहिलेका गायकले सयौं गीत गाउँदा ५ वटा चल्छ तर नारायणगोपालले गाएका प्रायः गीत धेरैले रुचाउँथे । उनले जुन गीत गाए, त्यही हिट हुन्थ्यो । उनी आफैंले गीत लेख्दैनथे । उनले सबै खालका गीतहरू गाए । विरह र वेदनाका गीत पनि गाए । राष्ट्रिय गीत पनि गाए ।

उनले वास्तविकतामा डुबेर गीत गाउँथे । गीतमा डुब्नसक्ने उनको खुबी थियो । उनी सम्पादक भएर पनि काम गरेका थिए । उनले बागीना (बाजा, गीत र नाचसम्बन्धी) पत्रिकाको सम्पादन गरेका थिए । उनले आफ्नो पूरै जीवन संगीतका लागि दिए ।

नगेन्द्र थापाले बुझेका नारायणगोपाल

पेमला लामासँग भेट गराइदिने हामी (नगेन्द्र र गोपाल योञ्जन) नै हौं । उनीहरूबीच पहिल्यै प्रेम भइसकेको रहेछ । यो दार्जिलिङ हुँदाको समय हो । नारायणगोपालसँग मेरो चिनजान गायकका रूपमा भएको हो । यदि ऊ गायक नभएको भए पनि मेरो ऊ उस्तै प्रिय बन्थ्यो ।

मैले उसमा कुनै दोष भेटिन ।

उसको ठट्टा गर्ने बानी थियो । रमाइलो व्यवहारको थियो । पेमलालाई बिहे गर्नुभन्दा पहिले पनि उसको प्रेम थियो ।

दुईतर्फी प्रेम भएर पनि विविध कारणले त्यो प्रेम सफल हुन सकेन । पछि उसको पेमलासँग प्रेम भयो । उनीसँग बिहे भयो ।

उसले मेरा पनि संगाल घुम्टोहरू सजाऊ केशहरु, बिर्सेर फेरि मलाई नहेर यहाँ एक जीवन आँसुमा डुब्छ, चिनारी हाम्रो धेरै पुरानो भए झैं लाग्दछ लगायतका गीतहरू गाएको छ । ऊसँग जस्तो स्वर अहिलेका पुस्तामा मैले पाउन सकेको छैन । अझ रक्सी, गाँजा, भाङ, चुरोट नखाने भए उसको स्वर कस्तो हुँदो हो ? उसलाई यो ईश्वरले दिएर पठाएको आकर्षक खुबी हो ।

औपचारिक शिक्षा नलिए पनि उसले संगीतको गहन अध्ययन गर्थ्यो । उसलाई नेपालको इतिहास कण्ठ थियो । संगीतमा पनि गहन अध्ययन गर्न रुचाउँथ्यो । उसको यो अध्ययनले पनि उसलाई स्वरसम्राट् बनायो ।

अन्तिम समयमा बिमारले च्यापेपछि उसको वास वीर अस्पतालमा भयो । त्यो बेला म चौबीसै घण्टा अस्पतालमा हुन्थें । म र मेरो श्रीमती आलोपालो गरेर अस्पताल जान्थ्यौं । ऊ अन्तिम समयसम्म पनि संगीतलाई उस्तै माया गर्थ्यो । उसले भनेको थियो, ‘नगेन्द्र, मलाई एउटा वकिल बोलाएर ल्याइदेऊ । म मेरो सबै सम्पत्तिलाई कोष बनाउन चाहन्छु । र त्यो कोष संगीतमा समर्पित होस् ।’ पछि उसले यही आग्रह अरू साथीलाई पनि गरेको थियो झैं लाग्छ ।

नारायणगोपालका छोरा समान थिए काशिराम भलजु

भलजु भन्छन्: उहाँको हामीलाई सधैं सम्झना आइरहन्छ । उहाँका गीतहरू सुन्दा हामी अझै धेरै भावुक हुन्छौं । हामीले नारायणगोपाल संगीत कोष पनि स्थापना गरेका छौं । वर्षको एक दिन (मंसिर १९ अर्थात आजैका दिन) हामीले उहाँको सम्झनामा कार्यक्रम गर्छौं ।

उहाँ फुटबलमा एकदमै चासो राख्नुहुन्थ्यो । यतिसम्म कि, उहाँ बिरामी भएर वीर अस्पतालमा भर्ना हुनुभएको थियो तर फुटबल हेर्न घर आउनुहुन्थ्यो । वीर अस्पतालको आइसियुमा हुँदा पनि ‘स्वर्णिम सन्ध्या’ जस्तै अरू कार्यक्रम गर्न पाए हुन्थ्यो भन्नुहुन्थ्यो । काम बिगारें भने मलाई कहिलेकाहीँ गाली गर्नुहुन्थ्यो तर असाध्यै माया गर्नुहुन्थ्यो । त्यो त एउटै परिवारमा भएपछि हुनु स्वाभाविक नै हो । उहाँले कहिलेकाहीँ रक्सी खानुहुन्थ्यो तर रक्सी खाएर हल्ला गर्दै हिँड्ने उहाँको आदत थिएन । अर्घेलो थापा/लोकान्तर

-अर्काइभबाट 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

फागुन ८, २०८०

लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।  उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...

मंसिर ९, २०८०

बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् ।  नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...

मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x