मरेका मानिसलाई ‘उज्ज्वल भविष्यको कामना’ !

भारतको उत्तर प्रदेशस्थित उन्नाव जिल्लामा रहेको सिरवारिया गाउँका प्रमुखले मृतकको मृत्यु प्रमाणपत्रमा उज्ज्वल भविष्यको कामना गरेका छन् । 

लामो समय ज्वरोले थलाएपछि गत माघ ८ गते लक्ष्मी शंकरको मृत्यु भएको थियो । 


Advertisement

उनका छोरा गाउँप्रमुख बाबुलाललाई भेट्न गए अनि मृत्यु प्रमाणपत्रको निवेदन दिए । उनलाई आर्थिक विनिमयका लागि मृत्यु प्रमाणपत्र आवश्यक थियो । 

बाबुलालले मृत्यु प्रमाणपत्र जारी गर्ने क्रममा मृतकको उज्ज्वल भविष्यको कामना गरे । 


Advertisement

सामाजिक सञ्जालमा प्रमाणपत्र भाइरल भएपछि गाउँप्रमुखले भूलका लागि माफी मागे र नयाँ मृत्यु प्रमाणपत्र जारी गरे । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्