‘अधिनायकवाद आउन लागेको एकतारे गुठी विधेयकको अवतारमा प्रकट भयो’

फाइल फोटो

प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावको समयमा नेपाली कांग्रेसले अधिनायकवाद आउने भनेर गरेको प्रचारले हावा खाएको बताएका छन् । 

शनिवार प्रतिनिधिसभा बैठकमा सार्वजनिक महत्त्वको विषयमा वक्तव्य दिँदै ओलीले गुठी विधेयक र मिडिया काउन्सिल विधेयकको अवतारमा सरकारमाथि अधिनायकवाद लागू गर्न खोजेको आरोप लगाइएपनि वास्तविकता त्यस्तो नभएको दाबी गरे । 


Advertisement

‘कम्युनिस्टको सरकार आयो भने हाँस्न त के रुन पनि पाइँदैन, चुनावका बेला यसलाई खुब दोहोर्‍याएको पाइयो । वास्तविकता त्यस्तो थिएन,’ ओलीले भने, ‘लोकतन्त्र संकटमा परेको, अधिनायकवाद आउन लागेको एकतारे खुबै बज्यो ।कहिले कहाँ कहिले माइतीघर मण्डलामा, कहिले गुठी विधेयकको अवतारमा प्रकट भयो । पछिल्लो समय मिडिया काउन्सिल विधेयकको रुपमा चर्चा आयो ।’


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्